स्वास्थ्य

    Showing 2,051-2,060 of 2,447 items.
  • धरानमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, धरान १५का १ बालकमा कोरोना संक्रमण

     धरान । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि धरानमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । आज थपिएका धरान १५ का १० बर्षिय बालक रहेका छन् । समुदाय स्तरमा गरिएको परिक्षणमा ती बालकमा कोरोना संक्रमण देखिएको धरान उपमहानगरपलिकाका स्वस्थ्य महासाखा प्रमुख उमेश मेहताले बताए । उनलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने बारेमा ट्राभल हिस्ट्रिी र कनट्र्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,340 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सूर्योदय नगरपालिकामा लकडाउन

    इलाम / इलामको सूर्योदय नगरपालिकाले कोरोना संक्रमण बढ्दै गएपछि बिहीबार राती १२ बजे पछि अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरेको छ । शसस्त्र प्रहरीको पशुपतिनगर बीओपी र आईतबारे क्याम्पमा कोरोना संक्रमण फैलिएपछि बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिभर तोकीएको समय बाहेक बजार पसलहरु बन्द रहने छन् । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा बसेको बैठकले नगरमा समुदायमा कोरोना फैलन नदिन सुरक्षा निकाय , स्थानीय ब्यवसायी संग समन्वय गरी लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रमुख राईले खाद्यान्न लगायतका अति आवश्यक पसल बिहान ८ बजे देख

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,066 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • घरमै बसेका सशस्त्रमा पनि कोरोना पुष्टि, इलाममा १५ दिनमा ४६ जना सशस्त्र प्रहरी संक्रमित

     इलाम । इलाममा १५ दिन यता ४६ जना सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइन र सीमाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना देखिएपछि त्रास बढेको छ । गएको साउन ६ गते जिल्ला समन्वय समिति इलामको क्वारेन्टाइनमा खटेका एक जना सशस्त्रमा कोरोना देखिएको थियो भने हालसम्म जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना देखिएको हो । गएको ६ गते क्वारेन्टाइनमा खटेका सशस्त्रसहित एक जनामा कोरोना देखिएकोमा त्यसको चार दिनपछि छ जनामा सुरक्षाकर्मीमा कोरोना देखियो भने त्यसको पाँचौ दिनमा अन्य पाँच जनामा कोरोना पुष्टि भयो

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 999 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इटहरीका बारुणयन्त्र चालकलाइ पनि कोरोना संक्रमण

    इटहरी / इटहरीमानवारुणयन्त्र चालकलाइ पनि काेराेना पुस्टी इटहरी । इटहरीमा एक पछि अर्को कर्मचारीहरूमा कोरोना संक्रमण हुने क्रम बढदै गएको छ । बिहीबार प्राप्त रिपोर्ट अनुसार इटहरी उपमहानगरको वारूणयन्त्र चालकलाइ पनि कोरोना पोजेटिभ देखिएपछि संक्रमण हुनेहरूको संख्या बढदै गएको पाइएको हो । यो संगै इटहरीमा कोरोना संक्रमितहरूको संख्या २५ पुगेको छ । १५ जना उपचार पछि घर फर्किसकेका छन । बिहीबार आएको रिपोर्ट अनुसार इटहरी ५ का २७ वर्षिय युवक र वारूण यन्त्र चालकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख राम चरण चौधरीले बताए ।

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,027 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी उपमेयरको रिपोर्ट नेगेटिभ , प्रदेश १ मा थपिए ६६ संक्रमित

    इटहरी । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । गत साउन १५ गते उपमहानगरका इञ्जिनियरलाइ कोरोना पुष्टि भएपछि कर्मचारी सहित अन्यको पिसिआर टेस्टलाइ तिब्रता दिइएको थीयो । यसै क्रममा उपमेयर गौतमले गत साउन २० गते पिसिआर पदतिबाट स्वाब संकलन गरीएको थीयो । बिहीबार आएको रिपोर्ट अनुसार उपमेयर गौतमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । यसैबिच इटहरी ५ का २७ वर्षका एक युवकमा कोरोना संक्रमण पुस्टी भएको छ । यो संगै इटहरीमा कोरोना संक्रमितको संख्या २५ पुगिसकेको छ । १५ जना उपचारपछि घर फर्किसकेका छन भने केहिलाइ घरमै राखेर उपचार सुरू गरिएको उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका प

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि,२ सय ३३ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  ३ सय ६०    जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २१ हजार ७ सय ५०  जना  पुगेको छ ।  नेपालमा हालसम्म ६४  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २ सय ३३  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ जना  जना रहेका छन् ।  

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 765 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ६६ कोरोना संक्रमित थपिए

    विराटनगर, २२ साउन । प्रदेश १ मा आज ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ११ पुरुष १० महिला, बेलबारीमा २ र रंगेलीमा १ पुरुष, सुनसरीको धरानमा ११ पुरुष, ३ महिला, इटहरीमा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ । प्रदेश १ मा आज १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,471 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • "गाउँमा कोरोनाको त्रास : पुलीस देख्दा भागाभाग, अरु बेला भिडभाड"

     चतरा । शहरको तुलनामा गाउँमा कोरोना संक्रमण अवस्था केही कम भए पनि भयावह हुने अवस्था भने छँदैछ । गाउँका स्थानियको अटेरी र अज्ञानताका कारण गाउँ खुला हुँदै गएकाले कोरोनाको संक्रमणको जोखिम मा रहेको छ । सुनसरी जिल्लालाइ निषेधाज्ञा जारी गरे पनि गाउँ मा प्रहरी देख्दा भागाभाग हुने प्रहरी गएपछि फेरि दोकान पसल भिडभाड उस्तै देखिने गरेको छ। बराक्षेत्र स्थित हाटखोलामा वर्षौ देखि सप्ताह रुपमा हाट लाग्दै आएको छ। अघिल्लो लकडाउनमा हाट पूर्ण रुपमा बन्द भएको थियो।   लकडाउन खुकुलो भएसँगै यो हाट बयरबन बजार तिर सरेको छ। पछिल्लो समय पुनः जिल्ला प्रशासन कार्

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,169 पटक पढिएको
    • " हिमाल राई"
  • इलाममा १६ जना शसस्त्र प्रहरीमा कोरोना पोजेटिभ

    इलाम / इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन । गणका ३७ जनाको श्वाव संकलन गरेकोमा विहीवार १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४२ जना शसस्त्र प्रहरी सहित ६० जनाको स्वाब नमुना पठाइएकामा १६ जना शसस्त्र पहरीको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । ६० जनामा ३७ जना शसस्त्र रहेकामा १६ जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई विराठनगरको गोठगाउँ स्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको स्वास्थ्य कार्यलय इलामका कोभिट १९ संयोजक विमल बरालले बताए । बरालका अनुसार थप उपचारको लागी पोज

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 967 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • विराटनगरमा थप १३ जनामा देखियो कोराना संक्रमण

    विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा थप १३ जना कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकाले संकलन गरेको स्वाब कोशी अस्पतालको प्रयोगशालमा परीक्षण गराइएकामध्ये १३ जनामा कोरोना देखिएको हो । महानगरको जनस्वास्थ्य महाशाखाले जनाएअनुसार विराटनगर–२, ६, ७, ८, १०, ११ र १३ नम्बर वडाका व्यक्तिहरुमा कोरोना देखिएको छ । जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने,“संक्रमितको पहिचान गर्ने र अस्पताल भर्ना गर्न लैजाने प्रक्रिया शुरु गरिसक्यौं ।” कार्कीका अनुसार उनीहरु सबैको बुधबार अबेर रिर्पोट आएको थियो । संक्रमितहरु ८ पुरुष र ५ महिला रहेका छन । विराटनगरमा कोरोना कोरोना संक्र

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,238 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved