धरान। चालु वर्षको पहिलो ६ महिनामा प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरले १९ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार ३ हजार ६ सय २७ मुद्दा दर्ता हुँदा १९ करोड ८ लाख ५९ हजार ४ सय ३५ राजश्व संकलन भएको हो । प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा राजश्व संकलन गर्न सफल भएको जनाएको छ । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकाशी र ट्राफिक ब्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । चालु वर्षको गत ६ महिना
धरान/ बैंकले संचालन गरेको रेमिट्यान्सको पार्किङ एकाउण्टबाट रकम अपचलन भएको टिप्पणी प्रति सप्तकोशी डेभलपमेन्ट बैंकले ध्यानाकर्षण भएको जनाएको छ । बैंकले विज्ञप्ती जारी गर्दै रकम अपचलन भएको विषयमा कानुन बमोजिम उजुरी परि अहिले अनुसन्धानको क्रममा रहेको जनाएको छ । अनुसन्धानमै रहेको विषय प्रति थप टिकाटिप्पणी गर्न नमिल्ने भएकाले दोषि देखिएका व्यक्तिहरु उपर कानुन बमोजिमनै कारवाही हुने जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश १ मा स्थापित विश्वसनिय बैंकको रुपमा रहेको यस बैंक र कर्मचारीहरु प्रति वितृष्णा, भ्रम फैलाई निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी र अन्य सरोकारवाला सबैलाई नकारात्मक प्रभाव
धरान / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो आर्थिक सल्लाहकारमा विराटनगरका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतलाई नियुक्त गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्षसमेत रहेका राउतलाई मुख्यमन्त्री राईले बुधबार आफ्नो आर्थिक सल्लाहकारमा नियुक्ति गरेका हुन् । सल्लाहकार राउतले आफू कुनै पनि राजनीतिक दल नजिक नभएको दाबी गर्दै आएका छन् । आर्थिक सल्लाहकार नियुक्त भएका राउतले प्रदेश १ को आर्थिक विकासका लागि मुख्यमन्त्री राईसँगको परामर्शमा आफूले सकेको साथदिने प्रतिवद्धता जनाए । उनले प्रदेश १ मा जलविद्युत र कृषिका लागि ठूलो सम्भावना रहेको
धरान । आर्थिक वर्ष २०७८÷७९ को लागि घाटा बजेट बनाएको धरान उपमहानगरपालिकाको करिब ३५ प्रतिशत योजनाहरु कार्यान्यवन नहुने भएका छन् । उपमहानगरले करिब ५० करोड रुपैयाको घाटा बजेट बनाएकाले योजनाहरु पनि प्रभावित हुने भएको हो ।पुँजिगत खर्च तर्फ ९६ करोड ५४ लाख ६५ हजार ४ सय रुपैयाको विभिन्न योजनाहरु मध्ये वडा स्तरिय २८ करोड र नगर स्तरिय ३५ करोड मात्रै खर्च हुने भएको छ । नयाँ योजनाहरु कार्यान्यवन नहुने भएका हुन् । नगर स्तरिय योजनामा संघीय र प्रदेश समेत रहेको छ । उपमहानगरको चालु खर्च १ अर्ब ३ करोड ९९ लाख ३४ हजार ६ सय रहेको छ । धरान उपमहानगरपालिकाको योजना महाशाखाको अनुसार प्राथमिकताको आधारमा योजनाहरु
धरान/ न्यादी हाइड्रोपावरको सेयर नेपाल नेपाल स्टक एक्चेञ्जमा सुचीकृत भएको छ । कम्पनीले सर्वसाधरणका लागि बिक्री गरेको २५ लाख ५० हजार, स्थानीय वासिन्दाको लागि बिक्री गरेको १५ लाख कित्ता र संस्थापाक शेयर१ करोड ९ लाख ५० हजार कित्ता गरि जम्मा १ करोड ५० लाख कित्ता सुचीकृत गरेको हो । कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एनवाईएडिआई (NYADI) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ ।
धरान/ धरान स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब ६६ करोड ८६ लाख ८ हजार ४ सय ८४ रुपैयाँ १६ पैसा कुल कारोबार गरेको छ । शनिबार आयोजना भएको १० औँ स्थापना दिवस तथा ९ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष डा.योगेन्द्र राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७÷७८ मा खुद बचत ३६ लाख ९२ हजार २ सय ८९ रुपैयाँ ५० पैसा भएको बताए । सहकारीले विभिन्न कोषहरुमा बाँडफाँड गर्दा शेयर बोनस कोषमा १२ लाख ९२ हजार ६ सय ५३ रुपैयाँ ६९ पैसा संचित गर्न सफल भइ कुल शेयर पूँजिको ५ प्रतिशतका दरले लाभांश वितरण गर्न सफल भएको बताए । सहकारीले आर्थिक वर्षक
झापा/ पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको निर्यात भन्दा दुई गुणा बढी आयात भएको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा उक्त नाकाबाट चार अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयकोतथ्यांक छ । सो अवधिमा नेपालबाट बंकलादेश, भारत लगायतका स्थानमा २ अर्ब २४ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएको कार्यालयका प्रमुख देवीन्द्र साहूले जानकारी दिए ।सो अवधिमा बंगलादेशबाट सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) एक अर्ब ९२ करोड
विराटनगर । सांग्रिला डेभलपमेन्ट बैंकले मोरङको कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरमा बैंकिङ साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकको १७ औं वार्षिकोत्सवको अवसर पारेर विराटनगर शाखाले वचत संकलन मात्र नभई ऋण परिचालन तथा सही वित्तीय निर्णयबारे सर्वसाधारणलाई जानकारी गराएको हो । पैसाको सही प्रयोग गर्ने सीप, वित्तीय संस्थाहरुले दिने सेवा सुविधाहरुको सही प्रयोग गर्ने विधि तथा वित्तीय सेवा उपभोगको अधिकार तथा कर्तव्यको बारेमा जानकारी दिइएको हो । बचत, ऋण, लगानी, विप्रेषण, आधुनिक बैंकिङ प्रणाली, वीमा तथा शेयर बजार र बैंकिङ पहुँच समेतका विषयमा नागरिकहरुलाई सुसुचित गराउनु पनि बैंकको दायित्व भित्र पर्ने बै
विराटनगर । कात्तिक पहिलो साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले सुनसरी मोरङ औद्योगिक क्षेत्रमा दुई अर्ब ४७ करोड बराबरको क्षति भएको छ । उद्योग संगठन मोरङले कात्तिक पहिलो साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले औद्योगिक क्षेत्रमा परेको क्षतिबारे गरिएको प्रभाव मूल्याङ्कन प्रतिवेदन र सार्वजनिक गरेको हो । उद्योगी व्यवसायी, सरोकारवाला र प्रशासनका प्रतिनिधि समेतको सहभागितामा प्रतिवेदन सार्वजनिक गरिएको हो । बाढीबाट कूल ४१ उद्योगमा प्रभावित भएको र त्यसको असरबाट कतिपय उद्योगले अझै उत्पादन सूचारु गर्न नसकिएको जनाएको छ । बाढी साम्य भए लगत्तै उद्योग संगठनले प्रभावित उद्योगमा भएको क्षतिको स्थलग
धरान । आर्या ब्युटि आर्ट एण्ड एकेडेमी र महालक्ष्मी विकास बैक बिच ग्राहकलाई सहुलियत दिने विषयमा सम्झौता भएको छ । अब महालक्ष्मी विकास बैकका ग्राहकलाई आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा अध्ययन गर्दा वा सेवा लिदा विषेश छुट पाउनेछन् । महालक्ष्मी विकास बैक धरानका प्रमुख प्रबल श्रेष्ठ र आर्या ब्युटि आर्ट एण्ड एकेडेमीकी कार्यकारी निर्देशक सीता मिश्रले शुक्रबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब महालक्ष्मी विकास बैकमा खाता भएका वा अन्य सेवा लिएका ग्राहकले आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा ब्युटिसियनका हरेक कोर्ष सिक्दा २५ प्रतिसत पाउने छन् । यसका लागि महालक्ष्मी विकास बैकले आफ्ना ग्राहकको सिफा