काठमाडौं आज थप ३१४ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१४ जनामा संक्रमण देखिएको हो । गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन्। यसैगरि, स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । यो सगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा हालसम्म ४८८ जना उपचारपछि निको भएका छन्।
भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा जिल्लाको बिभिन्न स्थानबाट ल्याईएको स्वाब परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण भेटिएको हो । भरतपुर जिल्लामा गरिएको कोरोना परिक्षणका क्रममा दुई जना चिकित्सक सहित २० जनामा कोरोना संक्रमण देखिएको छ । स्रोतका अनुसार भरतपुरमा रहेको एक निजि अस्पतालका फिजिसिनमा कोरोना देखिएको हो । सोही अस्पतालमा कार्यरत एक स्टाफ नर्समा समेत कोरोना देखिएको छ । अन्यको परिक्षण भईरहेको छ । थपिन सक्ने स्रोतले जनाएको छ । थप बिबरण भरतपुर अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरि जनाउने भएको छ । अहिले जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनबाट ल्याईएको स्वाब परिक
भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । अर्घाखाँचीमा सोमबार एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टिनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए ।
धरान बराहक्षेत्र बाट खुट्टा भाँचिएर उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा रहेकी बालीकाको सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मी र वार्डका विरामीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बालिकाको अप्रेशन गर्नुअघि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीसँगै वार्डका अन्य विरामीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएको सबै ५९ जनाको रिपोर्ट नेभिटिभ आएको हाडजोर्नी विभागका प्रमुख डा.पशुपति चौधरीले जानकारी दिए । डा.चौधरीका अनुसार यसअघि पनि डिस्इन्फेक्ट भइसकेकोले चिन्ता लिनु नपर्ने बताए । उनका अनुसार सावधानी अपनाउ
धरान/ नेपालमा थप २१३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमित संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियिमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा .बिकास देबकोटाले आज थप २१३ जना संक्रमित थपिएको जानकारी दिएको हुन् । देबकोटाका अनुसार आज थपिएका नयाँ संक्रमितहरु मध्ये २ सय ९ पुरुष र ४ महिला हुन् । नेपालमा कोरोना भाइरसका संक्रमितहरु मध्ये ४ सय ६७ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ । हालसम्म देशका ७० जिल्लामा संक्रमित भेटिइकेका छन् ।
उदयपुर / उदयपुरमा आज भेटिएका ३ जना संक्रमितहरुलाई बिराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा पुर्याइएको छ । जेठ १५ गते भारतको सिलोङबाट आएर रामपुर स्थित क्वारेन्टाईनमा बस्दै आएका १ जना महिला र एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाण्डौबाट आएका एक जना पुरुषमा संक्रमण देखिएको छ । उनि चौदण्डीगढी नगरपालीकामा रहेको क्वारैन्टाईनमा बस्दै आएका थिए । जनस्वास्थ्य कार्यलयका अनुसार ३८५ जनामा गरीएको परीक्षणमा २९ जनाको नेगेटिभ आएको थियो भने ३ जनाको रिर्पोट पोजेटिभ आएको छ बाँकी ३५३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
उदयपुर/ कोरोना संक्रमण को हटस्पटको रुपमा चिनिएको उदयपुरमा फेरी ३ जना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय उदयपुरका अनुसार भारतबाट आएर बेलका नगरपालिकामा क्वारेन्टाइनमा बसेका १ जना पुरुष र १ जना महिला गरि २ र चौदण्डीगढि नगरपालिकाका १ जना स्थानीयमा गरि ३ जनामा संक्रमण पुष्टि भएको हो । भारतबाट आएर गाईघाटको मोतिगडा क्वारेन्टाइनमा रहेका ५४ जना रिपोर्ट आउन बाँकी रहेको छ । यो सगै उदयपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षण थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार थपिएका नयाँ संक्रमितहरु मध्ये २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुष र धनगडीको एक ५४ बर्षीय महिलाको समेत मृत्यु भएको छ । यो सगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेका संख्या १३ पुगेको छ । पछिल्लो २४ घण्टामा
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकजानको ज्यान गएको छ । यो सगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको हो । नेपालगञ्जबाट जेठ १८ गते डोल्पा पुगेका उनको होम क्वारेन्टाइनमा रहेका अवस्थामा मृत्यु भएको हो ।जेठ २० गते मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनले जनाएको छ । अहिले गाँउपालिकाका सबै नाका र गाँउ सिल गरिएका छ । मृतकसँगै जगदुल
धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुुरक्षा ठेक्का पाएको भिआइपी सेक्युरिटी सर्भिससँग को सम्झौता रद्ध निर्देशन आएको छ । नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको श्रम तथा ब्यबसाय जन्य सुरक्षा विभागले प्रतिष्ठानलाई पत्र लेख्दैे भिआईपी सेक्युरिटी सर्भिस कम्पनी सग गरेको सम्झौता श्रम ऐन विपरीत भएको भन्दै सम्झौता रद्ध गर्न पत्राचार गरेको हो ।प्रतिष्ठानले प्रचलित ऐन नियम विपरित भिआइपी सेक्युरिटी सर्भिसलाई ठेक्का दिएको भन्दै केटिएम सेक्युरिटी सर्भिसले उजुरी गरेको थियो ।श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ले तोकेको दैनिक न्युनतम पारिश्रमिक भन्दा कम