ह्यापिसन लिम्बू बने ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ काे बिजेता

  • मंसिर २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उप–महानगरपालिका–व्यापी विद्यालयस्तरीय गायन प्रतियोगिता ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ सोमबार धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा  सम्पन्न भएको छ।

र्याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना प्रतिभाशाली प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत माहोल तताए।

प्रतियोगितामा पब्लिक माध्यमिक विद्यालय, फुस्रेकाका ऊर्जा–धनी प्रतिभा ह्यापिसन लिम्बूले दमदार प्रस्तुति दिँदै विजेता बन्न सफल भए।

त्यसैगरी लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशी भुजेल फर्स्ट रनर अप घोषणा भइन भने बिजयपुर मा.वि.की मेलिसा बराईली सेकेन्ड रनर अप र डिपोट मा.वि.की प्रज्ञा राई थर्ड रनर अप बनिन्।

तेस्तै अन्य बिधामा:

• बेस्ट भोकल: अर्मन श्रेष्ठ (सुनाखरी एकेडेमी)

• मस्ट एक्टिभ: नितु तामाङ (मेरील्यान्ड इङ्लिस बोर्डिङ)

• मस्ट पन्चुअल: जेनिशा राई (जेम सेकेन्डरी)

• मस्ट डिसिप्लिन: बिबेक बिशुन्खे (बिजयपुर मा.वि.)

• पर्फेक्ट पिच: इस्मान गजमेर (जेनिथ इङ्लिस)

• बेस्ट परफमेन्स: सबिन बोहोरा (हिबिस्कस इङ्लिस बोर्डिङ)

• बेस्ट प्रेजेन्टेसन: सुमेधा घिमिरे (बिष्णु मेमोरियल)

• इन्करेजमेन्ट अवार्ड: सृष्टि तामाङ (ज्ञानकुञ्ज रेसिडेन्सियल)

• बेस्ट रिदम: सागर गजमेर (च्याम्पियन सेकेन्डरी बोर्डिङ)

• बेस्ट सङ सेलेक्शन: अभिषेक रसाइली (शिक्षा सन्देश 

विजेताहरूलाई धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र विक्रम बेघा, हास्यकलाकार तथा अभिनेता गणेश इसारा राई, समाजसेवी नवीन राई लगायतका विशिष्ट अतिथिहरुले प्रमाणपत्र प्रदान गरे।

उप–मेयर बेघाले यस्ता कार्यक्रमहरूले विद्यार्थीको आत्मविश्वास बढाउने र भविष्यको लक्ष्यप्रति प्रेरित गर्ने बताए।

प्रतियोगिताको मूल्यांकन संगीतकर्मी प्रशान्त शर्मा र बिनायक राईले गरेका थिए।

आयोजक र्याडिकल लाइट नेपाल प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीका अनुसार धरानका प्रतिभा खोज्ने अभिप्रायले यो कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको हो।

भोटिङ सिस्टम हटाएर १००% निर्णायकको निर्णयमा आधारित मूल्यांकनले ‘वास्तविक प्रतिभा उदाएको’ विश्वास कार्कीले व्यक्त गरे। विजेताहरूलाई प्रदान गरिने नगद पुरस्कार आगामी शुक्रबार वितरण गरिने आयोजकले जनाएको छ।

कार्यक्रम संचालन  सुस्मिता लिम्बू र सन्देश तिम्सिनाले गरेका थिए।

Dharan skul singig aidal3

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved