नग्न अवस्थामा महिलाको शव भेटियो

  • साउन २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

सुनसरी/ सुनसरीमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । सदरमुकाम इनरुवास्थित एक महिलाको शुक्रबार दिउँसो नग्न अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार भोक्राहा–नरसिंह गाउँपालिका १ घर भएकी अन्दाजी ४२ वर्षीया सैफूल खातुनको इनरुवा ३ स्थित नग्न अवस्थामा शव फेला परेको हो ।

‘घटना शंकास्पद भएका कारण हामीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत मगायौँ,’ डीएसपी भण्डारीले भने, ‘शव पोस्टमार्टमका लागि पठाएका छौँ । रिपोर्ट नआइकन घटनाको कारण पत्ता लागेको छैन ।’

उनले परिवारको भनाइ उदृत गर्दै ती महिला ‘मानसिक रोगी‘जस्तो रहेको बताए ।

‘मृतकका भाइको भनाइअनुसार ती महिला मानसिक रोगीको बिरामीसमेत रहिछन्,’ उनले भने, ‘घटना शंकास्पद भएपनि अनुसन्धान नभई यसै भन्न सकिन्न ।’ उनका अनुसार मृतक महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको छ ।

स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले महिलाको नग्न अवस्थामा शव फेला पारेपछि घटना शंकास्पद भएको अनुमान गर्दै अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाएको थियो ।

अहिलेसम्म घटनामा संलग्नको पहिचान भइनसकेका कारण प्रारम्भिक अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

कोशी बाल सुधार गृहबा ...

मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट ...

धरानमा तरुण दलको अधि ...

धरान/  नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्र नं. ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved