सुनसरी । लागू औषधको अवैध कारोबारमा संलग्न रहेका व्यक्तिहरू एकपछि अर्को गरी प्रहरीको फन्दामा परेका छन्। मिति २०८२ साउन २० गते एकै दिन दुई फरक स्थानबाट तीन जना पक्राउ परेका छन् भने उनीहरूबाट ब्राउन सुगर र लाखौं रुपैयाँ नगद बरामद गरिएको छ। पहिलो घटना, कोशी गाउँपालिका–१ लौकही बजार चौकमा घटेको हो। लागू औषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–४ जुदगंजका ३४ वर्षीय मनोज कुमार खत्वेलाई चेकजाँच गर्दा स्रोत खुल्न नसकेको रु. २ लाख ५६ हजार फेला पारेको हो। सोही क्रममा भारतको अररिया, बेल्हाका ४५ वर्षीय राजकुमार खत्वेलाई जाँच गर्दा
धरान/ धरान उपमहानगरपालिका–८ स्थित गुराँस मार्गमा कोठा भाडामा बसेका एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मंगलबार बिहान ११:३० बजेतिर दिलबहादुर लिम्बुको घरको कोठामा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो। प्रहरीका अनुसार ती युवक अन्दाजी २५–२८ वर्षका देखिन्छन्। डेढ महिनाअघि ताप्लेजुङ घर बताउँदै कोठा भाडामा बस्न आएका उनले आफूलाई सौजन श्रेष्ठ जोशी भनेर चिनाएका थिए। तर उनको वास्तविक नाम, स्थायी ठेगाना र पारिवारिक विवरण अझै पुष्टि हुन सकेको छैन। इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगूका अनुसार कोठाबाट दुर्गन्ध आएपछि घरधनीको बुहारीले झ्यालबाट हेर्दा युवक झुन्ड
सुनसरी/ लागू औषध विरुद्ध चलाइएको अभियानअन्तर्गत सुनसरी जिल्लामा प्रहरीले दुई फरक स्थानबाट ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। काकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको यात्रुबाहक बस तथा इनरुवा बसपार्क क्षेत्रमा गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार, मिति २०८२ साउन १९ गते राति कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख २९९६ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा एक यात्रुबाट ठूलो परिमाणमा लागू औषध फेला परेको थियो। म
धरान/धरानमा कोठा भाडामा लिएर लागू औषधको कारोबार गर्दै आएका दुई जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट बरगाछीबाट खटिएको संयुक्त टोलीले शनिबार साझ (मिति २०८२/०४/१७गते)धरान उपमहानगरपालिका–१५ स्थित एभरेष्ट लाइनमा रहेको भाडाको कोठामा छापा मारेको हो। छापाका क्रममा ३६ वर्षीय हेम बहादुर तामाङ र २८ वर्षीय मिलन थापा मगर पक्राउ परेका छन्। तामाङ धरान–५ का स्थायी बासिन्दा हुन् भने हाल धरान–१५ एभरेष्ट लाइनमा बस्दै आएका थिए। थापा भने धनकुटा घर भई हाल धरान–१६ मा बसोबास गर्दै आएका छन्। प्रहरीले उनीहरूको कोठाबाट २,९१० क्याप्सुल ट्
धरान/ सुनसरीको बर्जु गाउँपालिकाको भित्री सडक खण्ड हुँदै अवैध रुपमा लागुऔषध गाँजा ओसारपसार हुँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। मिति २०८२ साल साउन १६ गते साँझ ७:४० बजे बर्जु गाउँपालिका–३, धत्ता टोल हुँदै कैसलिया खोला पार गर्दै विराटनगरतर्फ जाँदै गरेको को.२ ह. १५१४ नम्बरको अटोलाई प्रहरीले चेकजाँच गर्ने क्रममा अटो चालक प्रहरी टोलीलाई देखेपछि उखुबारीतर्फ भागेर फरार भएका थिए। अटोमा चेकजाँच गर्दा पाँच वटा जेब्रा झोलामा लुकाइछिपाई राखिएको अवस्थामा गाँजा जस्तो देखिने १२८.४५ केजी (एक सय अठाइस किलोग्राम चार सय पचास ग्राम) पदा
धरान । लागू औषध ओसारपसारमा संलग्न रहेको आरोपमा सुनसरीको धरानबाट दुई जना मोटरसाइकलसहित पक्राउ परेका छन्। २०८२ साउन १५ गते साँझ ६:५५ बजेको समयमा धरान उपमहानगरपालिका–२० स्थित सिरिसेबास हिले खोला क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चेकजाँचका क्रममा २४ किलोभन्दा बढी गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–८ जलारा निवासी ३२ वर्षीय बिरेन राई र सोही गाउँपालिका–८ खुडीका ३८ वर्षीय मोहन राई रहेका छन्। बिरेन राईको को.३८प २६९६ नम्बरको मोटरसाइकलमा १३.११५ केजी (तेह्र किलो एक सय पन्ध्र ग्राम)
फिदिम/ पाँचथरको फालेलुङ गाउँपालिकामा एक युवकले कोदालो प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन्। श्रीमानको प्रहारबाट गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा निधन भएको हो। पुलिसका अनुसार राईलाई उनका २७ वर्षीय श्रीमान् महेन्द्र तामाङले बुधबार राति कोदालोले प्रहार गरेका थिए। अनु राई फालेलुङ गाउँपालिका–७ आहाले घर भई हाल फिदिम नगरपालिका–१ नाम्दुस्थित माइतीमा बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार तामाङ ससुराली आएका बेला पारिवारिक विवादका क्रममा कोदालो प्रहार गरेका थिए। कोदालोको पासोले लागेको घाउ ग
धरान/ सुन्दर सपना बोकेर धन कमाउन प्लेन चढेर विदेश गएकाहरु अन्ततः विदेशमा नै मृत्युबरण भएका छन् । वैदेशिक वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्षको उपलब्धी सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार भेटघाटमा रोजगारीका सिलसिलामा विभिन्न देशमा मृत्युवरण गरेका एक हजार १८० नेपालीको शव स्वदेशमा ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ । त्यसमध्ये विदेशमा अलपत्र भएका ७० शव छन् । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले विदेशबाट शव ल्याउने सिलसिला अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको भन्दै उप्रेतीले शवलाई सम्बन्धित परिवारसम्म पुर्याउन थप शव वाहन (एम्बुलेन्स) को आवश्यकता रहेको औल्य
काठमाडौं/ आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा।डा। रामचन्द्र गौतम बताउँछन् । ‘साउन महिनामा गाउँघरमा पनि खेतीपात
विराटनगर/ बर्षेनी हुने हात्ती आतंकका कारण कोशी प्रदेशमा ९७ जना मानिसको मृत्यु भएको छ।यो दुई दशकको समया अवधिमा मान र हात्ती द्वन्द्व अत्यन्तै जटिल बन्दै गएको छ । प्रदेश वन निर्देशनालय धरानका अनुसार आर्थिक वर्ष २०६२–०६३ देखि हालसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा जंगली हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भइसकेको छ ।हात्तीको आक्रमणबाट ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका छन् । यसै अवधिमा ४१ वटा जंगली हात्ती पनि मरेका छन् । कतिपय हात्ती गोली हानेर मारिएको अवस्थामा भेटिएका छन् । कतिपय करेन्ट लागेर र केही आफैं मृत फेला पर्ने गरेका छन् ।निर्देशनालयका प्रमुख डा. इन्द