संविधान दिवसको अवसरमा रक्तदान तथा निशुल्क स्वास्थ्य परामर्श कार्यक्रक हुने

  • भदौ ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । संविधान दिवशको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीले असोज ३ गते रक्तदान कार्यक्रम सहित निशुल्क स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको छ ।

कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनमा रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा अस्पतालहरुमा रगतको अभाव हुन थाले पछि एकेडेमीले रक्तदान कार्यक्रम गर्ने भएको छ । साथै लकडाउनमा अस्पतालहरु पनि खुल्ला नभएको अवश्थामा बिरामीहरुले स्वास्थ्य पाउन नसक्ने भएकाले रक्तदान कार्यक्रमकै अवसरमा निशुल्क स्वास्थ्य परामर्श दिने भएको छ ।

असोज ३ गते धरान स्थित लोकतान्त्रिक चौतारीमा रक्तदान तथा निशुल्क स्वास्थ्य परामर्श कार्यक्रमको तयारी भइरहेको एकेडेमीका सुनसरी जिल्ला सचिव सुदेश चापागाईले बताए । उनका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हातेमालो फाउण्डेशनका चिकित्सकहरुबाट निशुल्क स्वास्थ्य परामर्श पनि दिइने भएको छ ।

कोरोना संक्रमितहरुका लागि प्लाज्मा थेरापी उपचार पद्दती बिस्तार भइरहेको अवश्थामा रगतको अभाव हुन नदिनका लागि पनि संविधान दिवशको अवसरमा रक्तदान कार्यक्रम तय गरिएको उनको भनाई छ । रक्तदान कार्यक्रम विहान ८ बजे देखि संचालन हुने उनले बताए ।

त्यसै गरि संविधान दिवशको अवसरमा धरानमा एकेडेमीकै आयोजनामा दीप प्रज्वलन कार्यक्रम पनि हुने भएको छ । नेपाली जनताले बनाएको संविधान जारी भएको दिनको सम्झनामा धरानको भानुचौंकमा साँझ ६ बजे दीप प्रज्वलन कार्यक्रम हुने उनले बताए । कार्यक्रमको प्रमुख अतिथी नेकपा प्रदेश १ कमीटीका अध्यक्ष देवराज घिमिरे रहने पनि उनले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved