डिपो स्कुलमा खुला व्यायामशाला निर्माण, धरानको विद्यालयस्तरमै पहिलो पहल बिकास चाम्लिङ राई

  • जेठ २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा खुला व्यायामशाला निर्माण गरी उद्घाटन गरिएको छ।

धरान १८ नम्बर वडाको विशेष सहयोगमा निर्माण गरिएको सो व्यायामशालाको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र कार्यक्रमका सभाध्यक्ष तथा डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमरबहादुर लिम्बूले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे।

कार्यक्रममा वडाध्यक्ष राई र डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले व्यायामशाला प्रयोग गरेर देखाएका थिए।

करिब साढे सात लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको व्यायामशालाका लागि वडा कार्यालयबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको र बाँकी रकम विद्यालयले बेहोरेको स्कुल प्रमुख राजकुमार राईले जानकारी दिए।

विद्यालयका अध्यक्ष अमरबहादुर लिम्बूका अनुसार, विद्यार्थीको मानसिक र शारीरिक विकासलाई सँगसँगै अघि बढाउन खुला व्यायामशाला निर्माण गरिएको हो।

उनका अनुसार डिपो स्कुलले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको छ।

वडाध्यक्ष राईका अनुसार, धरान उपमहानगरपालिकाभित्रको विद्यालयस्तरमा निर्माण गरिएको यो सम्भवत: पहिलो खुला व्यायामशाला हो।

हालसम्म धरानका ६ वटा वडामा खुला व्यायामशाला निर्माण भइसकेको र डिपो स्कुलसहित संख्या ७ पुगेको जानकारी उनले दिए।

डिपो स्कुलका पूर्वविद्यार्थीसमेत रहेका वडाध्यक्ष राईले आफू पढेको स्कुलमा व्यायामशाला निर्माण गर्न पाउँदा खुसी व्यक्त गरे।

डिपो स्कुलको इतिहास

हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रभित्र अवस्थित डिपो स्कुल सन् १९६३ मा स्थापना गरिएको हो। ब्रिटिस गोर्खा सैनिकका छोराछोरीले गुणस्तरीय शिक्षा पाउन भन्ने उद्देश्यले स्कुल स्थापना गरिएको थियो।

साढे १३ विघा क्षेत्रफलमा फैलिएको डिपो स्कुल पूर्व ब्रिटिस गोर्खा सैनिकहरूले सञ्चालन गर्दै आएको गुठी संस्थामार्फत सञ्चालित छ।

उद्घाटन कार्यक्रममा डिपो स्कुल गुठी अध्यक्ष भीमराज लिम्बू, व्यवस्थापन समिति सदस्यहरू हर्कराज राई, खड्क लिम्बू, सूर्यपन्धाक लिम्बू, इन्द्ररानी लिम्बू लगायतको उपस्थिति रहेको थियो।

1749208266792 1749205534099

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved