धरान/ धरान–१६ सिटि चिल्ड्रेन हाउस मन्टेश्वरी तथा ट्रेनिङ सेन्टरले मानव सेवा केन्द्र धरानमा सामाजिक सहयोग कार्यक्रम आयोजना गरेको छ। मंसिर २६ गते बिहान सम्पन्न कार्यक्रममा आश्रममा बसेका २७ जना बुवालाई बिहानको खाना खुवाउँदै फलफूल पनि वितरण गरिएको थियो। मन्टेश्वरीकी निर्देशक ओमु राईका अनुसार विद्यार्थीहरूलाई “मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने शिक्षा र संस्कार सिकाउने उद्देश्यले यो प्रयोगात्मक कार्यक्रम आयोजना गरिएको हो। “नानीबाबुहरूले सामाजिक उत्तरदायित्व र सहानुभूतिको महत्व बुझ्न सकून् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौं” उनले भनिन् ।
धरान/ डिपो माध्यमिक विद्यालय, धरान–१८ द्वारा आयोजित २०औँ ललित–अम्बर डिपो कप–२०८२ को दोस्रो दिन तीन रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। कक्षा ५ सम्मका १२ वर्षमुनिका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा आज भएका सबै खेल एकतर्फी नतिजासहित सकिएका छन्। दोस्रो दिनको पहिलो खेलमा नोबेल एकाडेमी धरान–११ ले एप्पल मन्टेश्वरी धरान–११ लाई ०–८ को विशाल अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो। नोबेलका जर्सी ७ का सोहन राईले ह्याट्रिकसहित ३ गोल गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जर्सी ९ का डेनिल लिम्बूले २ गोल, रेहान रसाइली र सायाहाङ राईले सम
धरान/ युएन-नवोदय कलेजका होटल म्यानेजमेन्ट कक्षा १२ का विद्यार्थीहरूको पहिलो चरणको ‘बारिष्टा एड्भान्स कोर्स’ दीक्षान्त समारोह धरान–१६ लेखनाथ चोकस्थित युएन केक एन्ड बारिष्टाको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा यु एन कलेजका होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठ र जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले दीक्षित विद्यार्थीहरूलाई खदा ओढाई प्रमाणपत्र वितरण गरेका थिए। कलेजका प्रिन्सिपल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार बदलिँदो प्रतिस्पर्धात्मक वातावरणमा विद्यार्थीहरूलाई केवल सैद्धान्तिक शिक्षा मात्र प
धरान/ डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललित–अम्बर डिपो कप –२०८२ को सुरु भएको छ । बिहीबार भएको उद्घाटन खेलमा आयोजक डिपो माध्यमिक विद्यालयले जोलसाया एकाडेमी धरान –११ लाई ०–१ गोलले पराजित गर्यो । आयोजक डिपोकोलागि जर्सी –१० का खेलाडी करन खड्काले गोल गरेका थिए । उक्त गोल मध्यान्तरपछिको ११ औं मिनटमा भएको थियो । खेलमा डिपोका खेलाडी करन खड्का म्यान अफ द म्याच भएका थिए । म्यान अफ द म्याच खड्कालाई उद्घाटन खेलका प्रमुख अतिथि MVO विष्णुकुमार राईले पुरस्कार वितरण गरेका थिए । नकआउट शैलीमा हुने यो प्रतियोगिताकोलागि धरानभित्र र बाहिरगरि १६ विद्यालयहरु
धरान/१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलद्वारा आयोजना गरिएको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ को ग्रान्ड फिनाले आगामी मङ्सिर २६ गते, शुक्रबार हुने भएको छ। बुधबार विद्यालय परिसरमै आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिएको हो। विद्यालयका निर्देशक दुर्गा सुवेदीका अनुसार प्रतियोगिताको उद्देश्य कला–संस्कृतिको जगेर्ना, विद्यार्थीको आत्मविश्वास अभिवृद्धि तथा लुकेका प्रतिभा उजागर गर्नु रहेको छ। ‘Melody & Motion’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा मङ्सिर ५ गते पहिलो अडिसन र मङ्सिर १२ गते दोस्रो अडिसन सम्प
धरान/ ‘स्वास्थ्य र राष्ट्रियताको लागि खेल’ भन्ने मूल नाराका साथ यस वर्षको यु एन नवोदय चेम्पेन्स लिग भव्य रूपमा सुरु भएको छ। धरान–१६ स्थित बीबी फुटसलमा नवोदय +२ यु एन कलेजका प्रिन्सिपाल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले खेल अफिसियल बिपुल लिम्बूलाई बल हस्तान्तरण गर्दै लिगको औपचारिक उद्घाटन गरेका हुन्। नेपालमै पहिलोपटक +२ तहको फुटसल च्याम्पियन लिग सञ्चालन गर्दै आएको नवोदय कलेजले विद्यार्थीहरू पढाइसँगै खेलकुदमा पनि उत्कृष्ट बनुन् भन्ने उद्देश्य बोकेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिएका छन्। यस वर्षको लिगमा छात्र
धरान/ धरान उप–महानगरपालिका–व्यापी विद्यालयस्तरीय गायन प्रतियोगिता ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ सोमबार धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको छ। र्याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना प्रतिभाशाली प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत माहोल तताए। प्रतियोगितामा पब्लिक माध्यमिक विद्यालय, फुस्रेकाका ऊर्जा–धनी प्रतिभा ह्यापिसन लिम्बूले दमदार प्रस्तुति दिँदै विजेता बन्न सफल भए। त्यसैगरी लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशी भुजेल फर्स्ट रनर अप घोषणा भइन भने बिजयपुर मा.वि.की मेलिसा ब
धरान/ धरान–१२, चतरालाईन स्थित सुनाखरी एकेडेमीले प्रथम सुनाखरी कप–२०८२ को विजेता टिम सुनाखरी रेडलाई विद्यालय प्राङ्गणमा विशेष समारोहमार्फत सम्मान गरेको छ। स्कुलका निर्देशक प्रदीप राई, प्रिन्सिपल मिलन कुमार राई तथा प्लस–टुको संयोजक तप कुमार राईले विजेता खेलाडीहरूलाई अबिर र खदा लगाएर सम्मान प्रदान गरे। प्रिन्सिपल राईका अनुसार, यस्तो सम्मानले विद्यार्थीहरूलाई आगामी दिनमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने उद्देश्य रहेको छ। मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर १७ गते एन्फा एकेडेमी मैदानमा सम्पन्न भएको थियो, जहाँ सुनाखरी रेडले नेपाल पुलिस स्कुललाई टाईब्
धरान/सुनसरी जिल्ला अन्तरविद्यालयीय सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि आयोजक टिम सुनाखरी रेड ले रोमाञ्चक जीतसहित हात पारेको छ। एन्फा टेक्निकल सेन्टरमा बुधबार सम्पन्न फाइनलमा सुनाखरी रेडले नेपाल पुलिस स्कुललाई ट्राइबेकरमा ३–२ ले हराउँदै पहिलो संस्करणको च्याम्पियन बनेको हो। कडा प्रतिस्पर्धासहित ट्राइबेकर पुगेको खेलमा सुनाखरी रेडका एलिन थापा मगर, श्रीहाङ राई र प्रनिस राईले निर्णायक गोल गर्दै टिमलाई उपाधि दिलाए। ट्राइबेकरमा अनिस गुप्ता र राजेश ओझाको प्रहार बाहिरिए पनि सुनाखरीको जित रोकिएन। उपाधिसँगै विजेता टिमले नगद ५० हजार, उपविजेता नेपाल पुलिस स्कुलले नगद २५ हजार पुरस्कार प्राप
बराहक्षेत्र/ बहुप्रतिक्षित र चर्चित साहित्यिक प्रतियोगिता ‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता’ को तेस्रो संस्करण आगामी माघ ३ गतेदेखि शुरु हुने भएको छ। स्वर्णिम साहित्य समाजले आफ्नै अफिसियल फेसबुक पेजमार्फत कार्यक्रमको प्रारम्भिक जानकारी सार्वजनिक गरेको हो। साविक भरौल गाविसबाट अडिसन सुरु भई बराहक्षेत्र, महेन्द्रनगर र प्रकाशपुर हुँदै कार्यक्रम अघि बढ्ने छ। साविक मधुवन क्षेत्रलाई भने प्रकाशपुर अडिसनमा समेटिएको समाजले जनाएको छ।बराहक्षेत्रभरिकै विद्यालयका कक्षा ६ देखि १० सम्मका २–२ जना विद्यार्थीका कविता आह्वान गरिएका छन्, जसमा एक जना छात्र