शिक्षा

    Showing १,३३१-१,३४० of १,९२४ items.
  • किरातेश्वर माविको ५० औं स्वर्ण महोत्सव

    धरान/ किरातेश्वर माविको ५० औं स्वर्ण महोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।साे अवसरमा शिला अभिलेखपत्रको अनावरणका क्रममा धरानलाई शैक्षिक केन्द्र विन्दु बनाउने पहिलो प्राथमिकतामा रखेको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोक राईले बताएका छन् । उनले भने–‘मैले यही क्षेत्रबाट चुनाव जितेर मन्त्री बनेको हु, यस क्षेत्रको शैक्षिक गुणस्तरमा मैले पहिलादेखि नै सोच्दै आएको हु, म अहिले सोही क्षेत्र हेर्ने मन्त्री भएको छु, यस क्षेत्रको शैक्षिक गुणस्तरलाई सुधार गरेर शैक्षिक केन्द्रविन्दु बनाउने मेरो पहिलो प्राथमिकतामा राखेको छु ।’ उनले धरानलाई नेपालकै तथा अन्तर्राष्ट्रिय स्तरको शैक

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • ९०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धुलिखेल समाज धरानमा तीज विशेष कार्यक्रम २०८० सम्पन्न

    धरान/ धुलिखेल समाज धरानको महिला समितिको आयोजनामा रमाईलो तीज विशेष कार्यक्रम २०८० सम्पन्न भएको छ।    शनिवार, महिला समितिकी अध्यक्ष अनिता श्रेष्ठ धालाछेंको अध्यक्षतामा धुलिखेल समाज धरान -१ को भवनमा सम्पन्न भएको हो।    तीज कार्यकम नेवा: समुदायको  नभएपनि जातीय सद्‌भाव कायम गर्न, महिलाहरुलाई उर्जा दिने भएकाले यो कार्यक्रम प्रत्येक बर्ष आयोजना गर्दै आएको धुलिखेल समाजका अध्यक्ष युगल कुमार श्रेष्ठ तखाछेंले बताए।    तीज नेपालीहरुको राष्ट्रिय पर्व र महिला अधिकारको पर्व भएको  प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय यशोदा कायस्थले बिचार व्यक्त गर्नुभयो ।&nbs

    • प्रकाशित मितिः भदौ २४, २०८०
    • ९३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चार बर्ष अगाडि बनेको मुख्यमन्त्रीको कार्यालय कामविहीन

    धनकुटा/ धनकुटा सहित कोशी पहाडी जिल्ला भोजपुर, संखुवासभा र तेह्रथुम गरी चार जिल्लालाई प्रदेश सरकारले सेवा दिने उद्देश्यले धनकुटामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय स्थापना भएको चार बर्ष बितिसकेको छ । कोशी प्रदेशबाट सञ्चालित विकास आयोजनाको अनुगमन मूल्यांकन गर्ने र अन्तर्गतका कार्यालयको प्रशासनिक सेवा सुदृढ बनाउने उद्देश्य राखेर २०७६ बैसाखमा स्थापना गरिएको मुख्यमन्त्री तथा मन्त्रि परिषद्को सम्पर्क कार्यालय लामो समयदेखि काम विहीन बनेको छ । तत्कालीन प्रदेश १ को राजधानीको माग राख्दै धनकुटामा चलिरहेको आन्दोलन मत्थर पार्न प्रदेश सरकारले २०७६ वैसाखमा धनकुटामा मुख्यमन्त्री तथा मन्

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • ८४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रकोप व्यवस्थापन औजार हस्तान्तण

    धरान/ धरान उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयले अस्थायी प्रहरी चौकी देउरालीलाई प्रकोप तथा विपदमा प्रयोग गर्न विभिन्न औजार सामग्री हस्तान्तरण गरेको छ । बाढी तथा पहिरोको सम्भावित जोखिम क्षेत्र समेत रहेको वडामा विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्न र सम्भावित विपद्लाई न्यूनीकरणका लागि उक्त सामग्री हस्तान्तरण गरिएको हो । वडाध्यक्ष मन प्रसाद लिम्बूका अनुसार गैँती, बेल्चा, पन्जा, गम्बुठ, डोरी, बाल्टी, लगायतका सामग्री चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा चौकीका सह इन्चार्जलाई हस्तान्तरण गरिएको छ । वडाको विपद् तथा प्रकोप व्यवस्थापन समितिका संयोजक समेत रहेका वडाध्यक्ष लिम्बूले विशेष गरी

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • ८५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किरात संस्कार र संस्कृति संरक्षणमा शिक्षा निकेतनकी स्मृति प्रथम

    धरान/  किरात राई विद्यार्थी संघको २५ औं स्थापना दिवसका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा शिक्षा निकेतन माविकी छात्रा स्मृति राई प्रथम भएकी छन् । ‘किरात संस्कार र संस्कृति संरक्षणमा राई विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा विजयी उनले नगद ५ हजारसहित प्रमाण–पत्र प्राप्त गरेकी छन् । प्रतियोगितामा महेन्द्र क्याम्पसका विद्यार्थी नवीन राई दोस्रो भए भने धरान मोडल कलेजकी समीक्षा राई तेस्रो भइन् । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीले क्रमशः ४ हजार र ३ हजार नगदसहित प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा प्रमुख अतिथि यायोक्खा सुनसरी अ

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • ८५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी

    दुहबी/ सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ । सोमबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं २० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको संयोजक पंकज हलुवाईले जानकारी दिएको हो । दुहबी साविक ९ अहिले ६ वडा नम्बर मा एतिहासिक श्री कृष्ण जन्माष्टमी पूजा एवम् रथ यात्रा महोत्सव यश बर्ष ४९औ संस्करणमा प्रवेश गरि हषोल्लास तथा भब्यताका साथ मनाउदै आएको कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी राधा कृष्ण मन्दिर दुहबीका मूल समिती र पुजामेला समितिले तयारीमा जुटेक

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • ९७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निःशुल्क आँखा शिविर

    धरान / धरान १४ विजयपुरमा करिब ३ सय बर्ष पुरानो मानिएको गणेश भीमसेन मन्दिरको संरक्षणमा लागेको गणेश भीमसेन गुठी संरक्षण समतिले स्थानीय सर्वसाधारणको आखाको समस्यालाई मध्यनजर गरी निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । पुराना मन्दिरलाई संरक्षण गर्दै आएको समितिले समय समयमा सामाजिक सेवा समेत गर्दै आएको छ । यसै क्रममा धरान १४ विजयपुरमा रहेका सबै उमेर समुदायलाई लक्षित गरी मन्दिर अगाडि निःशुल्क आँखा शिविरको आयोजना गरेको हो । समितिलाई धरान १२ मा रहेको सूर्य आई केयरले परीक्षणका लागि सहयोग गरेको छ । परीक्षणमा आँखामा समस्या भएका सबै उमेरका सर्वसाधारणको उपस्थिति रहेका सूर्य आई केयर धरान १२ की चिकित्सक डा.इच

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • ६९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनेरास्ववियु कोशी प्रदेशको अध्यक्षमा गजल खडका निर्वाचित

    विजयपुर/ अनेरास्ववियु कोशी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा सुनसरीबाट अध्यक्षमा जिवि गजल खड्का चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा धनकुटाका अकित थापा, झापाका नारायण पोखरेल चयन भएका छन । सचिवमा मोरङका सन्तोष घिमिरे, सह–सचिवमा उदयपुरका प्रवेश ठकुरी, ईलााका पारस राई, झापाका लक्ष्मी न्यौपाने, तेह्रथुमकी रन्जना घतानी र कोषाध्यक्षमा भोजपुरका नवराज घिमिरे चयन भएका छन ।

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • ८४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाको सहकारीको दर्ता खारेज

    धनकुटा/ धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत सहकारीको दर्ता खारेज गरिएको हो । धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउँनुपर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनुपर्ने र यसको विवरण नगरपालिकामा बुझाउनुपर्ने प्रावधान छ । प्रावधान विपरित चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको न

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • १,००५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिरामीको चाप बढ्दै, अस्पतालमा छैन बेड

    इलाम / इलाम अस्पतालमा बेडको अभाव भएपछि अस्पतालले भुईमा सुताएर उपचार गरिरहेको छ । पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि बेड अभाव हुँदा भुईमा सुताएर उपचार भईरहेको हो । अस्पतालमा दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा बिरामीहरू आउने गरेको इलाम अस्पताल इमरजेन्सी इन्चार्ज टिका लुईटेलले बताए । डेङ्गु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामीको चाप रहेको कारण अस्पतालमा बेडको अभाव भएको छ । ‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू भएका बिरामीलाई अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भए

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • ८८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved