कोभिड अस्पतालमा थप अक्सिजन प्लान्ट जडान हुने

  • साउन १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ अक्सिजन अभावकै कारण विरामीले मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानको कोभिड अस्पतालमा नया“ अक्सिजन प्लान जडान हुने भएको छ ।

भारत सरकारको अनुदान करिब अढाई करोड लगात सहयोगमा नया“ अक्सिजन प्लान्ट सञ्चालनमा आउन लागेको हो । भारतबाट प्लान्ट आएको प्लान्ट कोभिड अस्पताल हाताभित्र शुक्रबार नै राखिएको छ ।

प्रतिष्ठानका सिभिल इन्जिनियरिङ शाखा प्रमुख विकास स्यालले भने‘ प्लान्ट आइसकेको छ, कम्पनीको इञ्जिनियरहरु आएर इन्स्टलेसन गर्न बाकी छ, चाडै नै प्लान्ट सञ्चलनमा आउछ ।’ उनले प्लान्टको क्षमता प्रतिमिनेट १ हजार लिटर अक्सिजन उत्पादन गर्ने रहेको समेत जानकारी दिए ।
यो प्लान्ट प्रतिष्ठानमा अध्ययनरत भारतीय विद्यार्थीहरुका कारण आएको हो ।

प्रतिष्ठानमा अक्सिजन अभावका कारण धेरै ज्यान गुमाउनु परेको विषयमा त्यहा अध्ययनरत भारतीय विद्यार्थीहरुले भारतीय दुतावासमा अक्सिजन प्लान्टको विषयमा गुनासो पोख्दै प्लान्टको माग गरेका थिए त्यसपछि नेपालस्थि भारतीय राजदुतावासले प्रतिष्ठाानका डिन डा.सिवेन्द्र झालाई सम्पर्क गरेपछि भने प्लान्ट आउने निश्चित
भएको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved