चतरा । शहरको तुलनामा गाउँमा कोरोना संक्रमण अवस्था केही कम भए पनि भयावह हुने अवस्था भने छँदैछ । गाउँका स्थानियको अटेरी र अज्ञानताका कारण गाउँ खुला हुँदै गएकाले कोरोनाको संक्रमणको जोखिम मा रहेको छ । सुनसरी जिल्लालाइ निषेधाज्ञा जारी गरे पनि गाउँ मा प्रहरी देख्दा भागाभाग हुने प्रहरी गएपछि फेरि दोकान पसल भिडभाड उस्तै देखिने गरेको छ। बराक्षेत्र स्थित हाटखोलामा वर्षौ देखि सप्ताह रुपमा हाट लाग्दै आएको छ। अघिल्लो लकडाउनमा हाट पूर्ण रुपमा बन्द भएको थियो।
लकडाउन खुकुलो भएसँगै यो हाट बयरबन बजार तिर सरेको छ। पछिल्लो समय पुनः जिल्ला प्रशासन कार्यालय सुनसरी र नेपाल सरकारले निषेधाज्ञा जारी गरेपनि बजारमा बिहिवार भीडभाड देखिएको छ। स्थानीय उत्पादन गरि बिक्री गर्न साप्ताहिक हाटमा बराहक्षेत्रका पहाडी क्षेत्रमा उत्पादन बिक्री वितरण हुँदै आएको छ। विहिवार बराक्षेत्र वडा १,२ जनप्रतिनिधि प्रहरीसँगै भीडभाड कम गराउन सहजीकरण गर्दै गरेका देखिए। बन्दको सूचनाको नभएको ले बजार आएका स्थानिय भुपाल राईले बताए । कृषि उत्पादनहरु बेचबिखन गर्ने बजार बिहिबारे हाटनै हो, यसैबाट यसैवाट ग्रामीण क्षेत्रका बासिन्दाहरूको घरखर्च गर्दै आएको छ, राईले भने, हिजोको आजै लकडाउन भनेपछि जानकारी नहुँदा गाउँलेहरू किनमेल गर्न बजार झरेका हुन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रतिबन्ध लगाएको छ। तर पनि जनता हरुलाई सेवा दिने नाममा कलकारखाना, व्यापार, व्यवसाय र सवारी साधनहरु निर्वाद रुपमा सञ्चालनमा आइरहेका छन्। यता, जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको लकडाउन र निषेधाज्ञालाई समेत उल्लंघन र व्यवास्था गर्दै केही वडाहरुमा झिसमिसे देखिने रातमा नपरुन्जेल सम्म तोकिएको मापदण्डको समेत ख्याल नगरी होटेल व्यवसाय यातायातका साधनहरु सञ्चालन गरि रहेका छन् । कसले अनुगमन गर्ने हो? स्थानीय भद्रगोल खम्बूले प्रश्न गरे।
स्थानीय अनिल हेयर ड्रेसर सेलुनका संचालकलाई कोरोना संक्रमण देखिए पछि भेटिएपछि बराहक्षेत्र वडा ६, ७ र ८ लाई पूर्णरूपमा शिलबन्दी गरेको छ । तर लकडाउन कार्यान्वयनको अवस्था फितलो देखिएको स्थानीय गुनासो गर्छन्। यो अवधिमा सेलुनमा चार सय जनाले केश काटेको अनुमान गरिएको छ। गाँउ, टोल, वजारमा माइकिङ गर्दै नेपाल सरकारले जारी गरेको नियम कढाई र सचेततापूर्वक पालना गर्न स्थानीय सरकारले आग्रह गरिरहेको छ। तर पनि स्थानियहरुमा कोरोनाको कुनै डर छैन भने मास्कको प्रयोग र सामाजिक दुरी कायम नगरी भिडभाड हुने गरेको छ । स्थानिय डम्बर कार्कि भन्छन् , अज्ञानताले हो की अटेरिपनले हो? सक्रमणको अवस्थामा बराक्षेत्र नगरपालिका र उद्योग वाणिज्य सङ्घको भूमिका स्पष्ट नभएको स्थानियको गुनासो छ। नेपाल सरकारले लागू गरेको मापदण्डलाई लागु गराउन संघ तथा स्थानिय सरकारको भूमिका महत्वपुर्ण हुनु पर्ने स्थानिय छत्र बहादुर बस्नेतले बताए ।
उनले भने, सरकारले जारी गरेको मापदण्ड अनुसार पसल व्यवसाय संचालन भएका छन् कि छैनन्, अनुगमन र निर्देशन गर्नुपर्छ कि पर्दैन? स्थानीय तह र सरोकारवाला निकायको समन्वयको अभावमा प्रभावकारी हुन सकेको छैन । निषेधाज्ञा जारी भएको बेला अनुमति प्राप्त मालबाहक सवारि साधन बाहेक सिटी सफारी, टेम्पो, रिक्सा, म्याजिक, माइक्रो लगाएत सन्चालन पूर्णरूपमा रोक लगाएको छ। सुनसरीका प्रजिअ फडिन्द्र पोख्रेल को अनुसार औषधि पसल बाहेक अन्य व्यवसाय बन्द गरिएको छ।
उदयपुर जिल्ला र सुनसरी जिल्ला जोड्ने कोशी नदीको नयाँ पुललाइ संवेदनशील क्षेत्रको रुपमा राखी निगरानी गर्नुपर्ने स्थानीयको भनाइ छ। स्थानीय तह निकाय कार्यालय र मानिसहरूको आगमन हुने ठाउँमा रहेका सबैको पिसि आरको गर्नुपर्छ भने प्रकाश राई भन्छन् पिसि दायरा नबढाई र सरकारी मापदण्ड पूर्णरूपमा लागू नभएसम्म कोरना नियन्त्रणमा आउन सक्दैन त्यसैले जनता र प्रशासन सचेत हुन आवश्यक छ