एस.ई.ई.आईडलकि फाईनलिस्ट सुम्निमाले हिमाली मा.बि.मा नृत्य प्रस्तुत गर्दै मागिन भोट

  • जेठ २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का टप फाईनलिस्ट सुम्निमा राईले बुधबार आफुले एस.ई.ई.दिएको धरान-५ देउराली स्थित हिमाली मा.बि. पुगेर नृत्य प्रस्तुत गरि भोट मागेकी छिन।

 बिद्यालयले "सुम्निमा राई जिताउ अभियान" को ब्यानर सहित बाताबरण मिलाई दिए पछि सुम्निमालाई यो अवसर जुरेको हो। सुम्निमाले नृत्य प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए। 

आफू उत्कृष्ट १० मा पुग्नको लागि सपोर्ट गर्ने बिद्यालय परिवारलाई धन्यवाद ब्यक्त गर्दै आफुलाई भोट दिएर फाईनलमा जिताउन उनले शिक्षक, शिक्षिका र अभिभावकहरुलाई आग्रह गरिन।1717593955321

 धरान-५ का वडा अध्यक्ष मन प्रसाद लिम्बू समेत बिद्यालयमा पुगेका थिए।

प्रदेस स्तरीय एस.ई.ई.आईडलको फाईनलमा पुग्नु बिद्यालयको लागि मात्र नभई सम्पुर्ण वडा बासिहरुको लागि खुशिको कुरा भएको वडा अध्यक्ष लिम्बुले बताए।

सुम्निमालाई भोट गरि जिताउनको लागि वडा कार्यालयको तर्फबाट वडा एबम टोल बासिलाई बिशेष आग्रह गर्ने लिम्बुले बताए।

 स्कुलका प्रधानाध्यापक यमकुमार खत्रीले सुम्निमा उत्कृष्ट १० पुग्दा खुशी लागेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

भोट गर्नका लागि सहयोग पुगोस भनेर प्र.अ. खत्री र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक घिसिङले बिद्यालय परिवारबाट सन्कलित रकम सुम्निमालाई हस्तान्तरण गरे।

एस.ई.ई.आईडलका निर्देशक राम लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिए।1717593959068

 वडा अध्यक्ष मन प्रसाद लिम्बू, बिद्यालयका प्रधानाध्यापक यमकुमार खत्री, बि.ब्य.स. अध्यक्ष दिपक घिसिङ लगायतले सुम्निमालाई अबिर र खदा लगाएर फाईनलमा जितको लागि शुभकामना दिए।

बि.ब्य.स. अध्यक्ष घिसिङले सुम्निमा एस.ई.ई.आईडलको फाईनलमा पुगि बिद्यालयको नाम उच्च राखेको बताउदै फाईनलमा जितको लागि शुभकामना दिए।

   कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक हितराम लिम्बुले गरे।

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved