धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले आ आफ्नो ढंगले मनाउने प्रचलन छ । तर पछिल्लो समय जन्म दिन साथीभाईसँग होटलमा जमघट गर्ने केक काटिसकेपछि मदिरासहितको पार्टी गने लगायतका फजुल खर्च गरेर मनाउने प्रचलन छ । विकृतिका बीचमा कसैले भने जन्मदिनमा अनाथ आश्रममा खाना खुवाउने, गरिब असहायलाई सहयोग गरेर मनाउने पनि प्रचलन विस्तारै विकसित हुदै गएको पाइन्छ । तर धरानका एक पत्रकार, साहित्यकारले भने जन्म दिनका दिनमा कविता वाचन गरेर फरक ढंगबाट जन्म दिन मनाइएको छ । जन्म दिन मनाउने आ–आफनो तौरतरिकाबाट फरक उभिएर धरानका पत्रकार एवम् साहित्यकार जनकऋषि राईले आफूसँगै अन्य कवि तथा कवियत्रीलाई सहभागी
धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचोकमा डेरा गरी बस्दै आएका एक युवकको कोठाबाट ठूलो परिमाणमा लागुऔषध फेला परेको छ। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको संयुक्त प्रहरी टोलीले १९ वर्षीय सुदीप उर्फ मुन्सन राईको कोठामा खानतलासी गर्दा लागुऔषध लुकाइ राखिएको अवस्थामा फेला पारेको हो। धरान–५ देउरालीचोक घर भई हाल कला खत्रीको घरमा डेरा गरी बस्ने राईको कोठाबाट झोलामा लुकाइ राखिएको अवस्थामा ट्रामाडोल ८ हजार ८७६ क्याप्सुल, मिफेनिक स्पास ७ हजार ८९० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट, स्पारेष्ट २९५ ट्याब्लेट र कोलिवन ३१२ ट्याब्लेट बरामद गरिएको प्रहरीले
धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि वजेट ल्याइरहँदा धरान उमपहानगरपालिकाले भने नयाँ बजेट ल्याउन सकेन । मेयर हर्कराज राई र उप मेयर आइन्द्र विक्रम वेघावीचको विवाद नै तोकिएको समय सीमामा बजेट आउन नसकेको हो ।नयाँ वजेट कहिले आउने हो अनिश्चित बनेको छ । धरान उपमहानगरको नयाँ आर्थिक वर्षको बजेट समयसीमामा ल्याउन नसक्दा जनप्रतिनिधी नै असफल भएका छन। राजस्व परामर्श समितिको वैशाख ३० गते भएको बैठकले प्रतिवेदन तयार पारेर वैशाख ३१ मा मेयर साम्पाङलाई बुझाइसकेको छ भने उक्त समितिले धरानमा १ अर्ब ६० करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउन सकिने अनुमान गरेको थियो । यता बजेट तर्जुमा
धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन शल्यक्रिया गरी कृत्रिम घुँडा प्रत्यारोपण गर्ने कार्य सफल भएको छ ।चिकित्सकीय भाषामा ‘पूर्ण रूपमा घुँडा प्रतिस्थापन’ (टोटल निई रिप्लेसमेन्ट) भनिन्छ । मोरङको सुन्दरहरैँचा–९, मदरसा टोलकी ७१ वर्षीया हदिसा खातुनको देब्रे घुँडाको शल्यक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न गरिएको विजयपुर हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले जनाए । वरिष्ठ हाडजोर्नी, स्पाइन तथा निई रिप्लेसमेन्ट विशेषज्ञ डा. जनक दास कथवनियाको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो ।खातुन लामो समययता दुवै घुँडा दुख्ने तथा टेक्न नहुने समस्याबाट पीडित थिइन्
विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी पढने विद्यार्थीहरुले चार प्रकारका आर्युृबैदिक औषधी उत्पादन गरेका छन । विश्वविद्यालयको स्कुलअफ मेडिसिनतर्फ फार्मेसी साईन्स (औषधी विज्ञान) मा स्नातक अध्यनरत विद्यार्थीहरुको समुहले आफनै प्रदेशको जडिबुटी अनुसन्धान गरेर चार प्रकारका आर्युबैदिक औषधी उत्पादन गरेका हुन । भारतको पतन्जली आर्युबेद प्रतिष्ठानबाट अनुसन्धानमा सहयोग गर्न आएका डा सुनिलकुमार शुक्लाको नेतृत्वमा फार्मेसी विज्ञानमा अध्यनरत विद्यार्थीको समुहले आफनै प्रयोगशालामा अनुसन्धान गरेर भिक्स , बाम , सन्चो जस्तै चार प्रकारका गुणस्तरिय औषधी उत्पादन गरेका हुन । आफन
बराहक्षेत्र / ‘भात नपकाएको’ भन्दै सुरु भएको सामान्य भनाभन ज्यानै जाने घटनामा परिणत भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मुसहरी टोलमा घरेलु विवादका कारण २४ वर्षीया ढलिसदा मुसहरको ज्यान गएको हो । श्रीमान् सोनिया मुसहरको कुटपिटबाट गम्भीर घाइते भएकी ढलिसदाको उपचारको मौका नपाउँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार शनिवार राति मदिरा सेवन गरेर घर फर्किएका ३० वर्षीय सोनियाले घरमा खाना तयार नभएको भन्दै पत्नीमाथि आक्रोश पोख्दै निर्घात कुटपिट गरेका थिए । अत्यन्त कमजोर अवस्थामा रहेकी ढलिसदालाई उपचारका लाग
धरान/ धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाको दृष्टिकोणले सम्बेदनशील वडा भएको भन्दै वडाबासीहरुले प्रहरी चौकी निर्माणको माग गरे अनुरुप दुई बर्ष अगाडि बढेको कार्यपालिका बैठकले धरान १६ नौलो बस्तीमा चौकी बनाउने निर्णय गरेको थियो । सोही अनुरुप केही बजेट निकासा गरेर काम समेत शुरु गरिएको थियो । तर अहिले आएर मेयर हर्कराज राईले सो ठाउँमा निर्माणाधीन प्रहरी चौकीमा अवरोध गरेपछि स्थानीयहरु आक्रोशित बन्दै प्रहरी चौकी निर्माण रोक्न नहुने बताउदै आएका छन् ।स्थानीयको माग अनुरुप २०८० जेष्ठ १८ गते बसेको कार्यपालिका बैठकले धरान १६ नौलो बस्तीमा प्रहरी चौकी निर्माण गर्ने निर्णयसँगै निर्माणको काम शुरु भए
सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–८ मा सर्पले टोकेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मोहमद कासिमकी छोरी नविजन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार नविजन आफ्नै घरको आँगनमा खेल्दै गर्दा दाहिने खुट्टाको घुँडामुनि सर्पले टोकेको थियो। कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भइसकेको छैन। सर्पदंशपछि घाइते बालिकालाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो ३:४० बजे नविजनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइ
धरान/ विश्व संगीत दिवसको अवसरमा शनिबार धरानको भानुचोकमा बिविध कार्यक्रमको आयोजना गरी संगीत दिवस उत्साहपूर्वक मनाइएको छ। धरान संगीत प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धरानको साहित्य, गीत र संगीतको उन्नयनका लागि प्रदेश सरकारको निरन्तर साथ रहने बताए। ‘धरानको कला, साहित्य र संगीत प्रदेशको गौरव हो, आगामी दिनमा यसको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ,’ मन्त्री राईले भने। उनले प्रतिष्ठानको भवन निर्माणका लागि समयमै प्रस्ताव आए आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर सहयोग गर्ने प्रतिबद्धत
धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार सम्पन्न ‘एसईई आइडल’को पाँचौँ संस्करणमा तीन विधामा उत्कृष्ट प्रतिभाहरूले उपाधि चुमेका छन् । धरानमा आयोजना गरिएको प्रतियोगितामा सिङ्गिङ (गायन) मा खिना राना मगर, डान्सिङ (नृत्य) मा रोहन दर्नाल र वक्तृत्वकलामा मिसु प्रधान विजेता घोषित भएका हुन् । विजेताहरूले नगद पुरस्कारसँगै कक्षा ११ र १२ सम्मको निःशुल्क छात्रवृत्ति, सिक्किम वा मुस्ताङ भ्रमण र बारिस्टा तालिम जस्ता अवसर प्राप्त गरेका छन् । गायन र नृत्यतर्फका विजेताहरूले जनही ५० हजार रुपैयाँ नगद र वक्तृत्वतर्फका विजेताले ६० हजार रुपैयाँ नगद प्राप्त गरे । २०७५ सालदेखि सुरु भएको सो