स्वास्थ्य

    Showing 1,801-1,810 of 1,871 items.
  • उधमशिल सहकारी द्वारा ६५ जना कर्मचारीको कोरोना बीमा

    धरान – धरान १० सैनिक चोकमा अवस्थित उधमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाको ६५ जना कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कर्मचारी कसैलाई कोरोनाको संक्रमण पुष्टि भए क्षतिपुर्ती बापत १ लाख पाउने सहकारीका अध्यक्ष डा। योगेन्द्र राईले बताए ।  संस्थाले संचालक समिती, लेखा समिती, नियमित कर्मचारी, बजार प्रतिनिधी गरी ६५ जनाको कर्मचारी कोरोना भाइरस कोभिड १९ बीमा गरिएको छ । अध्यक्ष राईले भने, बीमा अर्न्तगत यदि कसैलाई एक वर्ष भित्र कोरोनाको संक्रमण देखिए क्षतिपुर्ती स्वरूप १ लाख पाउनेछ । हाललाई एक वर्षको मान्यता भएपनि महामारी बढ्दै गए अर्को वर्षका लागी समेत निरन्तरता दिइनेछ । बीम

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,429 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ९ जनामा कोरोना संक्रमणको पुष्टि,कुल संख्या ३ सय ४ पुग्यो

    धरान  नेपालमा सोमबार बिहान सम्ममा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३ सय ४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी ९ जना रहेको छ । उनीहरु रौतहत इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी ७ जना पुरुषहरु रहेका छन् भने, रौतहटकै माधवनारायाण नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षिय १ महिला रहेकि छिन । बाँकी १ जना बारा करैयामाई ५ का पुरुषमा कोरोना पुष्टि भएको छ । नेपालमा हाल सम्म कोरोना संक्रमण देखिएका ३६ जना उपचार पछि घर फर्किइसकेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा कोरोना संक्रमित भेटिए पछि बजार क्षेत्र सिल

     जिल्ला अस्पताल धनकुटामा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि अस्पताल आसपास सहित धनकुटा बजार क्षेत्रलाई सिल गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति धनकुटाको आइतवार राति संम्पन्न आकस्मिक बैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ कमान्ड फोर्स धनकुटा संयोजक केशव प्रसाद विमलीले बताए । संक्रमित स्वास्थ्यकर्मीको संभावित क्षेत्रका जनताहरुको स्वस्थ्य जोखिमलाई मध्यनजर गर्दै बजार क्षेत्र सिल गरिएको बताए । बजार क्षेत्र सिल गरिएसँगै आवत जावत ठप्प पारिएको छ

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,028 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिराटनगरका दुई र धनकुटाका एक जनामा कोरोना संक्रमण पुष्टि

    धरान / प्रदेश १ का थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै प्रदेश १ मा कोरोना संक्रमित संख्या ३९ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार धनकुटाका १ जना र बिराटनगरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरान स्थित वि. पी कोइरला स्वास्थ्य विज्ञान प्रतिषठानमा गरिएको परीक्षणमा विराटनगरका ३६  ,वर्षीय पुरुष ,२९वर्षीय महिला र धनकुटाका ३४ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।  

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,133 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा कोरोनाका कारण दोस्रो व्यक्तिको मृत्यु, मृतक बाँकेको क्वारेन्टाइनमा बसेका थिए

    काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप अर्का एक संक्रमितको मृत्यु भएको छ । यो सगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या २ पुगेको छ । बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके नरैनापुर(५ का २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । यस बारे थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस बिर्फङमा जानकारी दिए ।संक्रमितको आइतबार बिहान मृत्यु भएको थियो । उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए।  

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,014 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा कोरोना बाट एक मृत्यु , संक्रमित संख्या २९१ पुग्यो

    नेपालमा पहिलो पल्ट कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको कोरोना भाइरसको संक्रमण बाट मृत्यु भएको पुष्टि गरेको हो । ९ दिन अघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलीभर भएर घर फर्किएकी उनलाई ज्वरो , खोकी र स्वास प्रश्वासमा समस्या आएपछि स्थानिय अस्पतालमा उपचार गराइरहेकी थिइन । स्वास्थ्यमा थप जटिलता आएपछि उनलाइ धुलिखेल अस्पताल ल्याएको थियो । धुलीखेल अस्पताल आइपुग्दा डक्टरले उनको मृत्यु भइसकेको बताएका थियो । कोरोना सग मिल्ने लक्षण भएकाले उनको आरडिट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि थप परीक

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 648 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनुषामा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २८१ पुग्यो

    नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेका छन्।  शनिबार नै कोरोनाको संक्रमणबाट सिन्धुपाल्चोको बाह्रविसेकी २९ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या २८१ पुगेको छ।   

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 704 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाकै कारण मृत्यु भएको नेपालमा पहिलो घटना

    काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उप

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,011 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बस्ती नजिक क्वारेन्टाइन भएपछि विरोध

    भारतबाट नेपाल भित्रने संभावित मानिसलाई राख्ने तयार गर्न लागिएको क्वारेन्टाइनस्थल बस्तीबाट टाढा राख्न भन्दै विराटनगर १३ बासिन्दाले संघर्षमा उत्रिएका छन् । विराटनगर महानगरपालिकालाई पत्राचार गरी विराटनगर १३ कोशी प्रोजेक्ट क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका हुन । महानगरसंगको समन्वयमा प्रदेश १ सरकारले स्थानीय डिएभी स्कुलमा क्वारेन्टाइन स्थल बनाउने तयारी गरेको हो । तर, स्थानीयले भने अवरोध र विरोध गरेका छन् । स्थानीय टोलबारीले विराटनगर महानगरपालिकाको नाममा पठाएको ज्ञापन पत्रमा बसोबास स्थलबाट टाढा क्वारेन्टाइनको व्यवस्थापन गर्न भनिएको छ । संभावित संक्रमितलाई बस्तीमाझमा रहेको स्थानको क्वारेन्टाइनमा र

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,461 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १२ हजार १ सय ९७ जनामा कोरोना परीक्षण

     प्रदेश १ मा १२ हजार १ सय ९७ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट गरिएको परीक्षणमा ९ हजार १ सय ६१ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ७ सय २० जनाको रिर्पोट नेगेटिभ आएको छ । परीक्षणबाट कोरोना संक्रमण देखिएका ३६ जनामध्ये विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई १७ जना डिस्चार्ज भइसकेका छन् । अब १९ जना उपचारमा अस्पतालमै छन् । यता, प्रदेश सरकारले निर्माण गरेक

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 579 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved