नग्न अवस्थामा महिलाको शव भेटियो

  • साउन २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

सुनसरी/ सुनसरीमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । सदरमुकाम इनरुवास्थित एक महिलाको शुक्रबार दिउँसो नग्न अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार भोक्राहा–नरसिंह गाउँपालिका १ घर भएकी अन्दाजी ४२ वर्षीया सैफूल खातुनको इनरुवा ३ स्थित नग्न अवस्थामा शव फेला परेको हो ।

‘घटना शंकास्पद भएका कारण हामीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत मगायौँ,’ डीएसपी भण्डारीले भने, ‘शव पोस्टमार्टमका लागि पठाएका छौँ । रिपोर्ट नआइकन घटनाको कारण पत्ता लागेको छैन ।’

उनले परिवारको भनाइ उदृत गर्दै ती महिला ‘मानसिक रोगी‘जस्तो रहेको बताए ।

‘मृतकका भाइको भनाइअनुसार ती महिला मानसिक रोगीको बिरामीसमेत रहिछन्,’ उनले भने, ‘घटना शंकास्पद भएपनि अनुसन्धान नभई यसै भन्न सकिन्न ।’ उनका अनुसार मृतक महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको छ ।

स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले महिलाको नग्न अवस्थामा शव फेला पारेपछि घटना शंकास्पद भएको अनुमान गर्दै अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाएको थियो ।

अहिलेसम्म घटनामा संलग्नको पहिचान भइनसकेका कारण प्रारम्भिक अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved