स्वास्थ्य

    Showing 1,561-1,570 of 2,447 items.
  • वीपीका पदाधिकारी चै कमिशनको खेलमा, कर्मचारीलाई आर्थिक संकटको बहाना

    धरान । एकातिर प्रमुख पदाधिकारीहरु कमिशनको खेलमा तानातान छन्, अर्को तिर कोरोना संक्रमित बिरामीहरु सँग प्रत्यक्षरुपमा सेवा दिइरहेका नर्सहरु सेवा सुविधाको माग गर्दै आन्दोलित हुनु परेको अवश्था छ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा । कुर्सीमा बसेर भ्रष्टाचार गर्न अनेक बहाना खोज्ने प्रमुख पदाधिकारीहरु प्रतिष्ठानको सेवा सुविधा लिएर बसेका छन्, त्यही बिरामीको प्रत्यक्ष सेवामा दिनरात काम गरिरहेका नर्सहरु तलब, भत्ता सहित सेवा सुविधाको माग गरिरहेका छन् । आइतबार नर्सहरुको टोलिले प्रतिष्ठानका प्रमुख ४ पदाधिकारी सहित मेट्रोनलाई ७ बुँदे मागपत्र बुझाएका छन् । प्रतिष्ठानका कर्मचारीलाई आर्थि

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 774 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका संक्रमित युवकको मृत्यु

    धरान । गत जेठ २ गते धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका इटहरीका एक युवकको मृत्यु भएको छ । जेठ १ गते कोरोना संक्रमण पुष्टि भएका इटहरी ४ का २४ वर्षिय युवकको शनिबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन नियमअनुसार हुने प्रतिष्ठानले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 921 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठान आफ्नो गल्ती छोप्न मिडियालाई दोष लगाउदै

    धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो गल्ती लुकाउन सञ्चारमाध्यलाई दोष दिन थालेको छ । प्रतिष्ठानले शनिबार अक्सीजनको उपलब्धताका आधारमा मात्र विरामी लिने भन्दै घुमाउरो भाषामा विरामी भर्ना लिन नसक्ने आशयको विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमलाई पठाएको थियो । सञ्चारमाध्यमले विज्ञप्तिमा उल्लेख भए अनुसार प्रतिष्ठानको आशय सहितको समाचारहरु सम्प्रेशण गरे । प्रतिष्ठानले विरामी भर्ना नलिने आशयबको विज्ञप्ती जारी गरेको भन्दै समाचार सम्प्रेशण गरेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाललाई चौतर्फी दबाब पर्यो । जिल्ला प्रशासन कार्यालयका एक अधिकृतका अनुसार सिडिओ ढकालले शनि

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,426 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागूऔषध सहित इटहरीकी एक महिला पक्राउ

    सुनसरी । मोरङको बिराटनगर १७ मटेरुवा चौकबाट लागूऔषध सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध डाइलेक्स डिसि ५० बोतल, नाईट्राभेट १ सय ट्याब्लेट, स्मास्मो प्रोक्सीभोन प्लस ४ सय ३२ चक्की सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका महिला माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,530 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्रमा २ सय ६ जना संक्रमित हुँदा ४१ जना भए निको 

    सुनसरी । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै गए पछि बराहक्षेत्रमामा २ सय ६ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना निको भएका छन् । बराहक्षेत्र नगरपालिकाले जारी गरेको सुचनाको आधारमा वैशाख ५ गते यता २ सय ६ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । नगरपालिकाको अनुसार निको हुने दर १९ दशमलव ९१ प्रतिशत रहेको छ भने मृत्यु दर ३ दशमलव ८८ प्रतिशत रहेको छ । बराहक्षेत्रमा अहिले सम्म १ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् भने नगरपालिकाको आइसोलेसनमा १८ मा रहेका छन् । नगरपालिकाले २ सय ९० जनाको पिसिआर तथा एन्टिजेन्ट परिक्षण गरेकामा ५० जनाको जाँचको रिपोर्ट आउन बाँकी रहेको जनाए

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,272 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा कोरोना नियन्त्रण बाहिर

    इटहरी । समुदाय स्तरबाट शुरूवातीमा लापर्वाहि बढेकै कारण इटहरीमा निषेधाज्ञा र लकडाउनकै बिचमा कोरोना संक्रमणको दर उच्च देखिएको छ । पछिल्लो एक साता यता मात्र इटहरीभित्र २ सय ४ जना नयाँ संक्रमित थपिएका छन भने ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रसाशन कार्यालय सुनसरीले आगामि जेठ १४ गते सम्म निषेधाज्ञालाइ कडाइ बनाउने भनिएपनि इटहरीमा निषेधाज्ञाकै बेला संक्रमितको दर दैनिक उच्च देखिएको हो । गत साता १ सय २३ जना नयाँ संक्रमित थपिएको इटहरीमा यो साता २ सय ४ जना संक्रमित थपिन पुगेका छन् यो संगै इटहरीमा कुल संक्रमितको संख्या ११ सय २५ पुगेको छ भने संक्रमणकै कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । दैनिक देखि

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 537 पटक पढिएको
    • "तेजबहादुर बन"
  • विपी प्रतिष्ठानमा अक्सजिनको अभाब,नयाँ विरामी भर्ना नलीने

    धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजनको अभाब देखाउदै नयाँ विरामी भर्ना नलिने बताएको छ । प्रतिष्ठानका सहायक प्रबक्ता डा चुरामणी पोख्रेलले प्रेस विज्ञप्ति जारी गरि अक्सीनको उपलब्धताका आधारमा मात्र विरामी भर्ना लिने निर्णय भएको उल्लेख गरेका छन् । प्रतिष्ठानको अक्सीजन प्लान्ट विग्रीएको र अहिले मर्मतको कार्य भईरहेको उल्लेख गर्दै उनले प्रतिष्ठानको अक्सिजनको मुख्य स्रोतले काम नगरेका कारण नयाँ विरामी भर्ना गर्न अक्सिजनको उपलब्धताका आधारमा मात्र सक्ने उल्लेख गरेका छन् । प्रतिष्ठानका एक विभागिय प्रमुखका अनुसार यो विज्ञप्तिको डिप्लोमेटिक आशय भनेको अब कोभिडका विरामी भर्ना

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 1,410 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना पुष्टि भएका धरान १५ का एक वृद्धाको मृत्यु

    धरान । उच्च रक्तचाप भएका धरान १५ का एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १५ का ८२ वर्षिय पुरुषको मृत्यु भएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता चुरामणी पोखरेलले जानकारी गराएका छन् । वृद्धाको शनिबार बिहान साढे ११ बजे मृत्यु भएको हो । उनलाई जेठ ४ गते कोरोना पोजिटिभ देखिए पछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको नियम अनुसार शव व्यवस्थापन गरिने पोखरेलले बताएका छन् ।

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका उपकुलपति र रजिष्टार्ड बिच कमिशन विवाद

    धरान । भ्रष्टाचार र अनियमिततामा डुबेको धरान स्थिा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुख्य पदाधिकारीहरु कोरोना महामारीमा पनि कमिशनमा मिल्न नसक्दा नागरिकको स्वास्थ्य सेवा माथि खेलवाड गरिरहेका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिष्टार्ड प्रा.डा. मोहन चन्द्र रेग्मी बिच अक्सिजन प्लान्टको ठेक्कामा कमिसन मिल्न नसक्दा कोरोना संक्रमित बिरामीहरुको स्वास्थ्य उपचारमा खेलवाड भइरहेको छ । प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्ट बिग्रीएर कोभिड अस्पतालका बिरामीले अक्सिजन पाउन नसकेको गुनासो आइरहेको छ । सहज अक्सिजन आपुर्ति हुन नसक्दा बिरामीले ज्यान गुमाउनु परेको प्रतिष्ठानमा माथि आरोप ला

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 1,179 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ३६ पुग्यो

    सुनसरी । प्रदेश १ मा शुक्रबार २ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये ४ सय २४ महिला र ६ सय १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या अहिले सम्ममा ४९ हजार ५ सय ८० पुगेको छ भने ३२ हजार ९ जना निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ३६ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार मोरङमा ३ सय ३०, झापामा २ सय ४२, सुनसरीमा १ सय ७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेह्रथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 655 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved