विपी प्रतिष्ठानमा अक्सजिनको अभाब,नयाँ विरामी भर्ना नलीने

  • जेठ ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजनको अभाब देखाउदै नयाँ विरामी भर्ना नलिने बताएको छ ।
प्रतिष्ठानका सहायक प्रबक्ता डा चुरामणी पोख्रेलले प्रेस विज्ञप्ति जारी गरि अक्सीनको उपलब्धताका आधारमा मात्र विरामी भर्ना लिने निर्णय भएको उल्लेख गरेका छन् ।

प्रतिष्ठानको अक्सीजन प्लान्ट विग्रीएको र अहिले मर्मतको कार्य भईरहेको उल्लेख गर्दै उनले प्रतिष्ठानको अक्सिजनको मुख्य स्रोतले काम नगरेका कारण नयाँ विरामी भर्ना गर्न अक्सिजनको उपलब्धताका आधारमा मात्र सक्ने उल्लेख गरेका छन् ।

प्रतिष्ठानका एक विभागिय प्रमुखका अनुसार यो विज्ञप्तिको डिप्लोमेटिक आशय भनेको अब कोभिडका विरामी भर्ना नलिने भन्ने हो ।यस्तो संकटको अबस्थामा आशा र भरोषा गरिएको अस्पतालबाट नै विरामी भर्ना लिन्न भन्नु अपराध भएको टिप्पणी सामाजिक सञ्जालमा हुन थालेको छ ।

प्रतिष्ठानमा करोडौ मुल्यका अक्सिजन प्लान्ट पदाधिकारीको मिलेमतो र कमिसनको चक्करले मर्मत हुन र पुर्ण रुपमा सञ्चालनमा आउन नसकेको भन्दै सञ्चारमाध्यम तथा नागरिक स्तरबाट चर्को आलोचना हुदै आएको छ ।Notice--2078-2-8

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved