धरान, इटहरी र बिर्तामोडमा केन्द्रीत भयो संक्रमण

  • साउन २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रशासनले विगत लामो समयदेखि लगाएको निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या र संक्रमण दरमा एकाएक वृद्धि भएको छ ।

प्रदेश १ का तीन जिल्लाका प्रमुख तीन सहरमा संक्रमण केन्द्रित भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार तुलनात्मक रुपमा झापा, मोरङ र सुनसरीमा संक्रमितको संख्या बढ्न थालेको छ । अहिले प्रमुख बजार खुला छन् । सार्वजनिक तथा निजी सवारी साधन खुला भएका छन् ।

खासगरी प्रदेश राजधानी विराटनगरमा विगत दुई सातायता संक्रमितको संख्यामा तुलनात्मक कमी आएको छ । तर, सुनसरीको धरान र इटहरी तथा झापाको बिर्तामोड सहरमा संक्रमितको संख्या बढ्दो क्रममा पुगेको छ । पहिले दैनिक तीन सयभन्दा बढी संक्रमित थपिने गरेको विराटनगरमा शनिबारबाहेक दैनिक ५० र त्यसभन्दा कम संक्रमित फेला पर्न थालेका थिए । तर, इटहरी, धरान र बिर्तामोडमा संक्रमित थपिने क्रम भने बढ्दो क्रममा देखिएको मन्त्रालयले जनाएको छ ।

आइतबार प्रदेशभर जम्मा ४६९ जना कोरोना संक्रमणमुक्त हुँदा १६१ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७ हजार ९३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ । कोसी अस्पताल विराटनगरका चिकित्सक लक्ष्मीनारायण यादव संक्रमितको संख्या केही दिनअघिसम्म घट्दो क्रममा देखिएपनि संक्रमण दर भने बढेको पाइएको बताउँछन् । उनले भने,“संक्रमितसंगै संक्रमण दर बढ्न थाल्नु चिन्ताको विषय हो । सरकारले पालना गर्न भनेका स्वास्थ्य सम्बन्धी मापदण्ड पालनामा कमजोरी गरिनु हुन्न ।”

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved