सूर्योदय नगरपालिकामा लकडाउन

  • साउन २२, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलामको सूर्योदय नगरपालिकाले कोरोना संक्रमण बढ्दै गएपछि बिहीबार राती १२ बजे पछि अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरेको छ ।

शसस्त्र प्रहरीको पशुपतिनगर बीओपी र आईतबारे क्याम्पमा कोरोना संक्रमण फैलिएपछि बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिभर तोकीएको समय बाहेक बजार पसलहरु बन्द रहने छन् । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा बसेको बैठकले नगरमा समुदायमा कोरोना फैलन नदिन सुरक्षा निकाय , स्थानीय ब्यवसायी संग समन्वय गरी लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रमुख राईले खाद्यान्न लगायतका अति आवश्यक पसल बिहान ८ बजे देखि १० बजे सम्म सुरक्षा सर्तकता अपनाएर खोल्न दिइृने जानकारी दिए ।

नगरले अति आवश्यक काम बाहेक हिड्डुल गर्न समेत रोक लगाएको छ । नगरले कर्मचारीलाई समेत अन्यत्र जानु पर्ने भए जानकारी गराई अनुमति लिएर मात्र जान भनेको छ । कार्यपालिका बैठकले मोटरसाईकल सहितका सबै सवारीसाधन संचालनमा रोक लगाउने निर्णय समेत गरेको छ ।

कोरोनाको संभावित बढ्दो जोखिमलाई नगर क्षेत्रभित्र नियन्त्रण गर्न यस क्षेत्रका कृषिजन्य उत्पादन, दुग्द्यजन्य उत्पादन, दैनिक उपभोग्य खाध्यान्न बस्तु, अत्यावश्यक इन्धन, औषधी ओसारपसार आपुर्ति कार्य बाहेक अन्य स्थानीय यातायात, होटल रेस्टुरेन्ट, होमस्टे, हाटबजारहरु, टोल समाजमा भिडभाड हुने क्रियाकलापहरु संचालन गर्न नपाइने भएको छ ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved