धरान–कालाबञ्जार खण्डमा लागू औषध गाँजासहित एक जना पक्राउ

  • जेठ २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित अमहा सामुदायिक वन क्षेत्रमा लागू औषध गाँजासहित एक युवक पक्राउ परेका छन्।

शनिबार राति १० बजेतिर प्रहरी चौकीबाट प्राप्त विशेष सूचनाका आधारमा धरान–कालाबञ्जार मार्ग अन्तर्गतको वन क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको थियो।

चेकजाँचका क्रममा प्रदेश १–०२–०५१ प ४८३ नम्बरको मोटरसाइकलमा आएका दुई जना व्यक्ति प्रहरीले देख्नासाथ जंगलतर्फ भागेका थिए। घटनास्थलमा मोटरसाइकल छाडेर भागेकामध्ये धनकुटा नगरपालिका–९ बस्ने २१ वर्षीय लक्ष्मण मेरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिको बयानका आधारमा जंगल क्षेत्रमा खोजतलास गर्दा कालो रङको झोलामा १८ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। ती पोखाहरूमा जम्मा १९ किलो गाँजा रहेको प्रारम्भिक जानकारी छ।

गाँजा र प्रयोग गरिएको मोटरसाइकलसहित पक्राउ परेका लक्ष्मणलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भने, फरार रहेका अर्का व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved