एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टलाई धरानमा अभिमुखिकरण

  • जेठ २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टलाई शनिबार अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ। उक्त कार्यक्रम धरान–३, सदन रोडस्थित कार्यालयमा सम्पन्न गरिएको हो।

कार्यक्रमको सहजीकरण प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले गरेका थिए। उनले सहभागीहरूलाई प्रभावकारी सार्वजनिक वक्तृत्वका विविध पक्षहरूमा प्रशिक्षण प्रदान गरेका थिए।

प्रशिक्षणमा माइक्रोफोनको उचित प्रयोग, शारीरिक प्रस्तुतिको ढंग, हाउभाउ, भाषणको गति र शैली, आवाजको उतारचढाव, तथा तयारीका क्रममा आधिकारिक स्रोतको प्रयोग लगायतका विषय समेटिएको थियो।

आयोजक संस्थाका अनुसार अभिमुखिकरणको उद्देश्य फाइनल प्रस्तुति अझ धारिलो, प्रभावशाली र मौलिक बनाउनु रहेको छ।

फाइनलिस्ट सहभागी जिज्ञासा भट्टराईले पहिलो अडिसनदेखि फाइनलसम्मको यात्रामा धेरै कुरा सिक्न पाएको अनुभव सुनाइन्। अर्की सहभागी सन्जिना राईले अभिमुखिकरणपछि आत्मविश्वास उल्लेखनीय रूपमा बढेको बताइन्।

त्यस्तै, निशान विश्वकर्मा र शुभम पोखरेलले प्रशिक्षण कार्यक्रमबाट सकारात्मक सिकाइ र अनुभव प्राप्त भएको प्रतिक्रिया दिएका छन्।Messenger_creation_9B26EF19-7B5B-4918-B67C-01C989890650

Spikes

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved