तलब नख्वाउने पालिकालाईलाई कडा कारबाही गर्नेमन्त्री पुनको चेतावनी

  • असोज ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) भित्र शिक्षकलाई तलब उपलब्ध नगराउने पालिकालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै दशैं–तिहारको बेला शिक्षकहरूले तलब नपाएको गुनासो बढिरहेका कारण तत्काल समाधान गर्न सम्बन्धित विद्यालयहरूलाई पनि निर्देशन दिएका हुन्।

उनका अनुसार शिक्षा मन्त्रालयले तलब रकम पहिले नै विद्यालयमा पठाइसकेकाले शिक्षकहरूलाई समयमै पारिश्रमिक उपलब्ध गराउन कुनै अवरोध छैन।

‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरुको गुनासो आएको छ।

शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ’, पुनले भने ।

दशैं-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर पनि गुनासो आएको उनले बताए । ‘

पुनले स्पष्ट रूपमा भनेका छन् — “भोलिसम्म कुनै नाजायज वा अन्यायपूर्ण ढंगले तलब नपाएको खण्डमा सम्बन्धित पालिकालाई लाई नियमानुसार कारबाही गरिनेछ।”

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved