युजिनको परिवारलाई ५ लाख

  • भदौ १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  केही दिनअघि धरान वडा नं ३ स्थित माछाभौडी नजिकै श्रीपथमा १४ बर्षीया युजिन शाहीको हत्या गरिएको घटनाका विषयमा स्थानीय सरकारले चासो देखाएको छ ।

धरान उपमहानगरपालिका वडा न. ३ को पहलमा धरान उपमहानगरपालिकाले पीडित परिवारलाई ५ लाख रुपैया सहयोग उपलब्ध गराएको छ भने दोषीलाई हदैसम्मको कारबाही गर्न उपमहानगरपालिकाले यस भन्दा अगाडि सम्बन्धित निकायमा पत्राचार समेत गरेको छ ।

घट्ना वडा नं. ३ मै परेको हुनाले सर्वसाधारणलाई परेको समस्यामा स्थानीय सरकारबाट केही सहयोग गर्नुपर्छ भन्ने अभिप्रायले वडा न. ३ का वडाध्यक्ष विद्या शाक्यको पहलमा धरान उपमहानगरपालिकाले ५ लाख रुपैया सहयोग गरेको हो ।

सहयोग उपलब्धसँगै यही आउदो २० गते धरानबाट सञ्चालित विद्यालयमा शोक विदा समेत गरिने निर्णय गरिएको वडाअध्यक्ष विद्या शाक्यले बताए ।

घट्नाका विषयमा दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै सम्बन्धित निकायमा आफै पुगेको र यस्तो विपतको समयमा सानो सहयोग गर्नुपर्छ भन्ने लागेर सहयोग गरेको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले बताए ।

केही दिन अगाडि वडा नं ३ का वडाअध्यक्ष विद्या शाक्य सहित जनप्रतिनिधिहरुले इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानमा पत्र बुझाउदै कारबाहीको माग गरेका थिए ।

भदौ ११ गते बिहान करिब ११ः४५ बजे सृर्जना शाही र उहाँकी छोरी युजिनमाथि धारिलो हतियार प्रहार भएको थियो । आमा सृर्जना घाइते भएकी हुनुभएको थियो भने युजिनको उपचारको क्रममा मृत्यु भएको थियो ।

युजिन विजयपुर स्कुलमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो ।

सो घटनामा संलग्न संखुवासभा नगरपालिका २ चेवावेसीका बबिन बराल पक्राउ परिसकेका छन् ।

उनी सृर्जनाकी आफ्नै बहिनीका श्रीमान् हुन् । उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी पनि परिसकेको छ ।

यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।

सुनसरीमा ६ केजी गाँज ...

सुनसरी/सुनसरीको देवानगंज गाउँपालिका–३ यादव टोलस्थ ...

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved