खै सरकार ? मन्त्री हेर्छन,जान्छन् सुरक्षित रहन अरुको घरमा शरण

  • भदौ २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ जब आकाशमा कालो बादल मडारिन थाल्छ, धरानका खहरे आसपासका स्थानीयहरु त्रसित हुन्छन ।

दिउँसोको समयमा भन्दा पनि उनीहरुलाई राती निन्दा नै लाग्दैन ।

बाढीले धनजनको क्षति पुर्‍याउने हो भन्ने त्रासमा उनीहरु छन् ।

गत बिहीवार भारी बर्षासंगै खहरेमा आएको बाढिले घर, सडक कटान गरेर जीर्ण बनेपछि सुनसरीको धरानका खहरे करिडोरका स्थनीयहरु चिन्तित बनेका छन ।

बाढीले एक स्कुले बिद्यार्थीले ज्यान गुमाउनु पर्‍यो भने करोडौको क्षति ब्यहोर्नु पर्‍यो । जिर्ण बनेको घर टहरा फेरी बाढ आएर बगाउला कि भन्ने पिरले उनीहरुलाई सताउने गरेको छ ।

अझै पानी पर्ने सम्भावना टरिसकेको छैन आधा दर्जन बढी वडाका स्थानीयहरु ढुक्क बस्न सकिरहेका छैनन उनीहरुमा त्रास कार्यमै छ । खहरे करिडोरमा घर भएकी कमला राई विहीबार आएको बर्षाले आफू बसेको टहरामा क्षति पुर्‍याएपछि अर्कैको घरमा शरण लिँदै आएकी छन् ।

सरकारले बाढी पहिरो नियन्त्रणका लागि केही गरिदिए हुन्थ्यो भन्ने आशमा बसेको उनी सुनाउछिन् उनी भन्छिन्(‘बर्षेनी खहरेले कटानी गर्ने क्रम बढ्दै गएको छ, गत विहीबार आएको भारी बर्षाद्मा धेरै बस्ती प्रभावित बनाएको छ, म पनि अहिले अर्काको घरमा शरण लिन पुगेकी छु ।’
उनीमात्र हैन स्थानीय कौशिला श्रेष्ठ र लाक्पा श्रेष्ठको भनाई पनि उस्तै छ ।

बाढीको बेला उर्लिएर आएको खहरे खोलाले कुन बेला क्षति पुर्‍याउने त्रासमा बाच्नुपर्ने अवस्था रहेका उनीहरु बताउँछन् ।

विहीबार आएको अविरल बर्षाले धरान १३ मा रहेको क्षतिको विवरण सकलन गर्ने काम भइरहैकौ धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लले बताए ।

उनले यहाँको वस्तुस्थिति बुझन खानेपानी मन्त्री आफै आएकोले दीर्घकालीन समस्या समाधानमा पहल गर्ने आश्वासन दिनुभएको बताए ।

उनले भने–‘अस्ति आएको भारी बर्षाद् के कति क्षति भयो अझै एकिन गर्न सकिएको छैन, क्षतिको विवरण प्राप्त हुनसाथ सरकारबाट सहयोगको आश्वासन आएको छ ।’

अनुगमनमा आउनु भएका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसीका प्रमुख आनन्द झाले पुरा क्षतिको विवरण आइसकेपछी पीडितलाई राहत र पुन निर्माणको कामलाई सुरु गर्ने बताए ।

बाढीले पुर्‍याएको क्षति निरिक्षण गर्दै खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले पीडितलाई राहत र पुन निर्माणको लागि सरकार गम्भिर रहेको बताए ।

तत्कालाई पुन निर्माण कार्य सुरु गर्ने मन्त्री कार्कीले प्रतिबद्धता जनाए । उनले भने(‘बाढीको क्षतिको विवरण आइसकेपछि प्रदेश सरकारमा विवरण पेश गरेर समाधानका उपायहरु खोज्ने प्रयास हुनेछ ।’

पछिल्लो समय खहरे अतिक्रमणको चपेटामा पर्दै गएको छ । अतिक्रम गरेर बसोबास गर्ने क्रम नरोकिएका कारण जोखिम पनि उत्तिकै बढ्दै गएको छ ।

यसको नियन्त्रणको प्रयास कही कतै हुन सकेको छैन । यसले गर्दा भविष्यमा ठूलौ क्षतिको सामना गर्नुपर्ने अवस्था समेत आउन सक्ने सम्भावना बढ्दै गएको पाइएको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved