शैक्षिक संस्थाबाट विद्यार्थी संगठनका अफिस, ब्यानर र पर्चा हटाउन प्रहरी सक्रिय

  • वैशाख १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt _Ai

विराटनगर/कोशी प्रदेशका विभिन्न क्याम्पसहरूबाट विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले सक्रियता बढाएको छ।

शैक्षिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त बनाउने सरकारी नीति सार्वजनिक भएसँगै प्रदेश प्रहरी क्याम्पस केन्द्रित कारबाहीमा उत्रिएको हो।

सम्बन्धित क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरूलाई समन्वय गरी यस्ता सामग्री हटाउन आग्रह गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभागले क्याम्पसमा विद्यार्थी संगठनका नाममा भइरहेका राजनीतिक गतिविधि नियन्त्रण गर्न देशभरका प्रदेश प्रहरी कार्यालय तथा मातहतका इकाइहरूलाई निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार कोशी प्रदेश प्रहरी कार्यालयले अभियानलाई तीव्र बनाएको हो।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले क्याम्पसहरूमा रहेका विद्यार्थी संगठनसँग सम्बन्धित सबै प्रकारका संरचना र प्रचार सामग्री हटाउन निर्देशन दिएको स्रोतले जनाएको छ।

प्रहरी र क्याम्पस प्रशासनको समन्वयमा हाल विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनहरूले सञ्चालन गर्दै आएका अफिसहरू हटाउने, झन्डा र ब्यानर निकाल्ने तथा पर्चा–पम्प्लेट सफा गर्ने काम भइरहेको छ।

प्रहरीले बिहीबारदेखि औपचारिक रूपमा यो अभियान सुरु गरेको जनाएको छ। सरकारले सार्वजनिक गरेको १०० दिने कार्यसूचीअन्तर्गत विद्यालय र क्याम्पसभित्र दलगत गतिविधि नियन्त्रण गर्दै शैक्षिक वातावरणलाई निष्पक्ष र अध्ययनमुखी बनाउने लक्ष्य राखिएको छ।

विद्यार्थी संगठनहरू खारेज गर्ने तयारीसमेत अघि बढिरहेको सन्दर्भमा त्यसलाई कार्यान्वयनमा लैजान प्रहरी सक्रियता बढाइएको स्रोतको भनाइ छ।

यता विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरूले भने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै विरोध गरिरहेका छन्

शिक्षाविद्हरूले शैक्षिक संस्थामा शान्त र अध्ययनमुखी वातावरण कायम गर्न सुरक्षा निकायको सक्रियता आवश्यक भए पनि विद्यार्थीहरूको लोकतान्त्रिक अभ्यासलाई पूर्ण रूपमा निरुत्साहित गर्ने नीति दीर्घकालीन रूपमा विवादास्पद हुन सक्ने बताएका छन्। उनीहरूले ‘नियन्त्रण र स्वतन्त्रता’ बीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन्।

प्रहरी स्रोतका अनुसार तालुक कार्यालयबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न प्रदेशभर सक्रियता बढाइएको छ। यसको प्रभाव आगामी दिनमा क्याम्पसको वातावरण, विद्यार्थी राजनीति तथा समग्र शिक्षा प्रणालीमा प्रत्यक्ष रूपमा देखिने अनुमान गरिएको छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved