काठमाडौ २०७७ भदौ १२ शुक्रबार १६:२५:२१ प्रकाशित/ आज थप ९ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ । नेपालमा मृतकको संख्या १९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ जना रहेका छन् । शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ स
नेपालका अर्बपति व्यवसायी एवम् सिजी ग्रुपका मालिक नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना पोजिटिभ देखिएको छ । चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्। आज बिहान चौधरीलाई पिसिआर परीक्षणको रिर्पोट पोजिटिभ आएको हो ।
धरान । धरानमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भए सङै धरानमा कोरोना संक्रमीतको संख्या १ सय ३४ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ । शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना नर्स र एन्फा क्वारेनटाइनमा खटिएका दुई जना नेपाली सेना सहित ९ जनामा कोरोना सङ्क्रमीत थपिएका हुन । शुक्रबार सङ्क्रमण पुष्टि हुनेमा धरान १७ को एन्फा क्वारेनटाइनमा खटिएका ३४ र २७ वर्षीय पुरुष नेपाली सेना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा कार्यरत २५ बर्षीया नर्स, सर्जरी वार्डमा कार्यरत हेल्थ एडको १९ बर्षीया छोरी, धरान १७ का थप ५ जना कनट्र्याक्ट ट्रेसिङका ५९ बर्षीया महिला, ३३
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार प्रदेश नम्बर २ सिरहा नगरपालिका वडा नं २का ५५ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचरका क्रममा ६ः४५ मा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकमा उच्च रक्तचापको समस्या रहेको र २० वर्ष अगाडी क्षयरोगको औषधि १८ महिना सेवन गरेको बताएका छन् । उनका अनुसार अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरो आएपछि भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको ७ गते रिपोर्ट पोजेटिभ आएको र उनलाई प्रतिष्ठानको कोभिड १९ उपचार केन्द«मा सरिएको उनलाई थ
काठमाडौ २०७७ भदौ ११ बिहीबार १६:२२:०० प्रकाशित/ आज थप ११ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ जना पुगेको छ । नेपालमा मृतकको संख्या १८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५सय ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ७३ जना रहेका छन् । बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१&nbs
धरान । सुनसरीमा बिहिबार ३१ जना कोरोना संक्रमित थपिए संगै ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा अहिले सम्म २ सय २३ जना कोरोना संक्रमित निको भएका छन् भने ३ सय १३ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार बिहिबार धरान उपमहानगरपालिकामा १ जना पुरुष, १ जना महिला गरी २ जना, बर्जू गाउँपालिकामा ३ जना पुरुष, रामधुनी नगरपालिकामा २, इनरुवा नगरपालिकामा १ जना, गढी गाउँपालिकामा २ जना पुरुष, २ जना महिला गरी ४ जना, दुहबी नगरपालिकामा ७ जना पुरुष, ३ जना महिला सहित १० जना, इटहरी उपमहानगरपालिकामा १ जना महिला र ८ जना पुरुष गर
दुहबी । सुनसरीको दुहवी नगरपालिकामा थप ११ जनामा कोरोना ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । दुहवी नगरपालिका वडा नं। १ का १ पुरुष ४२ वर्षिय , वडा नं। ४ का ३ पुरुष २४, २६, ४१ वर्षिय र २ महिला १८, ३८ वर्षिय, वडा नं। ५ का १ पुरुष २० वर्षिय, वडा नं। ६ का १ पुरुष ३० वर्षिय र २ महिला १४, ४० वर्षिय रहेको त्यसै गरी दुहवी सशस्त्र प्रहरी गणका १ जना ३० वर्षिय रहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाकी फोकल पर्सन पिंकी भगतले बताए । हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको भगतले बताइन । भदौ ७ गते सुनसरीको दुहबी नगरपालिकामा १०१ जनाको स्वाब सन्कलन गरिएकोमा दुहबिमा कार्यरत एक पत्रकारमा पनि कोरोना पोजेटिभ द
धरान । कोरोना संक्रमितको सम्पर्कमा आएका स्टाफ नर्सहरुको सुरक्षाको लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै २ दिन देखि आन्दोलनमा रहेका स्टाफ नर्सको माग सम्बोधन गर्न समिती गठन गरिएको छ ।१६ बुदे माग सहित आन्दोलनमा रहेका स्टाफ नर्सको समस्या समाधान गर्न प्रतिष्ठानका निर्देशक प्रा।डा। गौरी शंकर शाहको संयोजकत्वमा ५ सदस्यीय समस्या समाधान समिती बनेको हो । आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग बुधबार बिहान प्रतिष्ठानका पदाधिकारीहरुसँग वार्ता भएको थियो । प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार समितिमा कर्मचारी प्रशासनका उमेश कोइराला, मेट्रोन उपेन्द्र यादव रहेक
धरान । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि सुनसरीमा बुधबार बिहान सम्ममा ५ सय ८ जना कोरोना संक्रमित पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीमा आज २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीको धरानका १ जना, इटहरीका १४ जना, इनरुवाका ४ जना, बर्जू गाउँपालिकाका ३ जना र दुहबीका १ जना गरी ८ महिला र १५ पुरुष गरी जम्मा २३ जना नयाँ कोरोना संक्रमित थपिएको कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।
बिराटनगर बिराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै बिराटनगरमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । बिराटनगर ११ की ४४ वर्षीय महिलाको कोरोना संक्रमण बाट विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबारराति ८ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि संक्रमित महिलालाई मंगलबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए । मृतकलाई कोही दिन देखि ज्वरो आउने र उनिमा निमोनियाको