धरान/ पाठेघरको मुखको समस्या हुदा समेत महिलाहरु लाजका कारण अगाडि आउन नसकेको अवस्थामा धरान उपमहानगरपालिकाले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर वडाका सबै ठाउँमा निःशुल्क चेकजाँच अभियान चलाएको छ । महिलामा भएको पाठेघरसम्बन्धी समस्या न्युनिकरण गर्ने उद्दश्यले नगरका सबै वडाहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । पछिल्लो समय महिलाहरुमा हुने पाठेघरको समस्या महिलाहरुमा सचेत नहुदा बढ्दै गएको पाइएपछि धरान उपमहानगरपालिकाले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर २० वटै वडामा पाठेघर सम्बन्धी निःशुल्क चेकजाँच शुरु गरेको हो । धरान उपमहानगरपालिका वडा नं. १७ बाट शुरु भए
धरान / “यति सजिलै संग डाक्टरलाई देखाउन पाउँदा सारै खुशी लागेको छ, हामी वृद्धहरुलाई यति सुविधा दिएकोमा यो संस्थालाई धेरै धेरै धन्यवाद” इलामबाट मुटुसम्बन्धि रोग भएका ८१ वर्षीय लालबहादुर विश्वकर्मा भने । विगत ८ वर्ष अघिदेखि यिनी मुटु रोगबाट ग्रसित छन् । डा. प्रशान्तलाई देखाउन थालेपछि निक्कै सहज भएको यिनी बताउँछन् । “मैले २ वर्षदेखि यो शिविरमा डा. प्रशान्तलाई देखाउन थालेको छु, दवाई पनि निःशुल्क पाउँछु, सारै खुशी लागेको छ ।” विश्वकर्माले भने । त्यसैगरि सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डा“गाले यति सजिलोसंग डाक्टरलाई देखाउन पाएकोमा खुशी व्यक्त गरे ।
धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर्मा १८ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । धरान ६ पानबारीकी धनमाया धन कमाउन भनी विदेश हिडेकी थिइन् । जहान परिवार ठुलो,आर्थिक अभाव,छोरी छोरीका लालन पालन र शिक्षा दिक्षा धान्न धेरै गाह्रो पर्दै गयो । परिवारको लालन पालनको लागि मजदुरी गरेर भएपनि विहान वेलुकीको छाक टार्दै गर्दा धन कमाउन परिवारलाई खुशी दिन्छु भन्ने मनसायले विदेश लाग्ने सोच वनाइन् । तिनै परिवारको खुशी हेर्न विदेश जान्छु भनी हिडेकी धनमाया यतिका वर्ष सम्म पनि नफर्किएपछि परिवारमा पीडा माथि पीडा थपिएको छ । उनले छाडेर गएका छोरी छोरी पनि अहिले ठुला भइसके । सानैमा छोरा छोरीलाई
वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई २०७८ सालमा नै “देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा” गराउन सफल चतरा अस्पतालले अस्पतालबाट हुने सेवालाई बढाउदै गएको छ । चतरा अस्पतालले हाल सार्वजनिक बिदा र शनिवार समेत “ बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म चिकित्सकद्वारा नि शुल्क ओपिडी सेवा” र “ २४ घण्टानै चिकित्सक द्वारा आकस्मिक सेवा” लगायतका बहिरङ्ग सेवा दिँदै आइरहेको छ। चतरा अस्पतालले बिहिबारबाट दिर्घ(नसर्ने) रोग (सुगर, प्रेसर, मुटु रोग किड्नी रोग र दम) रोग सम्वन्धी क्लिनिक सेवाको समेत उपल्बध गराउने भएको छ । उक्त सेवाको अस्पतालका सं
सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ज्यानगुमाएका छन्।वैशाखमाअधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर आगलागी र डढेलोका घटना बढेका हुन्। जसले गर्दा देशभर धनजनको क्षतिभएको छ। यस महीनामामात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिमन्यूनीकरण तथाव्यवस्थापनप्राधिकरणले जनाएको छ। आगलागीमा परी २० जनाको ज्यानगएको छ भने ७३ जना घाइते भएका छन्। त्यस्तै, डढेलोमा परी ६ जनाको ज्यानगएको छ भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए। आगलागीबाट एक हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित छन्। यस अवधिमा चट्याङबाट आठ जना, लेक लागेर दुई जना, बाढी र जना
धरान/ विगत ३ वर्षदेखि आयोजना हु“दै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ५७ औं संस्करण सम्पन्न भएको छ । परिवर्तनका लागि सामाजिक अभियानद्वारा हरेक पाक्षिक रुपमा आयोजना हु“दै आएको कार्यक्रम यसपल्ट धुलिखेल समाज, धरानसंगको सहकार्यमा आयोजना भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परिक्षण गरिने यस क्लिनिकमा मुटु, मधुमेह र उच्च रक्तचापहरुका विरामीहरुको स्वास्थ्य परिक्षण गरिने अभियानका अध्यक्ष विष्णु बरालले बताएका छन् । उक्त क्लिनिकमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको बरालले बताएका छन् । धुलिखेल समाजको भवनमा आयोजित
धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपनाम समेत थपेको छ । त्यो हो जनसहभागिताको सहर, श्रम सँस्कृतिको नमूना शहर । श्रमदान र जनसहभागिता धरानको पहिचान बनेको छ । धरानको इतिहास विसं १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट शुरुआत भएको मानिन्छ । विसं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर हाल पुरानो बजार र विसं १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर हालको नयाँबजार बसालेको इतिहासमा छ । पछिल्लो समय शहरी विकाशमा धरानमा लाहुरेको बसोबास बढ्न थालेपछि ठूलो फड्को मारेको पाइन्छ । जनसहभागीताको प्रारम्भ तत्कालीन मेयर स्व. ध्यानबहादुर राईले शुरु गरे । त्यस्लाई प
धरान/ धरान वडा नं ८ को वरगाछीमा खुलेको १५ बेडको धरान सिटी अस्तालले औपचारिक रुपमा शुक्रबारदेखि विरामीको उपचार सेवा शुरु गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङ राईले रिबन काटेर अस्पतालेको उद्घाटन गरेका थिए भने अस्पतालकी अध्यक्ष वरिष्ठ स्त्री तथा प्रसुती रोग डाक्टर खुश्बु अग्रवालका अनुसार १५ बेडको सुविधा सहित उपचार सेवा शुरु गरेको वताइन् । आँखा र दाँत बाहेकका बिशेषज्ञ डाक्टरहरुबाट ओपिडी सेवा पनि उपलब्ध हुने उनले बताइन् । दैनिकरुपमा ओपिडी सेवा हुन्छ भने चौबिसै घण्टा २ जना डाक्टरसहित इर्मजेन्सी सेवा उपलब्ध रहने उनले बताइन् । ‘हामीले इर्मजेन्सी सेवा दिने ह
इटहरी/ २०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल खोटेहाङ ८ मा मेरो जन्म भएको हो । मेरो बुवाको नाम वर्तमान विश्वकर्मा र आमाको नाम मैयाँ विश्वकर्मा हो । वुवा अहिले हुनुहुन्न । आमा ८२ वर्षकी हुनुभो । हामी ७ जना दाजुभाइमा म अन्तरे हुँ । जेठो र ठाइलो बिते । हाल पाँच जना छौँ । मैले मात्र २०५० मा गाउँबाट एसएलसी दिएर पढ्नको निम्ति तराइ झरेँ । म कक्षामा फर्स्ट विद्यार्थी थिएँ । फर्स्टले त्यति बेला धरानको हात्तिसार क्याम्पसमा फुड टेक्नोलोजी पढ्ने वा धनकुटामा एजुकेसन पढ्ने चलन थियो । वा पढ्न पाउँथ्यो । मैले हात्तीसारको इन्ट्रासमा १३ नम्बरमा नाम निकालेँ । एड्मिसन गर्ने बेलामा २७ सय रुपैया नपुग्
मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती रुपमा दूध र दुग्धजन्य पदार्थ भित्रनेक्रम नरोकिएपछि स्वदेशी उत्पादन प्रभावित बनेको छ । दूध संकलन, प्रशोधन, भण्डारण, प्याकेजिङ र गुणस्तर कायम राख्न अपनाइने विभिन्न प्रविधिहरुका कारण आफूहरुको लागत बढी पर्ने व्यवसायीको भनाइ छ । भारतबाट निर्वाध भित्रने र बजारमा खुला रुपमा पाइने दुग्धजन्य पदार्थका लागि भने त्यस्तो खर्च नहुने भएकाले तुलनात्मक रुपमा सस्तो पाइने गरेको उनीहरु बताउँछन् । त्यही भएर स्वदेशी उत्पादनभन्दा आयातीत पदार्थमा उपभोक्ता आकर्षित हुने गरेको पाइन्छ ।एकातिर उचित प्राविधिक रेखदेखबिना प्रशोधन नगरिएका पदार्थ गुणस्तरहीन पदार्थ प्रय