शिक्षा

    Showing १,१६१-१,१७० of १,९२४ items.
  • एभरेष्टले धरानका १८ वटा स्कुललाई जित्यो,जिल्लाका लागि छनौट

    धरान/ सुनसरीको धरान उपमहानगर भित्र रहेका निजी विद्यालयहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा धरानका १८ वटा स्कुललाई पछि पार्दै धरान ६ मा रहेका एभरेष्ट चिल्ड्रेन होम इंग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । प्रथम भएसँगै अव यही जेठ ३२ गते इटहरीमा हुने सुनसरी जिल्ला भरीका निजी बिद्यालयहरुसँग प्रतिष्पर्धा गर्ने भएको छ । भखरै सम्पन्न भएको उतm प्रतियोगितामा सहभागी विद्यार्थीहरु कृतिका प्याकुरेल,निशान बिश्वकर्मा र कुशल प्याकुरेल सहभागी भएका थिए भने उनीहरुले १ सय १५ अंक प्राप्त गरी विजयी भएको प्याव्सन धरानका सचिव रबिन न्यौपानेले बताए । यस अघि पनि गत साल धरानबाट छनौट भई जिल्ला स्तरीय हाजिरी जवाफ प्र

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • १,०९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘भाग्यभन्दा परिश्रम ठूलोे’ कृतिश्री र प्रशिष्का प्रथम

    विराटनगर/  विराटनगर–७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छन् । ‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगितामा पक्षमा आफ्नो तर्क राखेर थापा प्रथम भएकी हुन् । विद्यालयले दुई समूहमा बाँडेर प्रतियोगिता आयोजना गरेको थियो । ८ देखि १० कक्षासम्मको समूहमा विपक्षमा तर्क राखेर कक्षा ९ की सरस्वती हेम्ब्रम द्वितीय हुँदा पक्षमा मत राखेर कक्षा ९ कै प्रशान्त कामत तृतीय भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र युवा पत्रकार वीरेन्द्रकुमार साहको निर्णायक समितिले पुरस्कृतहरूको नामावली स

    • प्रकाशित मितिः जेठ २५, २०८१
    • ९४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कालाबञ्जर बजारमा अनुगमन, म्याद नाघेका सामाग्री नष्ट

    कालाबञ्जर/ वराहक्षेत्र नगरपालिकाले शुक्रवार कालाबञ्जर बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमन गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले कालाबञ्जर बजारका पसलहरू अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्य सामाग्री, बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । बिशेषगरि किराना पसल , होटल , मासु पसल , भेटनरी पसलमा म्याद नाघेको सामाग्री फेला परेको पसल, सरसफाई , मुल्य, दर्ता प्रक्रिया नगरी सञ्चालन भएका पसलमा अनुगम

    • प्रकाशित मितिः जेठ २५, २०८१
    • ७५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नबोदय विद्या मन्दिरमा साकेला नृत्य

    धरान/ धरान–१६ को नबोदय बिद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले बिहिबार साकेला नृत्य भब्य रुपमा सम्पन्न गरेको छ। स्कुलको प्राङ्गणमा एक बिशेष कार्यक्रम सहित स्कुलले साकेला नृत्यको आयोजना गरेको हो।स्कुलका शिक्षक, शिक्षिका, बिद्यार्थी र अभिभावक सहित सम्युक्त रुपमा ढोल झ्याम्टा बजाउदै साकेला नाचेको स्कुलका प्रीन्सिपल डम्बर कुमार तुम्बापोले जानकारी दिनु दिए। बिद्यालयमा अध्ययन गर्ने बालबच्चालाई समाजका हरेक धर्म, संस्कार, संस्कृती र रीतिरिवाजको बारेमा प्रयोगात्मक तरिकाले परिचित गराउने उद्येश्यले स्कुलमा साकेला नृत्यको आयोजना गरिएको प्रोग्राम इन्चार्ज निरकुमार राईले जानकारी दिए। बहु&ndash

    • प्रकाशित मितिः जेठ २५, २०८१
    • १,१७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस.ई.ई.आईडलकि फाईनलिस्ट सुम्निमाले हिमाली मा.बि.मा नृत्य प्रस्तुत गर्दै मागिन भोट

    धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का टप फाईनलिस्ट सुम्निमा राईले बुधबार आफुले एस.ई.ई.दिएको धरान-५ देउराली स्थित हिमाली मा.बि. पुगेर नृत्य प्रस्तुत गरि भोट मागेकी छिन।  बिद्यालयले "सुम्निमा राई जिताउ अभियान" को ब्यानर सहित बाताबरण मिलाई दिए पछि सुम्निमालाई यो अवसर जुरेको हो। सुम्निमाले नृत्य प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए।  आफू उत्कृष्ट १० मा पुग्नको लागि सपोर्ट गर्ने बिद्यालय परिवारलाई धन्यवाद ब्यक्त गर्दै आफुलाई भोट दिएर फाईनलमा जिताउन उनले शिक्षक, शिक्षिका र अभिभावकहरुलाई आग्रह गरिन।  

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • १,०२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा एक युवाले पेट्रोल खन्याएर लगाए शरीरमा आगो

    विराटनगर/ विराटनगरका एक जना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् । शरीरमा आगो लगाएका विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार विराटनगर–७ हरियाली टोलमा कामतले मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । आगोले उनको शरीरको लगभग ७० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । कामतको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । केही समयदेखि पारिवारिक तनावमा रहेका कामतको केही दिनअघि पत्नीसँग समेत सम्बन्धविच्छेद भएको प्रहरीको भनाइ छ ।  

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • ७४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिभाइन वाइनले धरानमा बिरुवा रोप्ने

    धरान/ श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले जेठ १९ देखि सुरु भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने बताएको छ । खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने उद्धेश्यले यो निणर्य गरिएको हो । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन् । जसमा पहिलो खेल नेदरल्याण्ड , दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसंग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको डट बलमा हरेक बल बराबर १० वटा बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ । सोही निर्णय अन्तर्गत रहेर जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेदरल्याड बिचको खेलम

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • ५७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान वीपी प्रतिष्ठानमा रगतको अभाव

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा रगत अभाव भएको छ । रगत अभाव भएकै कारण रक्त सञ्चार सेवाले रक्तदानको गुम्ती शिवर शुरु गरेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्यमा अत्याधिक गर्मी बढेसँगै विभिन्न प्रकारका विरामीहरु नेपाल लगायत भारतबाट आउने गरेका छन् । यहाँ विरामीको अत्याधिक चाप भएकै कारण विरामीलाई चाहिने अत्यावश्यक रगत समेत उपलब्ध हुन सकेको छैन । विरामीलाई चाहिने सबै ब्लड ग्रुपको रगत पर्याप्त नहुँदा अस्पतालमा आएर शल्यक्रिया गर्ने, प्रसुति गृहमा चाहिने रगत समेत उपलब्ध छैन । समस्या अत्याधिक भएपछि ने

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • ९८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यो वर्ष भारी मनसुनले कोशीमा बढी खतरा

    धरान/ यस वर्षको मनसुनले कोशीमा झण्डै ५ लाखको जनजीवन प्रभावित हुने अनुमान गरिएको छ । यसपालीको मनसुन जेठ ३१ गते नेपाल भित्रिने जनाइएको छ । चार महिना रहेर असोज १७ गते बाहिरिने अनुमान । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेश मनसुनजन्य विपद्बाट प्रभावित हुने प्राधिकरणले अनुमान गरेको छ । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान गरेको प्राधिकरणले कोशीमा २२ हजार घरपरिवारमा प्रभावित हुन सक्ने तथा सो मध्ये पाँच हजार घरपरिवारलाई उद्धार र राहत

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • ४९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलो एम्स एसईई. दौड प्रतियोगिता हुने

    धरान/ एम्स एकेडेमी धरान १२ का विद्यार्थीहरुले यो वर्ष एसईई दिएर बसेकाहरुको लागि दौड प्रतियोगिता गराउने भएको छ । दौढ प्रतियोगिताको नाम “एम्स एस.ई.ई. दौड प्रतियोगिता –२०८१” राखेको छ । बिद्यार्थीहरुको सामाजिक संस्था एम्स क्रीयटिभ ग्रुप(एसिजी) ले उक्त प्रतियोगिता गराउने भएको हो । प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिता यही जेठ २६ गते हुने भएको छ । आयोजक एसिजीका अध्यक्ष अंकित श्रेष्ठका अनुसार २०८० सालको एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुलाई पुनर्ताजगी गराउने, बिद्यार्थीहरुबिच सद्भाव र आत्मियता बढाउने र स्वास्थ्य जीवन जीउने उद्

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • ७३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved