प्रहरीद्वारा उन्नाइस करोड राजस्व संकलन

  • माघ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान। चालु वर्षको पहिलो ६ महिनामा प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरले १९ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार ३ हजार ६ सय २७ मुद्दा दर्ता हुँदा १९ करोड ८ लाख ५९ हजार ४ सय ३५ राजश्व संकलन भएको हो । प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा राजश्व संकलन गर्न सफल भएको जनाएको छ ।

समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकाशी र ट्राफिक ब्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।

चालु वर्षको गत ६ महिनामा मात्र ३ हजार ६ सय २७ वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ११ सय ६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ६ सय ३२ वर्ष कैद भुक्तान भई ४ करोड २५ लाख ९० हजार ४ सय ५२ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।

यसैगरी भन्सार चोरी निकासीतर्फ अवैधरुपमा सामान चोरी निकासी गर्ने ४७ जना मानिस पक्राउ गर्नुका साथै ५ करोड ५८ लाख ८० हजार ५ सय ६७ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, नदीजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने ३२ जना मानिस र ५ सय १५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै २० लाख १९ हजार २ सय ५० राजश्व संकलन भएको छ ।

यसैगरी अवैध काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ गर्नुका साथै १ हजार ९ सय ५२ क्यू.फिट. काठ बरामद गरी ४४ लाख ४ हजार ६ सय ६६ रुपैया राजश्व संकलन भएको छ ।
यसैगरी ट्राफिक ब्यवस्थापनतर्फ यस आर्थिक वर्षको ६ महिनामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ३१ हजार ५ सय ७६ वटा सवारी साधनलाई कारवाही गर्दा ८ करोड ५९ लाख ६४ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।

यसैगरी लागूऔषध नियन्त्रणतर्फ गाँजा ३ सय ८२ किलो ८ सय ९९ ग्राम, चरेश १४ ग्राम ५ सय मिलिग्राम, ब्राउन सुगर १ किलो ४ सय २५ मिलिग्राम, विभिन्न मनोद्विपक क्याप्सुल १० हजार ६८, मनोद्विपक एम्पुल ३ हजार ८७५ र मनोद्विपक औषधीहरु ४७५ क्याप्सुल नियन्त्रण गरिएको र १ हजार ६ सय ६१ रोपनी क्षेत्रफलमा लगाएको ७ लाख ५१ हजार ७ सय ७८ बोट गाँजा नष्ट गरिएको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved