धरान । धरानमा टाइफाइड खोप अभियान बैशाख ८ देखि १७ गते सम्म हुने भएको छ । स्वास्थ्य महाशाखा धरान उपमहानगरपालिकाको आयाोजनामा १५ महिना देखि १५ बर्ष उमेर सम्मका बालबालिकाहरुलाई लक्षित गरि अभियान शुरु भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै धरानका २० वटै वडामा टाइफाइड खोप संञ्चालन हुने स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । नेपालमा प्रत्येक बर्ष १५ हजार विमारीले टाइफाइडबाट ज्यान गुमाउने गरेका छन । यसलाई फैलिन नदिन र यो रोगलाई नेपालमा शुन्य दरमा ल्याउन बालबालिकाहरुलाई अनिवार्य खोप लगाउनु पर्ने मेहेताले बताए । १५ बर्ष भन्दा माथिका उमेर समुहलाइ यस्ले त्यति असर नपार्ने भएकाले खोप १५ महिना द
धरान । बीपी सुधार आन्दोलनमा लागेको ‘हामी नेपाल’ संस्थाको आन्दोलनलाई राप्रपा धरान नगरकमिटीले समर्थन जनाउने भएको छ । पार्टीले मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै धरानको गहना बीपीमा भएको विकृति, विसगति हटाउन ‘हामी नेपाल’ संस्थाले घोपा बचाउ अभियान चलाएकोप्रति आफूहरुको ऐक्यवद्धता रहेको जनाएको । राप्रपा धरान नगर कमिटीका अध्यक्ष नविन पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘ हामी नेपाल नामक संस्थाले आयोजना गरेको घोपा बचाउन अभियानलाई राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समिति पूर्ण रुपमा समर्थन गर्छ ।’ पार्टीले राप्रपा यसपटक स्थानीय चुनावमा प्रतिष्पर्धाक
धरान । सधै काममा व्यस्त रहने सञ्चारकर्मीलाई लक्षित गरी सौर्य हेल्थ केयर फाउन्डेशनले स्वास्थ्य चेकजाँच गरेको छ । धरान १८ मा फाउन्डेशनमै सञ्चारकर्मीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । पछिल्लो समय व्यवस्थताका कारण मधुमेह, उच्च रक्तचाप, मुटु रोगीको र्संख्यामा बृद्धि हुदै गएपछि फाउन्डेशनले नेपाल पत्रकार महासंघ सुनसरीसँग सहकार्य गरेर सञ्चारकर्मीको निःशुल्क स्वास्थ्य चेकजाँच गरेको हो । शिविरमा ३१ जनाले मधुमेहको चेकजाँच गरेका थिए भने ४५ जना सञ्चारकर्मीहरुले मुटुको् इसिजि गरेका थिए । स्वास्थ्य चेकजाँचसँगै फाउन्डेशनले ४५ जना सञ्चारकर्मीहरुलाई निःशुल्क भिटामिन डी खोप समेत लगाइदिएको थियो । का
धरान । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षका लागि १० थान ह्वीलचियर सहयोग गरिएको छ । हाम्रो धरान सरोकार समाजको संयोजनमा चैत २५ गते शुक्रबार महेश श्रेष्ठको अगुवाइमा ह्वीलचेयर सहयोग गरिएको हो । आकस्मिक कक्षमा उपचारमा आउने बिरामीहरुले ह्वीलचियर नपाउँदा समस्या भोग्नुपरेकाले समाजको फेसबुक पेजबाट आव्हान गरिएको थियो । १ सय वटा ह्वीलचियर प्रदान गर्ने लक्ष्य रहे पनि पहिलो चरणमा १० वटा प्रदान गरिएको छ । ह्वीलचियर आकस्मिक कक्षका सहायक इन्चार्ज डा. मासुम पौडेललाई प्रदान गरिएको छ । उपचारका लागि आउने अशक्त, बिमारीहरुलाई उपचार कक्ष सम्म पु¥याउन र बिमारीको छिटो उपचारमा थप
धरान । पछिल्लो समय सिमसार क्षेत्रहरु पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । सीमसार क्षेत्रमा पुगेर प्रकृतिको मनोरम दृश्य अवलोकनसँगै त्यहाँ रहेका पार्क, चिडिया घर लगायतले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गरेको छ । सिमसार क्षेत्रहरु जति पर्यटकीय स्थल बन्दै गएको छ, त्यतिनै दूषित पनि बन्दै गएको छ । सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा चासो नदिदाँ प्रदुषित बन्दै गएको छ । सिमसार क्षेत्रमा आउने पानीको मुहान पनि सुक्दै गएका छन् । एकातिर वनभोज खान आउनेहरुले जथाभावि फोहोरले प्रदुषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ । फोह
धरान÷ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घका केन्द्रीय समिति अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित भएका छन् । हालै सम्पन्न सङ्घको पहिलो केन्द्रीय साधारणसभाबाट वरिस्ठ उपाध्यक्षमा मनिष दवाडी निर्वाचित भएका छन् । २१ सदस्यीय नवगठित समितिका उपाध्यक्षमा इन्दु नेपाल योञ्जन, अभिषेक रोशन, विक्रम अधिकारी, हेमन्त श्रेष्ठ, छमबहादुर अधिकारी, कान्तप्रसाद सुवेदी र कृष्णराज ढुङ्गाना छानिएका छन् । उपाध्यक्षहरूलाई क्रमशः प्रदेश नं.१, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा संयोजकको जिम्मेवारी पनि दिइएको छ । यसैगरी, समितिका महासचिवमा होमप्रसाद अधिक
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको रुपमा डा. ज्ञानेन्द्र गिरी आएपछि दुई बर्षमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् । प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको कार्य प्रगति प्रतिवेदनमा दुई बर्षको अवधिमा उल्लेख्य प्रगति गरेको जनाएको हो । २०७६ चैत्रमा नियुक्ति भएका डा. गिरीले २०७८ को हालसम्म उल्लेख्य काम गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नियुक्ति भएर आएलगत्तै विश्वमहामारीको रुप लिएको कोरोना संक्रमणका विरामीलाई सहज रुपमा उपचार गराउन चुनौतिहरु देखिए पनि कोरोना महामारीका विरामीलाई सहज रुपमा उपचारका छुट्टै कोभिड अस्पताल संचालनमा ल्याएको बताएका छन् । उनले भनेका छन्, कोभिड अस्प
धरान । पछिल्लो समय बढ्दै गरेको गर्मीका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको अत्याधिक चाप बढेको छ । गर्मीका कारण झाडापाखालाका विरामीहरु बढेको प्रतिष्ठानले जनाएको छ । विरामीको चापकै कारण अहिले विरामीले सहज रुपमा उपचार गराउन नपाइरहेको गुनासो समेत बढिरहेको छ । अत्याधिक बढेको चापका कारण विरामीले विल काट्न नै धौ धौ पर्ने गरेको छ । छालाको समस्या लिएर प्रतिष्ठान आएका सप्तरीका रामेश्वर यादवले उपचार गरेर त्यही दिन फर्किने चाहे पनि उनी फर्किन पाएनन् । विल काट्न नै समय लागेपछि चिकित्सकलाई देखाउन ढिलाई भएपछि भोलिपल्टमात्रै चेकजाच गर्न भ्याएका थिए । उनले भने, ‘विल काट्
धरान । पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारका लागि विभिन्न चरणमा आन्दोलनहरु चर्किरहेको छ । प्रतिष्ठानको सेवा सुविधा सुधारको माग गर्दै स्थानीय सँगै चिकित्सकहरु पनि आन्दोलनमा रहेका छन् । यसै बिचमा प्रतिष्ठानले प्रतिष्ठानको सेवा र सुविधा सुधार गर्न थालेको छ । बिरामीको चाप बढे सँगै आवश्यक सेवा सुविधाहरु थप गर्न थालेको छ । प्रतिष्ठानले आकस्मिक कक्षमा वेड र ट्रली थप गरेको छ । विरामीको चाप बढे सँगै आवश्यक वेड अभाव हुँदा विरामीले भुईमै उपचार गराउनु पर्ने बाध्यता अब हटेको छ । आकस्मिक कक्षमा विरामी बोक्न प्रयोग गरिने ट्रली पनि थप गरे पछि सहजता हुने विश्वास गरिएको छ । ए
धरान । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साह वडावडामा पुगेर ७० बर्ष माथिका मुटुरोगीहरुको उपचार गरिदिदा सर्वसाधारण दंग छन् । अरु बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पालो कुरेर देखाउनुपर्ने अवस्था भएकाहरु वडामा पुगेर यसरी चेकजाच गर्न पाउँदा दंग भएका हुन् । आइतबार र विहीबारमात्र ओपिडीमा बस्ने गरेका डा. प्रशान्त साहलाई उपचार गराउन नपाएका इनरुवाका मेदिनी प्रसाद तिम्सिना सामाजिक सञ्जालमा धरान १३ को कृषि बजारमा डा. शाहद्वारा निःशुल्क उपचार हुदै गरेको थाहा पाएपछि हतार हतार आए । सधै लाइनमा बस्नुपर्ने झन्झट, समयमा चेकजाँच नहुँदा समस्या भोगेका उनी सहज हुने भएपछि इनरुवादेखि धरा