दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स्मृति पोलिटेक्निक प्राविधिक विश्वविद्यालयमा दुहबी नगरपालिका वडा नम्बर १२ बुग्डहरी स्थित रहेको केशलिया ईग्लिस बोडिङ स्कुलका अध्यनरत कक्षा ७र८का बिधार्थीहरुको पठनपाठन बिषय अन्तरगत एकदिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ। भ्रमणबाट विद्यार्थीले थप ज्ञान आर्जन गर्न सक्छन् भन्ने उद्देश्यले प्राविधिक विश्विविधालयको अवलोकन भ्रमण कार्यक्रम आयोजना गरेको हो ।पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा अवलोकन बाट पाएको ज्ञान भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द मिलने बिधार्थिहरुले  
इटहरी/ जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा नगरपालिका १० स्थित ऐतिहासिक, धार्मिक पर्यटकीय क्षत्रे मार्गपोखरीसँगै रहेको दुर्गा पाञ्चायन मन्दिर परिसरमा शिबगंगा महाआरतीको आयोजना गरिएको छ । दुर्गा पाञ्चायन मन्दिरको १७ औं वार्षिक उत्सवको अवसरमा दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिको आयोजनामा जेष्ठ २१ गते बुधबार साँझ बिषेश शिबगंगा महाआरती सम्पन्न गरिएको हो । धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सो मन्दिरका निर्माता र मन्दिरसँगै रहेको जैविक विविधताले भरिएको ऐतिहासिक मार्गपोखरीका संरक्षक बद्रीप्रसाद सुवेदी(बीपी शास्त्री)को प्रमुख उपस्थितीमा इटहरीको बुढी गंगा जमुनामुक्ति घाटमा विगत चार
खोटाङ/ किरातकालीन प्रथम राजा यलम्बरको ११० फिट अग्लो पूर्णकदको भव्य प्रतिमासहितको 'यलम्बर पार्क' खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुइपास्थित पञ्चदोबाटोमा निर्माण सम्पन्न भएको छ। करिब १४ करोड रुपैयाँ लागतमा कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा बनाइएको यो पार्क उद्घाटन नहुँदा एक महिनादेखि बन्द अवस्थामा छ। ३० रोपनी सरकारी जमिनमा फैलिएको पार्कमा ‘फाइबर प्रविधि’बाट यलम्बरको विशाल प्रतिमा राखिएको छ। यलम्बरको यो प्रतिमा हालसम्मकै विश्वकै अग्लो भएको दाबी नगरपालिकाले गरेको छ। पार्कभित्र विश्राम स्थल, निःशुल्क वाइफाइ, कफी तथा फास्टफुड सेवा, घुमफिर क्षेत्र जस्त
धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भई फरार रहेका खगेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, विराटनगरस्थित गोदाममा मौज्दात रासायनिक मल हिनामिनामा संलग्न रहेको आरोपमा विशेष अदालत काठमाडौंले लागत नम्बर ०७६–CR–०१४९ अनुसार २०७९ साल भदौ २८ गते बस्नेतलाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद र ९ लाख २८ हजार ६ सय ७५ रुपैयाँ जरिवाना तोकेको थियो।फैसला पश्चात् फरार रहेका बस्नेतलाई खोजतलासको क्रममा २०७९ जेठ २५ गते बिहान ७:३० बजे इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको ने
काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि नेपाल सरकारले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउँदै सघन पूर्वतयारी अघि बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतमा देखिएको तीव्र संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गर्दै विगत दुई सातादेखि मन्त्रालयले तयारीका कामलाई प्राथमिकताका साथ अगाडि बढाएको हो। “छिमेकी भारतमा संक्रमण बढेपछि १५ दिनभित्र त्यसको असर नेपालमा देखिने विगतका अनुभव छन्,” प्रवक्ता डा. बुढाथोकीले भने, “त्यसैले हामी पहिल्यैदेखि तयारीमा जुटेका छौं।” १७ स्थल नाका र ३
धरान/ युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र उनीहरूका सिर्जनात्मक सोच तथा आइडिया आदानप्रदान गर्ने उद्देश्यले फेसबुक पेज ‘धरान वज’ले शनिबार ओपन माइक कविता वाचन कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम धरानको बगैचा चोकस्थित चिया हवमा आयोजना गरिएको थियो, जहाँ मुख्यतः कलेज विद्यार्थी र टिनएजरहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा २० जना युवाहरूले आफ्ना मौलिक कविताहरू वाचन गरेका थिए। ‘इ–स्पोर्ट्स’ प्रतियोगितापछि धरान वजले आयोजना गरेको यो दोस्रो सार्वजनिक कार्यक्रम हो। युवाहरूको क्षमता उजागर गर्ने उद्देश्यले कार्यक्रम गरिएको धरान वजका एडमिन किसन तामाङले
झापा/ मेचीनगर नगरपालिकाका विभिन्न वडामा पशुहरूमा संक्रामक रोग ‘लम्पी स्किन’ र ‘अफ्रिकन स्वाइन फ्लू’ को संक्रमण देखिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार वडा नं. २, ३, ७, ८, ९ र १४ का घरपालुवा गाई र बाच्छीहरूमा लम्पी स्किन र वडा नं. ६ मा रहेको एक बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फ्लूको संक्रमण पुष्टि भएको हो। “लम्पी स्किन र स्वाइन फ्लूको संक्रमण पुष्टि भइसकेको छ,” अधिकृत अधिकारीले बताए, “संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पशु सेवा शाखाबाट सात जना प्राविधिक कर्मचारी परिचालन गरिएको छ।” उनले प्रदेश तथा सङ्घीय स
धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित अमहा सामुदायिक वन क्षेत्रमा लागू औषध गाँजासहित एक युवक पक्राउ परेका छन्। शनिबार राति १० बजेतिर प्रहरी चौकीबाट प्राप्त विशेष सूचनाका आधारमा धरान–कालाबञ्जार मार्ग अन्तर्गतको वन क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको थियो। चेकजाँचका क्रममा प्रदेश १–०२–०५१ प ४८३ नम्बरको मोटरसाइकलमा आएका दुई जना व्यक्ति प्रहरीले देख्नासाथ जंगलतर्फ भागेका थिए। घटनास्थलमा मोटरसाइकल छाडेर भागेकामध्ये धनकुटा नगरपालिका–९ बस्ने २१ वर्षीय लक्ष्मण मेरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिको बयानका आधारमा जंगल क्षेत्रमा खोजतलास
धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टलाई शनिबार अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ। उक्त कार्यक्रम धरान–३, सदन रोडस्थित कार्यालयमा सम्पन्न गरिएको हो। कार्यक्रमको सहजीकरण प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले गरेका थिए। उनले सहभागीहरूलाई प्रभावकारी सार्वजनिक वक्तृत्वका विविध पक्षहरूमा प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षणमा माइक्रोफोनको उचित प्रयोग, शारीरिक प्रस्तुतिको ढंग, हाउभाउ, भाषणको गति र शैली, आवाजको उतारचढाव, तथा तयारीका क्रममा आधिकारिक स्रोतको प्रयोग लगायतका विषय समेटिएको थियो। आयोजक संस्थाका अनुसार अभिमुखिकरणको उद्देश्
धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा खुला व्यायामशाला निर्माण गरी उद्घाटन गरिएको छ। धरान १८ नम्बर वडाको विशेष सहयोगमा निर्माण गरिएको सो व्यायामशालाको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र कार्यक्रमका सभाध्यक्ष तथा डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमरबहादुर लिम्बूले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे। कार्यक्रममा वडाध्यक्ष राई र डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले व्यायामशाला प्रयोग गरेर देखाएका थिए। करिब साढे सात लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको व्या