धरान/ सुनसरीको धरान उपमहानगर भित्र रहेका निजी विद्यालयहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा धरानका १८ वटा स्कुललाई पछि पार्दै धरान ६ मा रहेका एभरेष्ट चिल्ड्रेन होम इंग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ ।
प्रथम भएसँगै अव यही जेठ ३२ गते इटहरीमा हुने सुनसरी जिल्ला भरीका निजी बिद्यालयहरुसँग प्रतिष्पर्धा गर्ने भएको छ ।
भखरै सम्पन्न भएको उतm प्रतियोगितामा सहभागी विद्यार्थीहरु कृतिका प्याकुरेल,निशान बिश्वकर्मा र कुशल प्याकुरेल सहभागी भएका थिए भने उनीहरुले १ सय १५ अंक प्राप्त गरी विजयी भएको प्याव्सन धरानका सचिव रबिन न्यौपानेले बताए ।
यस अघि पनि गत साल धरानबाट छनौट भई जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता एभरेष्ट स्कुलका विद्यार्थी सहभागि भई चौथो स्थान ल्याउन सफल भएका थिए ।
एभरे्ष्ट स्कुल धरान ६ का प्रिन्सिपल भुपाल पौडेलले जिल्ला स्तरीय हुने प्रतियोगितामा पनि यसपाली भने जीत हासिल गर्नको निम्ति स्कुलले विद्यार्थीहरुको निम्ति छुट्टै पूर्ब तयारी शुरु गरेको बताए ।
उनले भने,“धरान नगरबाट बिजेता भएका छन् बिद्यार्थी, अवस्य पनि विद्यार्थीहरुको लगनशीलता र मेहनेतले जिल्लामा पुगेर पनि बिजयी हासिल गर्ने कुरामा हामी ढुक्क छौ,सोही अनुसार विद्यार्थीलाई तयारी गर्न पनि लगाएको छौ ।”
”एभेरेष्ट स्कुलमा अध्ययन गर्ने विद्यार्थीले नगरमै सबैभन्दा राम्रो नतिजा ल्याउने र हाजिरी जवाफ,निबन्ध,बादविबाद, खेलकुद लगायत अतिरितm क्रियाक्लापहरुमा धरान नगरकै उत्कृष्ट बिद्यालयको रुपमा रहेको स्कुल व्यवस्थापन समितीका अध्यक्ष सन्तबीर पौडेलले बताए ।
सचिव न्यौपानेले दिएको अनुसार दोश्रो स्थान भने जेम्स सेकेण्डरी स्कुल धरान १८ ले ८५ अंक र तेश्रो भने सिद्धार्थ शिशु स्कुल धरान १६ ले ७५ अंक ल्याएर तृतीय भएको छ ।
प्रथम,दोश्रो र तेश्रो हुने तीन वटै टीमहरु प्याब्सन सुनसरीले आयोजना गर्ने जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागि हुन पाउने छन् । विजेता स्कुलहरुलाई आयोजक प्याव्सन धरान नगरले पुरस्कार स्वरुप सिल,ट्रफि सहित प्रदान गरेको थियो ।