शिक्षा

    Showing ३७१-३८० of १,९२४ items.
  • प्लास्टिकको झोलाभित्र र बरन्डामा फालिएका दुई नवजात शिशु जीवितै उद्धार

    धरान/सुनसरी र झापाका दुई ठाउँमा फालिएका नवजात शिशुहरू जीवितै फेला परेका छन् । समयमै उद्धार भएपछि दुवै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुनसरीको कोशी गाउँपालिका–८, शर्मा टोलमा शनिबार राति करिब ९ बजे एक नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा स्थानीय विजय कुमार खत्वेले फेला पारेका थिए । खत्वेले बच्चा रोएको आवाज सुनेर नजिक पुगेका थिए । घटनास्थलमा पुग्नेबित्तिकै उनले तत्काल इलाका प्रहरी कार्यालय भन्टावारीलाई जानकारी गराए । समाचार पाउँदासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोली स्थानीयको सहयोगमा पुगेको थियो । टोलीले शि

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • १,०५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुद्धशान्तीमा बेवारिसे नवजात शिशु जीवितै फेला

    झापा/झापाको बुद्धशान्ती गाउँपालिका–७ सुनमाईस्थित एक घरको बरन्डामा अन्दाजी ४–५ दिनकी बेवारिसे नवजात शिशु जीवितै फेला परेकी छन्। स्थानीय ओमप्रकाश तुमीहाङ लिम्बुले शनिबार बिहान घरको बरन्डामा शिशु रोइरहेको आवाज सुनेपछि हेर्दा जीवितै नवजात शिशु देखे र तुरुन्तै इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराए। प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासी, भद्रभलादमी र जनप्रतिनिधिको उपस्थितिमा शिशुलाई उद्धार गरी तत्काल प्रदेशीय अस्पताल भद्रपुर पठाएको थियो। अस्पतालका चिकित्सकका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हाल उद्धार गरिएको शिशु अस्पतालको संरक्षणमा रहेको छ भने, कसले शिशुलाई

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ६२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘एसईई आइडल सिजन–६’ को तयारी, विजेतालाई एक लाख नगदसहित पूर्ण छात्रवृत्तिको आकर्षक अवसर

    धरान/ कोशी प्रदेशकै चर्चित र प्रतिष्ठित प्रतिभा प्रतियोगिता ‘एसईई आइडल’ सिजन–६ को तयारी धरानमा आजबाट सुरु भएकाे छ । ‘शिक्षाका लागि संगीत’ भन्ने मूल नाराका साथ  २०७५ सालदेखि नियमित रूपमा आयोजना हुँदै आएको यो प्रतियोगिताले प्रदेशभरिका विद्यार्थीको प्रतिभा पहिचानमा उल्लेखनीय भूमिका खेल्दै आएको छ।फक्ताङलुङ मिडिया हाउस प्रालीद्वारा आयोजना गरिने यो प्रतियोगिता संगीत, नृत्य र वाककलामा रुचि राख्ने एसईई परीक्षार्थीहरूका लागि आकर्षक मञ्चको रूपमा स्थापित हुँदै आएको छ। मिडिया हाउसका अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार, “यी तीनवटा प्रतियोगितात्मक क

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ८८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट मेडिकलमा रगतको अभाव : बिरामी र आफन्त हैरान, रक्तदानका लागि अपिल

    विराटनगर/  मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल मा पछिल्ला केही दिनदेखि रगतको गम्भीर अभाव देखिएको छ। तत्काल रगत आवश्यक परेका बिरामीलाई समेत समयमै रगत उपलब्ध नहुँदा उपचारमा समस्या उत्पन्न भएको छ। विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहाल का अनुसार दशैंपछिदेखि सबै समूहका रगतको अभाव देखिएको हो। सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा न केवल विराट मेडिकल, तर विराटनगरका अन्य अस्पतालहरूमा पनि रगत आपूर्तिमा संकट आएको छ। विराटनगरमा सुविधा सम्पन्न अस्पतालहरू भएकाले टाढा–टाढाबाट बिरामी आउने र माग उच्

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ६२१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चारआलीका चिकित्सक दिलीप यादव जबरजस्ती करणी आरोपमा पक्राउ

    झापा/झापाको मेचीनगर नगरपालिका–१३, चारआलीस्थित मनकामना अस्पताल प्रा.लि.का सञ्चालक चिकित्सक दिलीपकुमार यादव जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार ४७ वर्षीय यादवले २७ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार यादवविरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ र घटनासम्बन्धी थप प्रमाण संकलन कार्य जारी छ। स्थानीयवासीका भनाइअनुसार यादवविरुद्ध यसअघि पनि सेवाग्राहीप्रति असहज र अनुचित व्यवहार गरेको गुनासो आइरहेको थ

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ६९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल पहिलो, मोडर्न प्रिपेरेटोरीका खुशी र शिल्पाले जिते स्वर्ण

    धरान/  बंगलादेशको जसोर युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा सम्पन्न BKO Cup 2025 – 6th International Open Karate Championship मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। अक्टोबर ९ देखि ११ तारिखसम्म चलेको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा भारत, भूटान, श्रीलंका, जापान र बंगलादेशलगायत राष्ट्रहरू सहभागी थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै नेपालले पहिलो टिम पोजिसन (1st Team Position) हासिल गरी अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उज्यालो बनाएको हो। यस गौरवशाली उपलब्धिमा सुनसरीको इटहरीस्थित Modern Preparatory Secondary Boarding School का दुई प्रतिभाशाली व

    • प्रकाशित मितिः असोज २६, २०८२
    • १,४२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागू औषधसहित दुई युवक पक्राउ, हजारौं क्याप्सुल बरामद

    धरान/  सुनसरीको धरान उप–महानगरपालिका–२० मा प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ। विशेष सूचनाका आधारमा शनिबार राति ८:३० बजेतिर इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले दुई युवालाई नियन्त्रणमा लिएको हो। धरान–८ का १९ वर्षीय नलन तामाङले चलाएको को २८ प २४१० नम्बरको स्कुटर र सो स्कुटरमा सवार २१ वर्षीय प्रकाश लिम्बुलाई प्रहरीले चेकजाँच गर्ने क्रममा ठूला मात्रामा औषधीय ट्याब्लेट फेला परेको जनाएको छ। प्रकाश लिम्बुको झोलाभित्र Tramol–50 (Tramadol Hydrochloride Capsule I.P) का २,७०० क्याप्सुल र Dicyclomine HCL T

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ९९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिमालय इंग्लिस स्कुलका प्रिन्सिपल खनाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदै

    सुन्दरहरैंचा/ एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा अवस्थित हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएका छन् । प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्डद्वारा सम्मान गर्न लागिएको हो । मलेसियामा आयोजना गरिने कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गर्न लागिएको जनाएको छ । व

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ६२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसीमा बाढीले उच्च सतर्कता तह नाघ्यो, सावधानी अपनाउन आग्रह, देउमाईको पुल बगायो

    झापा/ सुनसरीको चतरास्थित सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह पार गरेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। आइतबार बिहान ५ बजे विभागले जारी गरेको सूचनाअनुसार पछिल्ला घण्टादेखि निरन्तर वर्षा भइरहेकाले सप्तकोसीको जलस्तर तीव्र गतिमा बढ्दै गएको र बेलुकासम्म बाढीको जोखिम झन् बढ्न सक्ने चेतावनी दिएको छ। सूचनामा भनिएको छ, “सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ। भारी वर्षा भइरहेकाले र आज बेलुकासम्म निरन्तर रहने भएकाले कोसी नदीमा बाढी बढिरहेको छ। बाढी र डुबान हुने सम्भावित क्षेत्रमा अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।” विभागले सम

    • प्रकाशित मितिः असोज १९, २०८२
    • ७१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवरात्रिको छैटौँ दिन आज देवी कात्यायनीको पूजा

    काठमाडौं/  बडादसैँ अन्तर्गत नवरात्रिको छैटौँ दिन आज देशभर देवी कात्यायनीको पूजा–आराधना गरी मनाइँदै छ। यधपी दिनका हिसाबले सातौ दिन भएता पनि तिथिकाे गडबडीले आज छैटौं दिनकाे पुजा आराधना गरिदैछ। नवरात्रिको प्रत्येक दिन दुर्गा देवीका विभिन्न रूपहरूको पूजा गर्ने परम्परा छ। आजको दिन शक्ति, साहस र दुष्ट शक्तिको विनाशको प्रतीक देवी कात्यायनीलाई समर्पित गरिएको छ। बिहानै स्नान गरी सफा वस्त्र धारण गरेर श्रद्धालुहरूले पूजा स्थलमा देवीको प्रतिमा वा तस्वीर स्थापना गरी पूजा गर्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार देवी कात्यायनीको पूजा गर्ने व्यक्तिको मनोकामना पूरा हुन्छ, विवाहमा आउने बाधा हट्छ

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ६७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved