स्वास्थ्य

    Showing 1,491-1,500 of 2,447 items.
  • मास्क नलगाउनेलाई आधा घण्टा होल्ड, कडा निषेधाज्ञा लगाउन सक्ने मोरङ प्रशासनको चेतावनी

    विराटनगर । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि सर्वसाधारणले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न हेलचेक्र्याईं गर्न थालेपछि विराटनगरमा कडाई गर्न शुरु गरिएको छ । प्रदेश नम्बर १ को राजधानी विरानगरमा केहीयता मास्क नलाई हिंड्ने, भिड गर्ने र सरकारले तोकेका मापदण्डको बेवास्ता गर्ने क्रम बढेको पाइएको हो । प्रहीले विराटनगरमा बिहानैदेखि मास्क लगाए नलगाएको विषयमा अनुगमन गर्न शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले भौतिक दूरी कायम गर्न र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गराउन प्रहरी सक्रियता बढाइएको बताए । उनले भने,“मास्क नलगाई बजारमा हिंडडुल गर्ने, काम नपर्दासमेत

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 1,265 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमणबाट उदयपुरका एकै परिवारका तीन जनाको मृत्यु, सिल गरियो गाउँ

    उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना संक्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना संक्रमणबाट १५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रवार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । संक्रमण तीव्र बनेपछि शनिवार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले संक्रमित भएपछि शनिवार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए । स्वास्थ्य कार्यालय उदयपुरका

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 844 पटक पढिएको
    • "रासस"
  • कोभिड अस्पतालमा थप अक्सिजन प्लान्ट जडान हुने

    धरान/ अक्सिजन अभावकै कारण विरामीले मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानको कोभिड अस्पतालमा नया“ अक्सिजन प्लान जडान हुने भएको छ । भारत सरकारको अनुदान करिब अढाई करोड लगात सहयोगमा नया“ अक्सिजन प्लान्ट सञ्चालनमा आउन लागेको हो । भारतबाट प्लान्ट आएको प्लान्ट कोभिड अस्पताल हाताभित्र शुक्रबार नै राखिएको छ । प्रतिष्ठानका सिभिल इन्जिनियरिङ शाखा प्रमुख विकास स्यालले भने‘ प्लान्ट आइसकेको छ, कम्पनीको इञ्जिनियरहरु आएर इन्स्टलेसन गर्न बाकी छ, चाडै नै प्लान्ट सञ्चलनमा आउछ ।’ उनले प्लान्टको क्षमता प्रतिमिनेट १ हजार लिटर अक्सिजन उत्पादन गर्ने रहेको समेत जानकारी दिए ।

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 821 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना खोप होटलमा, फोकल पर्सन निलम्बनमा

    विराटनगर/ होटलमा कोरोनाविरुद्धको खोप भेटिएको प्रकरणमा जिल्ला प्रशासन कार्यालयले झापाले छानबिन थालेको छ । बिर्तामोड नगरपालिकाले प्रकरणमा दोषी देखिनेलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले विज्ञप्ति प्रकासित गरी घटनामा संलग्न भएकालाई कार्वाही गर्ने प्रतिबद्धता जनाएका हुन ।‘छानबिनका क्रममा कुनै पनि प्रकारको कैफियत भेटिएमा यस नगरपालिकाले दोषी उपर आवश्यक कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । हिजो शुक्रबार अपरान्ह ४ बजे स्वास्थ्य कार्यालयबाट बिर्तामोडका लागि पठाएको कोरोनाविरुद्धको १०३ भाईल भेरोसे

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 1,197 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उच्चस्तरिय अध्ययन कार्यदलले थाल्यो छलफल

    धरान । विगत ३५ दिन देखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु भएको शुद्धिकरण अभियान अन्तर्गतको आन्दोलन निकास तर्फ प्रवेश गरेको छ ।प्रतिष्ठानका चारै जना पदाधिकारीको राजिनामा सहित शुद्धिकरणको माग गर्दै आन्दोलनमा रहेको संयुक्त संघर्ष समिती सँग सोमबार उच्चस्तरिय अध्ययन कार्यदलले छलफलबाट प्रतिष्ठानको अध्ययन शुरु गरे पछि आन्दोलनले निकाश पाउने अपेक्षा गरिएको छ । असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादकपदार्थ सेवन गरि छलफलमा बसे पछि संघर्ष समितीले चारै जनाको पदाधिकारीहरुको राजीनामाको सहित प्रधानमन्त्रीको पहलमा उच्चस्तरिय आयोग गठन गरि छानबिन गर्न माग गर्दैै आएका थिए । आन्दोलनकारीको मा

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 964 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्

    विराटनगर/ कोरोना संक्रमणका बेला उपचारमा खटिएका विराटनगरको काशी अस्पताल कोभिड १९ उपचार केन्द्रका स्वास्थ्यकर्मीले अझै जोखि भत्ता पाउन सकेका छैनन् । कोभिडको पहिलो लहरका बेला खटिएका २४ स्वास्थ्यकर्मीले जोखिम भत्ता प्राप्त नगरेको बताएका छन् । प्रदेश १ सरकारले सञ्ंचालन गरेको अस्पतालमा खटिएका चिकित्सकले सामाजिक विकास मन्त्रालयमार्फत भत्ता पाउनु पर्नेथियो । तर, गत वर्षको मंसिरदेखिकै भत्ता नपाएको स्वास्थ्यकर्मीको भनाई छ । केपी ओलीको सरकारकै पालामा दिने भनिएको जोखिम भत्ता ८ जना मेडिकल अधिकृत, ८ जना एचए र ८ जना स्टाफ नर्सले प्राप्त गर्न नसकेका हुन । प्रदेश सरकारले २०७७ भदौ २१ देखि फागुन २० गतेसम्

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘चिकित्सा शिक्षाको गुणस्तर खस्कदै’

    धरान/ चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै उत्कृष्ठ स्वास्थ्य सेवाको लागि स्थापना भएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय आफै रोगी बन्दै गएको छ । प्रतिष्ठानमा हुने पदाधिकारीहरुको राजनितिक नियुत्तिले भ्रष्टाचार तथा अनियमितताको दल दलमा फस्दै गएको छ । जसका कारण स्वास्थ्य सेवा सँगै चिकित्सा शिक्षा पनि प्रभावित बनेको छ । प्रतिष्ठानको शुद्धिकरणको माग गर्दै चिकित्सक तथा विद्यार्थीहरु विगत १ महिना देखि आन्दोलनमा छन् । अहिले सम्म पनि सम्बन्धीत निकायहरुको ध्यान दिएका छैनन् । पदाधिकारीहरुको लापरवाहीका कारण शैक्षिक सेवा पनि लथालिङ्ग हुँदा विद्यार्थीहरुको भविष्य

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 916 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान, इटहरी र बिर्तामोडमा केन्द्रीत भयो संक्रमण

    विराटनगर । प्रशासनले विगत लामो समयदेखि लगाएको निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या र संक्रमण दरमा एकाएक वृद्धि भएको छ । प्रदेश १ का तीन जिल्लाका प्रमुख तीन सहरमा संक्रमण केन्द्रित भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार तुलनात्मक रुपमा झापा, मोरङ र सुनसरीमा संक्रमितको संख्या बढ्न थालेको छ । अहिले प्रमुख बजार खुला छन् । सार्वजनिक तथा निजी सवारी साधन खुला भएका छन् । खासगरी प्रदेश राजधानी विराटनगरमा विगत दुई सातायता संक्रमितको संख्यामा तुलनात्मक कमी आएको छ । तर, सुनसरीको धरान र इटहरी तथा झापाको बिर्तामोड सहरमा संक्रमितको संख्या बढ्दो क्रममा पुगेको छ । पहिले दैनिक तीन सयभन्दा बढी

    • प्रकाशित मितिः साउन २, २०७८
    • 2,248 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ४८ घण्टामा उच्चस्तरीय वार्ता टोली गठन गरेर समस्या समाधा गर्न माग

    धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरणको माग राखी विगत एक महिना भन्दा लामो समयदेखि आन्दोलनमा उत्रिएका संयुक्त सघर्ष समितिले नवनियुक्ति प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन् । उनीहरुले चिकित्सक, विद्यार्थी, कर्मचारी लगायतसंग पटक पटक गरेका सहमति कार्यान्वयन गर्न नसकी आफ्ना पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । उनीहरुले चारजना पदाधिकारीको राजीनामासहित अन्य सुद्धिकरणका १२ बुदे मागसहित नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । समितिमा आफूहरुको प्रतिनिधित्व

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको आन्दोलनलाई प्रा.डा गोविन्द केसीले प्रतिष्ठानमै आएर समर्थन जनाए

    धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनलाई समर्थन जनाउन शिक्षा, स्वास्थ्य सुधारमा माग राखी पटक पटक अनसनमा बस्नु भएका प्रा.डा. गोविन्द केसी धरान आएर आन्दोलनकारीरुलाई समर्थन जनाएका छन् । एक महिना भन्दा लामो समयदेखि प्रतिष्ठानमा भएको भ्रष्टाचार, व्यथिति, पदाधिकारीहरुले गरेका मनोमालिन्य कामहरुको विरुद्धमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, वेलफेयर सोसाइटी, विद्यार्थी लगायतले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरेर पदाधिकारीको राजीनामासहित १२ बुदे माग राखी आन्दोलनमा उत्रिएका उनीहरुको समर्थनमा केसीले यस अगाडि नै प्रेस विज्ञप्तीमार्फत समर्थन जनाएका थिए । तर बुधबार प्र

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 1,283 पटक पढिएको
    • "गोविन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved