शिक्षा

    Showing ३६१-३७० of १,९२३ items.
  • धरानमा लागुऔषध ट्रामाडोलसहित तीन जना पक्राउ

    धरान/ सुनसरीको धरान–१५ निराजन बस्तीस्थित झण्डा पार्क नजिकै लागुऔषध कारोबार हुँदै आएको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लक्ष्मण परियारको घरमा मङ्गलबार राति करिब ९ बजेर २० मिनेटमा गरेको खानतलासीका क्रममा ट्रामाडोलका २१० क्याप्सुल र नगद एक लाख तीन हजार रुपैयाँ फेला पारेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा २२ वर्षीय लक्ष्मण परियार, २६ वर्षीय सन्दीप राई, र १९ वर्षीय सन्देश गुरुङ रहेका छन्। उनीहरूलाई लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • ९१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अदालतमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आमा–छोरी पक्राउ

    विराटनगर/  जिल्ला अदालतमा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम असुल्ने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले ठगीमा संलग्न सिराहा लहान–२ निवासी ५० वर्षीया पुनमदेवी साह र उनकी २७ वर्षीया छोरी कोमल साहलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूलाई विराटनगर–५ स्थित सम्झना चोकको भाडाको कोठाबाट पक्राउ गरिएको हो। ठगीमा संलग्न कोमल साहका श्रीमान् भने घटनास्थलबाट भाग्न सफल भएका छन्। मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार आमा–छोरीले विभिन्न जिल्लाका बेरोजगार युवालाई अदालतमा कार्यालय सहयोगी, खरिदार र सुब्बा पदमा जागिर लगाइदिने प्रलोभन दे

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • ५४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक गुणस्तर गिरावट र प्रशासनिक अनियमितताविरुद्ध हात्तिसार क्याम्पसका विद्यार्थी धर्नामा

    धरान/  शैक्षिक गुणस्तरसहित विभिन्न माग राख्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका स्ववियू सभापति पेशलराज कार्की र कोषाध्यक्ष नाम्छाहाङ राईलगायत विद्यार्थीहरु धर्नामा बसेका छन्। माग सम्बोधन नभएसम्म दैनिक बिहान १० बजेदेखि एक घण्टा धर्ना बस्ने घोषणा उनीहरुले गरेका छन्।  शनिबार बसेको क्याम्पस सञ्चालक समितिको ३०औं पूर्ण बैठकमा विद्यार्थी सरोकारका विषय समेटिन नसकेको भन्दै सभापति कार्कीले बैठक नै बहिष्कार गरेका थिए। सभापति कार्कीका अनुसार क्याम्पस स्वायत्त भएपनि त्रिभुवन विश्वविद्यालयको निर्देशिका र स्वायत्तताको निर्देशिका कुनलाई प्राथमिकता दिने भन्ने विषयमा अन्योल रहेको

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ६३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा “हिविस्कस क्विज मेनिया सिजन–४” हुँदै, देशभरका १ सय ५० विद्यालय सहभागी हुने अपेक्षा

    धरान/हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ले आगामी पुष ९ र १० गते “हिविस्कस क्विज मेनिया सिजन–४” आयोजना गर्ने भएको छ। विद्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी र योजनाबारे जानकारी गराएको हो। विद्यालयका सल्लाहकार पवन झाका अनुसार विद्यार्थीहरूको अध्ययनसँगै बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। विगतमा नगर र जिल्ला स्तरीय रुपमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यसपटक भने खुला स्तरीय अन्तर–विद्यालय प्रतियोगिताको आयोजना गर्न लागेको छ। “गतवर्ष सुनसरी जिल्लाभित्र सीमित राखिएको थियो, यस

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ५२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दोस्रो वडास्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता मङ्सिर १८ देखि सुरु हुँदै

    धरान/  खेलमा महिलाको सहभागिता बढाउँदै धरानमा दोस्रो वडास्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता मङ्सिर १८ गतेदेखि सुरु हुने भएको छ। आयोजक जनपथ जागरण समाज धरानले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो। गत वर्षको सफलतापछि यसपटक प्रतियोगिता अझ भव्य रूपमा आयोजना गरिने जनाइएको छ। समाजका अध्यक्ष सुजन केसीका अनुसार गत संस्करणमा १५ वटा वडाको टिम सहभागी थिए भने यसपटक टिमको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। उनका अनुसार प्रतियोगिताको विजेता टोलीले ९० हजार रुपैयाँसहित रनिङ ट्रफी प्राप्त गर्नेछ, जुन गत वर्षभन्दा १० हजार रुपैयाँले बढी हो। त्यस्तै उपविजेताले ४५ हजा

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ७४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लेटाङमा बेपत्ता १३ वर्षीया अंशु गौतम मृत फेला, गाउँ शोकमा!

    मोरङ/१८ दिनदेखि बेपत्ता रहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतम विभत्स अवस्थामा मृत फेला परेकी छिन्। अंशुको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लेटाङले पुष्टि गरेको छ। गत असोज २१ गते दिउँसो ‘साथी भेट्न जाँदै छु’ भन्दै घरबाट निस्केकी अंशु त्यसयता बेपत्ता थिइन्। परिवारले सर्वत्र खोजी गरे पनि उनीबारे कुनै पत्ता नलागेको अवस्थामा आज बिहान उनको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार बालिकाको हत्या कसले र किन गर्‍यो भन्ने विषयमा गम्भीर रूप

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ८०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुनर्निर्माणका लागि देउसी कार्यक्रम

    धरान/ धरान–१७ सचेत नागरिक समूहले यसपटक तिहारमा सांस्कृतिक देउसी खेलेर रकम सङ्कलन गर्ने भएको छ ।  देउसी कार्यक्रमबाट सङ्कलित सम्पूर्ण रकम जेन–जी आन्दोलन क्रममा ध्वस्त बनाइएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा खर्च गरिने समूहले जनाएको छ । समूहले आइतबार पत्रकार सम्मेलनमार्पmत् यसबारे जानकारी दिएको हो । समूहले यही कात्तिक ५ गते रेल्वेचोकमा सांस्कृतिक देउसी कार्यक्रम आयोजना गर्ने भएको छ । देउसीबाट सङ्कलित रकम राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं.१९६०१००१०२०७०००४ (भौतिक पूर्वाधार पुनर्निर्माण कोष) मा जम्मा गरिने समूहका संयोजक दयाराम थापाले जनाए । समूहले २०८१ मा पनि बाढीपीडितहर

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ९७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुन्दरहरैंचामा साथी कम्प्युटर सेन्टरद्वारा क्विज प्रतियोगिता सम्पन्न

    सुन्दरहरैंचा/  मोरङको सुन्दरहरैंचा - ३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले आफ्नै संस्थामा अध्ययनरत विद्यार्थीहरूबीच रोचक क्विज प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगिता दुई चरणमा सम्पन्न भएको सम्पन्न भएको थियो। पहिलो चरण समूहगत र दोस्रो चरण व्यक्तिगत प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिएको थियो।   समूहगत प्रतियोगितामा ६ वटा समूह सहभागी थिए, जसमा प्रत्येक समूहमा ३ जना विद्यार्थी रहेका थिए। पहिलो चरणमा समूहगत रूपमा प्रतिस्पर्धा हुँदा समूह सी प्रथम, समूह ई दोस्रो तथा समूह ए ले तेस्रो स्थान हासिल गर्न सफल भएको साथी कम्प्युटर लर्निङ सेन्टरका प्रमुख निरन्जन प्रसाद आचार्यले जानकारी दि

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ५३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको धार्मिक क्षेत्रको सरसफाइमा स्थानीय सरकार उदासीन: संघसस्थाहरुद्वारा सरसफाइ अभियान सञ्चालन

    धरान/ धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुर क्षेत्र धार्मिक पर्यटन गन्तव्यको रूपमा परिचित छ । पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली, भीमसेन, शनि, पाथीभरा लगायतका मन्दिरहरू रहेको यो क्षेत्र वर्षभरि हजारौँ भक्तजनले दर्शन गर्ने केन्द्र बनेको छ । तर, धार्मिक सम्भावनाले भरिपूर्ण यस ठाउँलाई विकास गर्ने लक्ष्य सार्वजनिक गरे पनि स्थानीय सरकारले सरसफाइ र फोहोर व्यवस्थापनजस्ता आधारभूत कुरामा समेत आवश्यक ध्यान नदिएको आरोप स्थानीयवासीले लगाएका छन् । विजयपुरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने भन्दै उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा समेटे पनि व्यवहारमा भने पहल कमजोर देखिएको छ । स्

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ४९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्लास्टिकको झोलाभित्र र बरन्डामा फालिएका दुई नवजात शिशु जीवितै उद्धार

    धरान/सुनसरी र झापाका दुई ठाउँमा फालिएका नवजात शिशुहरू जीवितै फेला परेका छन् । समयमै उद्धार भएपछि दुवै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुनसरीको कोशी गाउँपालिका–८, शर्मा टोलमा शनिबार राति करिब ९ बजे एक नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा स्थानीय विजय कुमार खत्वेले फेला पारेका थिए । खत्वेले बच्चा रोएको आवाज सुनेर नजिक पुगेका थिए । घटनास्थलमा पुग्नेबित्तिकै उनले तत्काल इलाका प्रहरी कार्यालय भन्टावारीलाई जानकारी गराए । समाचार पाउँदासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोली स्थानीयको सहयोगमा पुगेको थियो । टोलीले शि

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • १,०५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved