पर्यटन

    Showing 21-30 of 450 items.
  • भोजपुरको ऐतिहासिक ‘गोल्मे राजा, गोल्मे रानी भिर’ प्रचारप्रसारको अभावमा ओझेलमा

    भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपुरको रामप्रसादराई गाउँपालिकामा अवस्थित ‘गोल्मे राजा, गोल्मे रानी भिर’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। ऐतिहासिक किंवदन्ती र अद्वितीय प्राकृतिक स्वरूप बोकेको यो स्थल अझैसम्म राज्यको प्राथमिकतामा पर्न सकेको छैन। स्थानीयवासी पाण्डव राईका अनुसार परापूर्वकालमा गोल्मे राजा र रानी धनकुटाको राजारानीतर्फ जन्ती लिएर जाँदै गर्दा यसै भिरमा आइपुग्नेबित्तिकै अचानक सम्पूर्ण जन्ती अलप भएको जनविश्वास रहिआएको छ। यही किंवदन्तीको आधारमा यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको हो। “यहाँ आज पनि जन्तीझैँ लहरै र

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 264 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुलमोहरको रङले रङ्गिएको बर्ने, पर्यटकको रोजाइमा

    झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्नेबाट इलामतर्फ जाने सडक खण्ड अहिले गुलमोहरका ढकमक्क फुलहरूले रङ्गीन बनेको छ। हरियाली चिया बगानको बीचमा राताम्य भएर फुलेका गुलमोहरहरूले यो सडक खण्डलाई झन् आकर्षक बनाएका छन्। पर्यटक र यात्रुका लागि फोटोग्राफी तथा भिडिओ बनाउने उपयुक्त पृष्ठभूमिका रूपमा परिचित यो क्षेत्र सामाजिक सञ्जालमा 'ट्रेन्डिङ' बन्न थालेको छ। ‘टिकटक रोड’ नाम दिइएको आधा किलोमिटर सडक खण्डमा दैनिक हजारौँको चहलपहल देखिन्छ। बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँका अनुसार चहलपहलको औपचारिक तथ्यांक नभए पनि दैनिक रूपमा यहाँ आउनेको सङ्ख्या वृद्धि भइरहेको छ। पालिक

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको चुलाचुली गुफा प्रचारको पर्खाइमा

    भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–४, दलगाउँस्थित दिपेनीमा रहेको ऐतिहासिक चुलाचुली गुफा प्रचारको अभावमा ओझेलमा परेको छ। हेर्दा नै अनौठो लाग्ने, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो स्थल संरक्षणको काम भइरहे पनि पर्यटकीय रुपमा चिनिन सकेको छैन। गुफा भौगोलिक रूपमा विकट क्षेत्रमा पर्छ। यस कारण पनि यो स्थान देश–विदेशमा व्यापक प्रचारप्रसार हुन नसकेको स्थानीय अनिल राई बताउँछन्। उनका अनुसार गुफामा प्रवेश गर्दा विभिन्न देवीदेवताका आकृतिहरू, हात्तीको सुड, गाईको थुन, नागका चित्र जस्ता आकृतिहरू देख्न सकिन्छ। साथै, वरपरका ढुङ्गा खोलाका बगर झैँ कुदिएका छन्, जुन प्राकृतिक रू

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 292 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवादबीच पनि पाथीभरा केबलकार निर्माण अगाडि बढ्ने

    धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिरसम्म निर्माणाधीन केबलकार परियोजना अब कानुनी अड्चनबिना अगाडि बढ्ने भएको छ। सर्वोच्च अदालतले परियोजनालाई रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्माण कार्य अघि बढ्ने बाटो खुलेको हो। न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट निवेदकले उठाएका तर्कमा परियोजना तत्काल रोक्नुपर्ने प्रष्ट कानुनी आधार नभएको ठहर गरेको हो। रिट निवेदकले केबलकारले पाथीभरा मन्दिरको धार्मिक, सांस्कृतिक र वातावरणीय महत्वमा असर पार्न

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माइपोखरीमा ४० हजार माछाका भुरा छाडियो

     इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा ४० हजार माछाका भुरा छाडिएको छ। सन्दकपुर गाउँपालिका–१ स्थित माइपोखरीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले माछाका भुरा छोडेको हो। प्राकृतिक तथा सार्वजनिक जलाशयमा माछाको संख्या वृद्धि गर्न थालिएको अभियानअन्तर्गत माइपोखरीमा भुरा छाडिएको कार्यालय प्रमुख डा. राघवेन्द्र तिवारीले जानकारी दिए। भुरा छोड्ने कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, प्रमुख प्रशासकीय अधिकृत यादव राउत, प्राविधिक बेदनिधि दुलाललगायतको उपस्थिति थियो। माछाको प्रजनन वृद्धि गर्दै पारिस्थितिक सन्तुलन कायम गर्न

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 243 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय पर्यटन प्रवर्द्धनका लागि चतरामा नयाँ हाइकिङ रुटको सुरुवात

    वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको वराहक्षेत्र क्षेत्रको प्रवर्द्धनका लागि चतरा हाइकिङ समूहले सोमबार नयाँ हाइकिङ रुटको औपचारिक सुरुवात गरेको छ। वराहक्षेत्र–१ का वडाध्यक्ष किसन थापाले नयाँ गन्तव्यको उद्घाटन गर्दै पर्यटन प्रवर्द्धनमा स्थानीयको सक्रियता प्रेरणादायी भएको बताए। स्थानीय पत्रकारहरूको पहलमा सुरु भएको चतरा हाइकिङ समूहले विगत तीन वर्षदेखि प्रत्येक शनिबार नयाँ हाइकिङ गन्तव्यको पहिचान गर्दै पदयात्रा आयोजना गर्दै आएको छ। यसपटक खारखोलाबाट सुरु भई कटहरे, चियाबारी, सूर्यकुण्ड हुँदै लालकोट गढीसम्मको ८ किलोमिटर लामो नयाँ हाइकिङ रुट पहिचान गरिएको

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 269 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो पानबारी गोल्डकप सुरु,आज इटहरी र झापावीच भिडन्त

    धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्रतियोगिता शनिबादेखि सुरु भएको छ ।   प्रतियोगिताको उद्घाटन कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गरेसँगै उद्घाटन खेल शुरु भएको थियो । धरान ६ स्थित पानबारी फुटबल ग्राउण्डमा भएको उद्घाटन खेलमा सिसिआइडि धनकुटाले विजयी सुरुवात गरेको छ ।सिसिडिआइसी मौनावुधुक धनकुटाले आरआईएफसी काठमाडौँलाई १–० गोलले पराजित गर्दै विजय भएको हो । निर्धारित ७० मिनेटको खेलमा पहिलो हाफको २० औ मिनेटमा सिसिआआडिका सबिन राईले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । उनले गरेको गोल नै खेलको निर्णायक गोल बने । खेलको म्यान अफ द म्याच पनि सविन राई

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 208 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लेटाङ र बुद्धको जन्म स्थल लुम्बिनी वीच भगिनी सम्वन्ध जोडियो

    मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौतम वुद्ध जन्मिएको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।शुक्रबार लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले संयुक्त रूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन्।लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहमा उक्त सम्बन्ध स्थापित भएको लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले बताए । उनले भने,हस्ताक्षर गरिएको समझदारीपत्र दुवै नगरपालिकाका नगरप्रमुखले एक–अर्कालाई हस्तान्तरण भएको छ,का

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • 190 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा इन्जिनियर विद्यार्थीहरूको नवप्रवर्तनशील सहभागिता

    धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा आधारित नवीन योजना विकास गर्न र स्थानीय समुदायको समृद्धिमा योगदान पुर्‍याउन एलिसन हस्पिटालिटी प्रा. लि.ले ‘पर्यटन प्रोजेक्ट सोकेस–कोशी’ नामक प्रतियोगिताको आयोजना गर्ने भएको छ। इन्जिनियरिङ (सिभिल तथा आर्किटेक्चर) अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतिस्पर्धामा देशभरका २१ टिमले आवेदन दिएमा पनि प्रारम्भिक छनोट प्रक्रियाबाट १० टिम फाइनलमा पुगेका छन्। भिडियो : यी टिमहरूले डाँडाबजार, राजारानी, सोलु, संखुवासभा, पानीटार इलाम, अन्तु इलाम, माइपोखरी, ओखलढुंगा लिखु, र मुन्धुम सर्किटलगायत कोशी प्रदेशका ग

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 301 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी पर्यटन वर्ष: घुम्न लायक १० गन्तब्य

     इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, विकास र पर्यटन प्रवद्र्धनलाई लक्ष्य गर्दै २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरेको छ। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको औपचारिक शुभारम्भ गरिसकेका छन्। पर्यटन वर्षअन्तर्गत प्रदेश सरकारले ८२ वटा गन्तव्य पहिचान गरी सूची तयार पारेको छ। साथै, नयाँ गन्तव्यहरू पहिचान गरी तिनीहरूको पूर्वाधार विकासका लागि योजना अघि बढाइएको जनाइएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षलाई सफल बनाउन सबै पक्षलाई आ-आफ्नो भूमिकामा सक्रिय हुन अपिल गरेका छन्। यसै अवसरमा नेपाल न्यूज बैंकले

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 258 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved