स्वास्थ्य

    Showing 831-840 of 2,446 items.
  • सुत्केरीको हेलिकप्टरबाट उद्धार

    संखुवासभा/  पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल संखुवासभाबाट एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । जिल्ला अस्पताल संखुवासभाका डा. प्रदीप श्रीवालका अनुसार आज बिहान ६ बजेदेखि अत्यधिक रक्तस्राव भएर मगरको पाठेघर फुटेको थियो । पाठेघर फुटे लगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको उनले जानकारी दिए । जिल्लामा उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवा

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर कोइरालाको पहलमा शिशुको डिस्चार्ज

    विराटनगर/  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराट नर्सिङ होममा उपचाररत विराटनगर–६ की निर्मला शर्माका १३ दिने शिशुको डिस्चार्ज गरिएको छ । शर्माको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा लागेको खर्च तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । १ लाख १५ हजार खर्च भएकोमा अस्पतालले २५ हजार रुपैयाँ छुट गरेर ९० हजार मागेको थियो । सो रकम तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । मेयर कोइराला आफैं अस्पताल पुगेर खर्च भएको ९० हजारको जिम्मेवारी लिएर शिशुको डिस्चार्ज गराउनु भएको हो । कोइरालाले नर्सिङहोमका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई आग्रह गरेपछि रकम

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 374 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा छाला उद्योगको दुर्घन्ध,स्थानीय आन्दोलित

    सुनसरी/  सुनसरीको दुहबी ६ मा रहेको छाला उद्योगका कारण स्थानीय आन्दोलित भएका छन। छालाको दुर्घन्धले नगरवासी बिरामी पर्न थालेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । दुहबी ६ मा सञ्चालित युनाइटेड टेनराइज र एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धले बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थनीयहरु उद्योग विरुद्ध आन्दोलित बनेका छन् । भैँसी तथा राँगा लगायतका जनवारको छाला प्रशोधन गर्ने ती दुई वटा उद्योगबाट फैलिएको दुर्गन्धका कारण दुहबी वडा नम्बर ६ का बासिन्दा पीडित भएका हुन् । उद्योगले छालाको प्रशोधन तथा भण्डारण वातावरण मैत्री नभएकोले वरिपरिको बस्तीमा दुर्गन्ध फैलिने गरेको छ । उद्योगल

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 529 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चालक मेघनाथ विकलाई मरनोपरान्त राष्ट्रिय सम्मान गर्न माग

    काठमाण्डौ/ ३० जना यात्रुको ज्यान जोगाएर मृत्युवरण गरेका चालक मेघनाथ विकलाई मरनोपरान्त राष्ट्रिय सम्मान गर्दै पीडित परिवारलाई राहतको व्यवस्था गर्ने लगायत १० बुँदे प्रस्ताव पारित गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको राष्ट्रिय प्रतिनिधि परिषद् हेटौंडामा सम्पन्न भएकोछ । नारायण मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित १७ किलोमा असार २८ गते रुपन्देहीको छपियाबाट यात्रु लिएर काठमाण्डैं जाँदै गर्दा लु २ ख ६५६६ नम्बरको प्रतिज्ञा डिलक्सका चालक मेघनाथ विकलाई पहिरोबाट आएको ढुङ्ग लागेपछि घाइते अवस्थामै चालक विकले ३० जना यात्रु सहितको बसलाई ५० मिटर दुरीको सुरक्षित स्थानमा रोकेर

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राधिकरणका कर्मचारी कुटिए

    संखुवासभा/  नेपाल विद्युत् प्राधिकरण कार्यालय संखुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो । कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । ‘निजहरु विरुद्ध अभ

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 616 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नग्न अवस्थामा महिलाको शव भेटियो

    सुनसरी/ सुनसरीमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । सदरमुकाम इनरुवास्थित एक महिलाको शुक्रबार दिउँसो नग्न अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार भोक्राहा–नरसिंह गाउँपालिका १ घर भएकी अन्दाजी ४२ वर्षीया सैफूल खातुनको इनरुवा ३ स्थित नग्न अवस्थामा शव फेला परेको हो । ‘घटना शंकास्पद भएका कारण हामीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत मगायौँ,’ डीएसपी भण्डारीले भने, ‘शव पोस्टमार्टमका लागि पठाएका छौँ । रिपोर्ट नआइकन घटनाको कारण पत्ता लागेको छैन ।’ उनले परिवारको भनाइ उदृत गर्दै ती महिला &ls

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राकृतिक विपत परी १५० जनाको मृत्यु

    काठमाडौं/ वर्षासहितको विपदका कारण मनसुन सुरु भएपछि (२८ जेठयता) १५० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १५० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १७७ जना घा

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कैदी मृत्यु प्रकरण ५८ जनालाई बयान

    सङ्खुवासभा/ सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र (बयान) लिएकोे जिल्ला अदालतका सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिए। गत २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटमा मृत्यु भएको थियो । कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरी

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 536 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फेरी डेँगुको सङ्क्रमण बढ्यो,सर्तकता अपनाउन आग्रह

    मोरंग/ अत्यधिक गर्मी बढेसँगै फेरी डेङ्गुको संक्रमण बढ्न थालेको छ । मोरङमा डेंगुको सङ्क्रमण बढ्दै गएर १५४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। १७ वटा स्थानीय तहहरू मध्ये सबै भन्दा धेरै लेटाङमा सङ्क्रमण दर बढी रहेको तथ्याङ्कले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार बुधवार दिउँसोसम्म १५४ जनामा सङ्क्रमण देखिएको हो । सबैभन्दा धेरै लेटाङ नगरपालिकामा १४९ जनामा सङ्क्रमण देखिएको भने पथरी शनिश्चरे नगरपालिकामा ५ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले जानकारी दिए । उनका अनुसार पछिल्लो समय सङ्क्रमण बढ्दै गएकोले सतर्कता कोलागि अभियानहरू पनि सञ्चा

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 539 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भेटियो १३ केजीको अंजिगर

    धरान/  सोमबार साँझ धरानमा अंजिगर भेटिएको छ । धरान उपमहानगरपालिका वडा नं १ स्थित पृथ्वी चोकमा अंजिगर भेटिएको हो । अंजिगरलाई हरियाली सामुदायिक बन परिसरमा उद्धार गरेर लगिएको छ । हरियाली वन समुहमा सोमबार लिगएको अंजिगरसँगै ३ वटा पुगेको छ । अंजिगरलाई वन समितीकै चिडिया खानामा संरक्षण गरि राखिएको छ । २ वटा भने सानो बच्चा रहेको छ । करिब ३ महिना अघि बयस्क अजिंगर भने काठ मक्किएको मौका छोपेर प्वाल बनाएर भागेको थियो । त्यसपछि हरियालीको चिडिया खाना वयस्क अजिंगर बिहिन भएको थियो । वन समुहकी अध्यक्ष झुमादेवी गुरुङले वडा १ बाट उद्दार गरेर ल्याएको अजिंगरलाई अहिले संरक्षण गरेर राखिएको बताइन् । धरान

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 545 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved