‘भाग्यभन्दा परिश्रम ठूलोे’ कृतिश्री र प्रशिष्का प्रथम

  • जेठ २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर–७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छन् ।
‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगितामा पक्षमा आफ्नो तर्क राखेर थापा प्रथम भएकी हुन् ।

विद्यालयले दुई समूहमा बाँडेर प्रतियोगिता आयोजना गरेको थियो ।

८ देखि १० कक्षासम्मको समूहमा विपक्षमा तर्क राखेर कक्षा ९ की सरस्वती हेम्ब्रम द्वितीय हुँदा पक्षमा मत राखेर कक्षा ९ कै प्रशान्त कामत तृतीय भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र युवा पत्रकार वीरेन्द्रकुमार साहको निर्णायक समितिले पुरस्कृतहरूको नामावली सार्वजनिक गरेको थियो ।

त्यस्तै कक्षा ५ देखि ७ सम्मको समूहबाट कक्षा ६ की छात्रा प्रशिष्का बराल प्रथम भएकी छन् ।

‘विदेशी संस्कृतिभन्दा नेपाली संस्कृति उत्तम’ विषयमा केन्द्रित वादविवादमा पक्षमा तर्क राखेर बराल प्रथम भएकी हुन् ।

त्यस्तै कक्षा ७ की छात्रा थनिसा पोखरेल द्वितीय र कक्षा ७ कै अदिती झाले तृतीय पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रमुख निर्णायक मीनकुमार नवोदितले विद्यालयस्तरदेखि नै विद्यार्थीको क्षमता विकासमा लाग्नुपर्नेमा जोड दिए ।

उनले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै बाहिरी ज्ञान पनि दिनु जरुरी रहेको उल्लेख गरे । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको ज्ञान निखारता ल्याउनुका साथै प्रतिस्पर्धी क्षमताको समेत विकास हुने नवोदितको भनाइ थियो ।

त्यस्तै विद्यालयका प्रिन्सिपलसमेत रहेका प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सुवालले विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको बताए ।

अतिरिक्त क्रियाकलापमा जोड दिएकै कारण जिल्लास्तरका विभिन्न प्रतियोगितामा विद्यालयले पुरस्कार जित्न सफल भएको सुवालले उल्लेख गरे ।

विजेता विद्यार्थीलाई नवोदितसहित विद्यालयका प्रिन्सिपल सुवालले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा दुई दर्जन विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved