मेयर कोइरालाको पहलमा शिशुको डिस्चार्ज

  • साउन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराट नर्सिङ होममा उपचाररत विराटनगर–६ की निर्मला शर्माका १३ दिने शिशुको डिस्चार्ज गरिएको छ ।

शर्माको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा लागेको खर्च तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । १ लाख १५ हजार खर्च भएकोमा अस्पतालले २५ हजार रुपैयाँ छुट गरेर ९० हजार मागेको थियो ।

सो रकम तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । मेयर कोइराला आफैं अस्पताल पुगेर खर्च भएको ९० हजारको जिम्मेवारी लिएर शिशुको डिस्चार्ज गराउनु भएको हो ।

कोइरालाले नर्सिङहोमका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई आग्रह गरेपछि रकम नबुझाइकनै शिशुको डिस्चार्ज दिन नर्सिङहोम तयार भएको थियो ।

कोशी अस्पतालमा शिशुको जन्म भएको थियोे । शिशुको अवस्था गम्भीर भएपछि विराट नर्सिङहोममा एनआइसीयुमा राखेर उपचार गरिएको थियोे । अस्पताल ल्याउँदा शिशुको अवस्था अत्यन्तै नाजुक रहेको नर्सिङ होमका जनसम्पर्क अधिकारी केदार पोखरेलले जानकारी दिए ।

उनले शिशुलाई एनआईसीयूमा राखेर निकै प्रयासपछि बचाउन सकेको बताए ।

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved