धरान/ शिक्षा सुधार र नयाँ शिक्षा ऐनको मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी धरानका शिक्षकहरूले कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन गर्न माग गरेका छन्। नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धरान उपमहानगर समितिले बुधबार उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापनपत्र बुझाउँदै वैशाख ७ गतेदेखि तय भएको ग्रेडवृद्धि परीक्षा तत्काल स्थगन गर्न आग्रह गरेको हो। समितिका प्रतिनिधिहरू मेयरको कार्यकक्षमै पुगेर २०८१ माघ २० गतेदेखि चरणबद्ध रूपमा सुरु भएको आन्दोलनको जानकारी गराउँदै धरानका शिक्षकहरू २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सक्रिय रहेको जनाएका थिए। समितिका सचिव राजनकुम
इनरुवा/ सुनसरीको इनरुवा नगरपालिका–१ मा गाई वा गोरुको खुट्टाजस्तो देखिने वस्तु काटेर फालिएको अवस्थामा फेला परेको छ। (बुधवार)आज बिहान कृषि विकास बैंक नजिकैको सडकमा रहस्यमय ढंगले उक्त खुट्टा देखिएको हो। स्थानीयवासीले बिहान करिब १० बजेतिर चौपायाको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। प्रहरीको प्रारम्भिक अनुमानअनुसार कसैले गाई वा गोरु काटेर खुट्टा फालेको हुनसक्छ भने कतै फालिएको खुट्टा कुकुरले ल्याएर सडकमा छाडेको पनि हुनसक्ने बताएका छन्। घटनाको यथार्थ पत्ता लगाउन डीएसपी योगराज खतिवडाको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन
इलाम/वैशाख लागेसँगै देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान चलिरहेको हुन्छ । तर, इलामका उत्तरी भेगका बालबालिकाका लागि त्यो सम्भव छैन, किनभने ती गाउँमा विद्यालय नै छैनन् । शिक्षक आन्दोलन, शिक्षा ऐन जस्ता विषयहरूले देशैभर चर्चा पाइरहे पनि उत्तरी इलामका अभिभावकलाई भने पहिलो चिन्ता आफ्ना छोराछोरीलाई पढाउने ठाउँको हो—र त्यो ठाउँ आफ्नै देशमा छैन । “शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् । हामी त बच्चा पढाउन भारत जानुपर्छ”, माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भन्नुभयो, “गाउँमा एउटा विद्यालय छैन । अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पिर कसैले बुझेनन् ।&
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–१ स्थित सुर्यकुण्ड आधारभूत विद्यालयमा यसै शैक्षिक सत्र २०८२ देखि कक्षा ९ सञ्चालन हुने भएको छ। यससँगै पहाडी भेगका स्थानीय विद्यार्थीलाई माध्यमिक तहको पढाइका लागि घण्टौँ पैदल हिँडेर धरान वा चतरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ। यसअघि उक्त क्षेत्रमा आधारभूत तहसम्म मात्र पढाइ हुने विद्यालयहरू थिए। सुर्यकुण्डमा रहेको सुर्यकुण्ड आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको थियो भने चावचाको पञ्चकन्या र चियावारीको सिंहदेवी आधारभूत विद्यालयमा कक्षा ५ सम्म मात्र अध्यापन हुँदै आएको थियो। माध्यमिक तहको पढाइका लागि विद्यार्थीहरूलाई धरानको विष्णुपादुक
वराहक्षेत्र/ प्रत्येक वर्ष वैशाख १ गतेदेखि ७ गतेसम्म नेपालभर "व्यक्तिगत घटना दर्ता सप्ताह" मनाइन्छ। जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता घटनाहरू समयमै दर्ता गर्नुपर्ने जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइने गरिन्छ। व्यक्तिगत घटना दर्ता सम्बन्धित वडा कार्यालयमा गरिन्छ, जहाँ स्थानीय पञ्जीकाधिकारीले प्रमाणपत्र प्रदान गर्ने तथा रेकर्ड राख्ने जिम्मेवारी वहन गर्छन्। संविधानको धारा १६ मा प्रत्येक व्यक्तिको सम्मानजनक जीवनयापनको अधिकार सुनिश्चित गरिएको छ, जसको व्यवहारिक कार्यान्वयनका लागि कानुनी पहिचान अनिवार्य हुन्छ। नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता प्रमाणपत्रह
बिराटनगर/ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको “विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका २०८०” अनुसार अब आर्य न्युरो अस्पताल, बिराटनगरमा ‘हेड तथा स्पाइनल इन्जुरी’ भएका बिरामीहरूले १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने भएका छन्। आर्य न्युरोसरजिकल एन्ड एलाइड साइन्सेस प्रा.लि.ले दिएको जानकारीअनुसार, गम्भीर प्रकृतिका मस्तिष्क तथा मेरुदण्डसम्बन्धी चोटपटक(हेड र स्पाइनल इन्जुरी) भएका बिरामीहरूलाई अब सहज रुपमा राहत मिल्नेछ। सेवा प्राप्त गर्नुपर्ने आवश्यकताहरू कुनै पनि आकस्मिक दुर्घटनामा परेर टाउको वा मेरुदण्डमा समस्या भएको अवस्था
धरान । सुनसरीको धरानमा २ दिने रोजगार मेला लाग्ने भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा धरानमा बैशाख ११ र १२ गते रोजगार मेला लगाउने भएको धरान उपमहानगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यले धरानमा २ दिने रोजगार मेला आयोजना हुने भएको छ । स्थानीय उद्योग, व्यवसाय, पर्यटन, होटल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा जनशक्तिलाई रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले मेला गर्न लागेको मेयर हर्कराज राई (साम्पाङ)ले जानकारी दिएका छन्।
जनकपुरधाम । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको सिरहामा रहेको छ । उक्त फूल लहान नगरपालिका–१२ र २४ मा पर्ने सलहेश फूलबारीमा हरेक वर्ष बैशाख १ गते मात्र फुल्ने भएकाले सर्वसाधारणको ठूलो भिड लाग्ने गर्दछ । फूल हेर्न र दर्शन गर्नको निम्त्ति नेपाल लगायत भारतबाट समेत हजारौं श्रद्धालु आउने गर्दछन ।फुलबारीमा रहेको हारम प्रजातिको तीनवटा बोटमा यसवर्ष फूल फुलेको छ । फूलबारीमा हारामको बोट नजिकै रहेको राजा सलहेश र मालिनी मन्दिर (गहबर) मा भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । युवायुवतीले उक्त फूललाई साक्षी राखेर विवाहसमेत गर्छन् ।हारमको बोटमा सातौं–आठौं श
काठमाडौं । नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ ।नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवसका बिदा हुने छन् ।दशैंमा सात दिन र तिहारमा पाँच दिन समेत गरी विभिन्न पर्वहरुको बिदा २८ दिन हुने छ । यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ । वैशाख ः वैशाखमा चार दिन शनिबारको बिदा छ । त्यसबाहेक नयाँ वर्षको अवसरमा वैशाख १ गते र वैशाख १८ गते विश्व मजदुर दिवसको बिदा छ । चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, रा
धरान/ सुनसरीको धरानमा कोशी प्रदेश स्तरीय एसईई आइडलको खोजी सुरु भएको छ । फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल टिभी र फक्ताङलुङ खबर डटकमको आयोजनामा एसईई आइडल सिजन ५ अन्र्तगत् ‘सिङ्गीङ, डान्सिङ र वक्तृत्वकला’ को लागि पहिलो अडिसनद्धारा कोशी प्रदेशभरीका क्षमतावान प्रतिभावहरुको खोजी सुरु भएको हो । आयोजक संस्था फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष एवम् प्रतियोगिताको परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार पहिलो अडिसनमा १५० जना विद्यार्थीले उक्त कार्यक्रममा सहभागिता जनाए भने अडिसन युएन नवोदय कलेज धरान १६ को कार्यक्रम हलमा सम्पन्न भएको हो । तुम्वापोले कोशी प्रदेशभर