इटहरीमा कोरोना नियन्त्रण बाहिर "एक सातामा ५ को मृत्यु"

  • जेठ ९, २०७८
  • "तेजबहादुर बन"
alt


इटहरी । समुदाय स्तरबाट शुरूवातीमा लापर्वाहि बढेकै कारण इटहरीमा निषेधाज्ञा र लकडाउनकै बिचमा कोरोना संक्रमणको दर उच्च देखिएको छ । पछिल्लो एक साता यता मात्र इटहरीभित्र २ सय ४ जना नयाँ संक्रमित थपिएका छन भने ५ जनाको मृत्यु भइसकेको छ ।

जिल्ला प्रसाशन कार्यालय सुनसरीले आगामि जेठ १४ गते सम्म निषेधाज्ञालाइ कडाइ बनाउने भनिएपनि इटहरीमा निषेधाज्ञाकै बेला संक्रमितको दर दैनिक उच्च देखिएको हो ।

गत साता १ सय २३ जना नयाँ संक्रमित थपिएको इटहरीमा यो साता २ सय ४ जना संक्रमित थपिन पुगेका छन् यो संगै इटहरीमा कुल संक्रमितको संख्या ११ सय २५ पुगेको छ भने संक्रमणकै कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

दैनिक देखिएको कोरोना जोखिमलाइ मध्यनजर गर्दै इटहरीमा बिभिन्न योजना बनाइ काम गरिरहेको उपमहानगरले जनाएको छ ।

उपमहानगर अन्तरगत उपमेयर लक्ष्मी गौतमले संक्रमणको दरलाइ न्युनिकरण गर्न सचेतना सहितको माइकिङ, संक्रमितहरूको घर घर पुगेर निःशुल्क औषधि सहित मनोबल बढाउने खालको सहजिकरण तथा प्रशासनले जारि गरेको निषेधाज्ञालाइ कडाइका साथ पालना गराउने काम भइरहेको बताईन ।

यसैबिच इटहरीमा पछिल्लो समय इटहरीमा सुविधा सम्पन्न ८० वेडको आइसोलेसन सञ्चालनको तयारी थालिएको छ । जसका लागि उद्योग बाणिज्य संघ इटहरी संग सम्झौता भइसकेकोले छिट्टै पुर्णता पाउने उपमेयर गौतमले बताईन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved