अर्थ

    Showing ९३१-९४० of १,०८८ items.
  • धरानका बैंक तथा वित्तिय संस्था थप एक साता बन्द हुने

    धरान । कोरोनाको संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएकाले एक साताका लागि बन्द रहेका बैंक तथा वित्तिय संस्थाहरु थप एक साताका लागि बन्द हुने भएका छन् । धरान उपमहानगरपालिकाले सुचना जारी गर्दै थप एक साता धरानका कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुबाट प्रत्यक्ष सेवाग्राही उपस्थित भै हुने सेवा प्रवाह नहुने सुचना जारी गरेको हो । जेठ १५ गते सम्मका लागि बैंक तथा वित्तिय संस्था बन्द हुने भएको हो । कोरोना भाइरसको जोखिम यथावतनै रहेकाले जेठ ८ गतेको निर्णयानुसार बैंक तथा वित्तिय संस्था बन्द रहने जनाएको छ । बैंक तथा वित्तिय संस्था बन्द रहे पनि एटिएम सेवा, मोबाइल बैंकिङ लगायतका सेवाहरु सुचारु हुने पनि जनाएको छ

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • ९०२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बारीमा सब्जी कुहिए, फौजी प्रकोपले मकै नष्ट

    धरान । कोरोना भाइरसका कारण घोषणा गरिएको लकडाउनका कारण सुनसरीका कृषकहरु दोहोरो मारमा परेका छन् । एका तिर कृषकहरुले उब्जाएको सब्जी बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिन थालेको छ भने अर्कातर्फ कृषकले लगाएको मकैमा विगतको बर्ष झै फौजी प्रकोप बढेको छ । तरकारी खेतिका लागि उर्वरभूमि मानिएको सुनसरीको दक्षिणवर्ती क्षेत्रका किसानहरुले वारीमा फलेको तरकारी लकडाउनका कारण वजारमा पु¥याउन नसक्दा बारीमै कुहिन थालेको छ । जिल्लाको लौकही, बसन्तपुर, घुस्की, ववियाका किसानहरुले लकडाउनका कारण बारीमा फलेको तरकारी तथा साग सव्जी खेतवारीमा नै कुहिने अवस्थामा पुगेको बताएका छन् । व्यवसायीक खेतीका लागि यो क्षेत्र प

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • १,३७३ पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • धरानको कृषि बजार दैनिक दुई घण्टा खुल्ने, खुद्रा खरिद गर्न नपाइने

    धरान । गत जेठ १ गते देखि एक साताका लागि बन्द रहेको धरान स्थित कृषि उपज बजार स्थल आज देखि दुई घण्टाको लागि खुल्ला गरिएको छ । तरकारीजन्य वस्तुहरुको अभाव हुन थाले पछि बजारमा स्टक राखिएको तरकारीहरु बजार सम्म पुर्याउन दिनको दुई घण्टा थोक बिक्रिका लागि खुल्ला गरिएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनका अनुसार बिहान ४ बजे देखि बिहान ६ बजे सम्म मात्रै बजार खुल्ला रहनेछ । विहिबार धरान उपमहानगरपालिकामा बजारका प्रतिनिधी सहित सुनसरी उद्योग वाणिज्य संघ, धरान उपमहानगरपालिकाका प्रतिनिधीको छलफलबाट आज देखि बजार दुई घण्टा थोक बिक्रिका लागि खुल्ला गर्ने निर्णय गरेको थियो । बजारबाट आज करिब २ सय बोरा

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • १,२१७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हुण्डी कारोवारमा संलग्न ३ जना नगद सहित पक्राउ

    मोरङ । हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विहिबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका – ११ रोडशेष चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर १३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका १ की २५ बर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न बिराटनगर १३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो । साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१ लाख ७१ हजार ५ सय र भारतीय रुपैयाँ २३ हजार तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • १,०९५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङमा एक सातालाई वित्तीय संस्था बन्द

    विराटनगर । कोरोना संक्रमणको जोखिम झन् बढ्न थालेपछि मोरङका बैंक तथा वित्तीय संस्था साता भरका लागि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले मोरङ जिल्लाका सबै बैंक तथा वित्तीय संस्थाहरु जेठ ११ गतेसम्मका बन्द गर्न पत्राचार गरेको छ । राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम अत्यावश्यक बैंकिङ सेवा बाहेक अन्य सबै बैंकिङ क्रियाकलाप बन्द गर्न भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरुसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालय

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • १,२२३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना कहर र लकडाउन संगै १० हजार मज्दुरको रोजगार गुम्यो : उद्योगद्वारा ५० प्रतिशत उत्पादन कटौति

    इटहरी । कोशि राजमार्ग संगै जोडिएका सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालिक २९२ साना एवम ठुला उद्योगका उद्योगिहरू अहिले मारमा परेका छन ।पहिलो चरणको कोरोना संगै गत वर्ष भएको नौ महिना लकडाउनले थला परिसकेको औद्योगिक करिडोरका उद्योगहरू फेरि दोश्रो लहरको संक्रमण समुदाय स्तरमा फैलिएसंगै प्रसाशनले जारि गरेको निषेधाज्ञाका कारण उद्योगिहरू मारमा परेका हुन । औद्योगिक करिडोर भित्र सञ्चालित उद्योगहरूले कोरोना संक्रमण र निषेधाज्ञा जारी भएसंगै ५० प्रतिशत उपभोग्य बस्तुहरूको उत्पादनमा कटौति गरेका छन । यो संगै संक्रमणको खतरालाइ मध्यनजर गर्दै उद्योगहरूले दुइ वटा समय तालिका बनाइ सञ्चालन गृन थालेका छन । कर

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • १,३६३ पटक पढिएको
    • "तेजबहादुर बन"
  • बजेटमा उद्योगीको नौं बुँदे सुझाव

    विराटनगर/  उद्योग संगठन मोरङले आगामी आर्थिक वर्षको बजेटमार्फत औद्योगिक उत्पादन लागत घटाउन दीर्घकालीन महत्वका संरचनाहरुको विकास तथा सञ्चालनका लागि सरकार समक्ष आग्रह गरेको छ । औद्योगिक क्षेत्रको यातायात तथा पारवहन लगायतका क्षेत्रमा हुने अत्याधिक लजिस्टक खर्चका कारण उत्पादन लागत बढेको कारण स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्न नसकेको निष्कर्ष सहित संगठनले सरकारलाई नौं बुँदे सुझाव दिएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धनलाई अभियानका रुपमा अघि बढाएको संगठनले स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाई प्रवद्र्धन गर्न व्यापार तथा पारवहनका क्षेत्रमा छिमेकी मुलुकहरु भारत, चिन, बंगलादेश लगायतका मुलुकहरुस

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • ८३९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको बजेट खर्च निराशाजनक : कुल बजेटको ३० प्रतिशतमात्रै

    धरान । स्थानीय तहले तेस्रो चौमासिक शुरु हुँदासम्ममा करिब ५० प्रतिशतभन्दा बढी खर्च गरिसक्नुपर्ने हुन्छ । आर्थिक वर्ष समाप्त हुँदासम्म ८० प्रतिशत बजेट कार्यान्यवन भएका स्थानीय तहलाई उत्कृष्ठ मानिन्छ । सोही आधारमा संघीय सरकारबाट आउने बजेटको पनि निर्धारण हुने गर्दछ । स्थानीय तहको निर्वाचन हुनु अघिसम्म कर्मचारीबाट चलेको स्थानीय तह जनप्रतिनिधी आए पछि विकाश र बजेट कार्यान्यवनले गति लिने विश्वास गरिएको थियो । तर विगत ४ वर्ष यता जनप्रतिनिधी आए पछिको बजेट कार्यान्यवन वर्षेनी निराशाजनक नै बन्दै गएको छ । निर्वाचन भएको पहिलो वर्ष र दोस्रो वर्ष बजेट कार्यान्यवनमा नितिगत अफ्ठयाराहरु देखाए पनि चौथो वर्षको बज

    • प्रकाशित मितिः चैत ११, २०७७
    • १,४७७ पटक पढिएको
    • "दिनेश गजमेर"
  • आठ महिनामा २७ करोड भन्दाबढी राजश्व संकलन

    सुनसरी /  प्रदेश नम्बर १ मा आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ मुद्धा दर्ता हुँदा २७ करोड भन्दा बढी राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय जनाएको छ ।समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरा

    • प्रकाशित मितिः चैत ५, २०७७
    • १,१८४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अलैँची र चिया निकासी बढ्यो, अदुवा स्थिर

    इलाम । चालू आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपज निकासीमा सुधार देखिएको छ ।निकासी तथा प्रवद्र्धन बोर्डका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा भन्दा यस वर्ष परिमाण र आम्दानी दुवैमा सुधार आएको हो । नेपालबाट कृषिजन्य वस्तु अलैँची र चिया भारतसहित तेस्रो मुलुकमा निकासी हुन्छ । चालू आवको यस अवधिमा अलैँचीको निकासी तथा आम्दानीमा उल्लेख्य सुधार देखिएको हो । गत वर्षको तुलनामा चालू वर्षमा पनि अलैँचीका भाउमा सुधार आएकाले पनि आम्दानी बढेको हो । गत वर्षमा २ अर्ब ५१ करोड ८२ लाख १० हजार रुपियाँ बराबरको निकासी भएको थियोे भने यस वर्ष ३ अर्ब ८१ करोड ७६ लाख ४१ हजार रुपिय

    • प्रकाशित मितिः माघ २३, २०७७
    • १,४०५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved