इटहरी उपमेयरको रिपोर्ट नेगेटिभ , प्रदेश १ मा थपिए ६६ संक्रमित

  • साउन २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । गत साउन १५ गते उपमहानगरका इञ्जिनियरलाइ कोरोना पुष्टि भएपछि कर्मचारी सहित अन्यको पिसिआर टेस्टलाइ तिब्रता दिइएको थीयो । यसै क्रममा उपमेयर गौतमले गत साउन २० गते पिसिआर पदतिबाट स्वाब संकलन गरीएको थीयो । बिहीबार आएको रिपोर्ट अनुसार उपमेयर गौतमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । यसैबिच इटहरी ५ का २७ वर्षका एक युवकमा कोरोना संक्रमण पुस्टी भएको छ । यो संगै इटहरीमा कोरोना संक्रमितको संख्या २५ पुगिसकेको छ ।

१५ जना उपचारपछि घर फर्किसकेका छन भने केहिलाइ घरमै राखेर उपचार सुरू गरिएको उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका प्रमुख रामचरण चौधरीले बताए । होम आइसोलेसनको पबन्ध मिलाएर संक्रमितहरूको उपचार थालीएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए । यसैबिच प्रदेश एकमा बिहीबार एकैदिन ६६ जना काेराेना संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा एकैदिन २१ जना सहित प्रदेश एकमा ६६ संक्रमित थपिएका हुन । याे संगै प्रदेश एकमा संक्रमितकाे संख्या १२ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ९०५ जना उपचारपछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved