काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) भित्र शिक्षकलाई तलब उपलब्ध नगराउने पालिकालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै दशैं–तिहारको बेला शिक्षकहरूले तलब नपाएको गुनासो बढिरहेका कारण तत्काल समाधान गर्न सम्बन्धित विद्यालयहरूलाई पनि निर्देशन दिएका हुन्। उनका अनुसार शिक्षा मन्त्रालयले तलब रकम पहिले नै विद्यालयमा पठाइसकेकाले शिक्षकहरूलाई समयमै पारिश्रमिक उपलब्ध गराउन कुनै अवरोध छैन। ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवस
लहान/ लहान नगरपालिका–१४ बस्तीपुरको एउटा छानो, जहाँबाट पानी चुहिरहेको छ। झुप्रोको कुना–कुना चिसिएको छ, तर त्योभन्दा चिसो बनेको छ सीता पासवानको मन। असोज २ गते, श्रीमान् बद्री पासवानको निधनसँगै सीताको जीवनमा आँधी हुरी चलेको छ। श्रीमान् गुमाइसकेपछि तीन नाबालक छोराको जिम्मेवारी सीताको काँधमा आइपुगेको छ । भोकसँगको सङ्घर्ष र भविष्यप्रतिको अनिश्चितता एकै पटक आइपरेको छ।‘तेह्र दिनको किरिया कर्म गर्नुपर्छ, अझै केही दिन बाँकी छ । भरदिन मजदुरी नगरे बेलुका मुखमा माड लाग्दैन। कसरी बालबच्चालाई खुवाउने भन्ने चिन्ता छ’, आँखाभरि आँसुले बोल्न अवरोध गरिरँदा पनि उनले हामीसँग भनिन
धरान/ विजयादशीको नौरथा शुरु हुनासाथ धरानका मठमन्दिरमा देखिने चहलपहल विगत केही वर्षयता हराउँदै गएको छ । विगतमा युवा–युवतीदेखि बालबालिकासम्म विहानै मठमन्दिर पुग्ने गरेका थिए भने अहिले यो प्रचलन लगभग हराएको देखिन्छ । धरान १४ विजयपुरका मठमन्दिरहरु नौरथा सुरु भएलगत्तै अत्याधिक चलायमान हुने गर्थे । विहान ३ बजेदेखि नै दर्शनार्थीहरुको भीड लाग्ने गर्दथ्यो । विशेष गरी दन्तकाली शक्तिपीठमा नौरथाको समयमा निकै भीड हुने गथ्र्यो । तर यस वर्ष नौरथामा मठमन्दिर पुगेका युवायुवती तथा बालबालिकाको उपस्थिति नगन्य मात्र देखिएको छ । समाजसेवी धर्मप्रेमीका अनुसार २०७२ सालको भूकम्प, त्यसपछिको कोभिड&nd
सुनसरी/ नवरात्रको तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्। भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ। विधिपूर्वक उनको आराधना गर्नाले सबै किसिमका बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ। नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूज
इलाम/ माइजोगमाई ५ सिरिसेका जीवन बुढाथोकीले कृषि ज्ञान केन्द्रको दश लाख अनुदान सहयोगमा शीत भण्डार गृह (कुल बुट) बनाए । आफ्नो बुढाथोकी कृषि तथा पशुपंक्षि फर्मको तीन लाख ३४ हजार थप लगानी गरेर बनाएको कुल बुट सञ्चालन गरी किवी भण्डार गर्ने उनको योजना रहेको थियो । २०७९ चैत्रमा कुल बुट बनाएका उनले आफ्नो बारीमा उत्पादन भएको किवी र अन्य गाउँको समेत भेला गरेर कुल बुटमा राखे । तर लाखौँ लगानीमा बनाएको कुल बुट मा मेसिनले चिसो हावा फाल्नुको साटो तातो हावा फाल्न थाल्यो । भण्डारण गरी राखिएको किवी बिग्रियो । किवी फल बिग्रन थालेपछि कोसेलीको रूपमा बाँडेर सकिएको फर्मकी रुपा बुढाथोकी बताउँछिन् । आफ्नो बारीम
धरान/संविधान दिवसको अवसरमा सर्वपक्षीय समन्वय समितिको आयोजनामा धरानमा आज भव्य ¥याली तथा कोणसभा सम्पन्न भयो। धरान–२ छाताचोकबाट सुरु भएको ¥याली ‘संविधानको रक्षा गरौँ’ नारासहित भानुचोकमा पुगेर कोणसभामा परिणत भएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, महिला प्रतिनिधि, विद्यार्थी, नागरिक समाजका अगुवासहित ठूलो जनसमुदायको उपस्थिति रहेको थियो। सहभागीहरूले संविधानको संरक्षण र अराजक गतिविधिको विरोधमा ऐक्यबद्धता जनाए। कोणसभामा विद्यार्थी नेता रविन्द्र श्रेष्ठले धरानमा भदौ २४ पछि भएका तोडफोड र आगजनीप्रति चिन्ता व्यक्त गर्दै मेयर हर्कराज राईमाथि नै जिम्म
खोटाङ/ खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ । सहकारीको काम सकेर सोमबार साँझ घर फर्कंदै गरेकी रेस्मिकामाथि ५–६ जनाको समूहले आक्रमण गरी सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । खोटाङ प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीका अनुसार घटनामा संलग्न भएको आरोपमा रेस्मिकाका छिमेकी २९ वर्षीय दीपक सार्कीलाई पक्राउ गरिएको छ । सार्की मुख्य अभियुक्त रहेको प्रहरीको प्रारम्भिक बुझाइ छ ।प्रारम्भिक अनुसन्धानका क्रममा उनले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको भनेर प्रहरीलाई नाम टिपाएका छन् । बाँकी फर
धरान/ हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ ले यस वर्ष खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। विगतमा नगर र जिल्ला स्तरीय स्तरमा आयोजना गर्दै आएको स्कुलले यस पटक दायरा फराकिलो बनाउँदै खुल्ला रूपमा प्रतियोगिता गर्ने घोषणा गरेको हो। पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै स्कुलका सल्लाहकार पवन झा ले विद्यार्थीको बौद्धिक क्षमताको विकासलाई मुख्य लक्ष्य राखिएको बताए। उनका अनुसार २०७९ सालदेखि सुरु भएको ‘हिबिस्कस क्विज मेनिया’ यस पटक १ सय ५० भन्दा बढी विद्यालय सहभागी हुने अनुमान गरिएको छ। कार्यक्रम संयोजक सुवास मोक्तानले पहिलो चरणमा १ सय प्रश्न रह
धरान/ भारतको कालेम्पोङमा सम्पन्न चौथो इन्डो–नेपाल कराते च्याम्पियनसिप २०२५ मा पदक विजेता बनेका आफ्ना विद्यार्थीलाई धरान–१२ स्थित सुनाखरी एकेडेमीले मंगलबार सम्मान गरेको छ। सुनाखरीकी छात्रा वर्षा राईले प्रतियोगितामा दुई स्वर्ण पदक जित्दै बेस्ट फाइटर उपाधि हात पारिन्। त्यस्तै, चारु राईले एक स्वर्ण, र देम्चुङ तामाङले एक कास्य पदक प्राप्त गरे। उनीहरुलाई विद्यालयका निर्देशक प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई र प्लस–टु को–अर्डिनेटर तपकुमार राईले अबिर र खदा लगाएर सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै प्रिन्सिपल राईले देश–विदेशका प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने वि
कोशीपत्र संवाददाताधरान । जेन्जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा भएका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीविरुद्ध दैनिक जसो उजुरी गर्ने क्रम बढ्दै गएको छ । गत सोमबार नेकपा एमाले धरानले कार्यालय तोडफोड गर्नेहरुका विरुद्ध किटानी जाहेरी दिएको थियो भने मंगलबार पनि धरानका होटल व्यवसायी तथा पुर्व मेयर मनोज कुमार मेन्याङ्बोले पनि तोडफोडमा संलग्न देखिएका विरुद्ध किटानी जाहेरी दिएका छन् । धरानमा गठन भएको सर्वपक्षीय नागरिक बचाउ अभिायन, राजनैतिक दलका नेता, पुर्व एवं वर्तमान जनप्रतिनिधिहरुसहितको उपस्थितिमा मेन्याङ्बोले प्रहरीमा जाहेरी दिएका हुन् । होटलमा आक्रमण गर्न आएकाहरु मध्ये विभिन्