सप्तकोशी विकास बैंकको प्रष्टीकरण: निक्षेप, शेयर र कारोबारमा विश्वस्त रहन आग्रह "‘रकम अपचलन भए असुल उपर हुन्छ’"

  • पुस १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ बैंकले संचालन गरेको रेमिट्यान्सको पार्किङ एकाउण्टबाट रकम अपचलन भएको टिप्पणी प्रति सप्तकोशी डेभलपमेन्ट बैंकले ध्यानाकर्षण भएको जनाएको छ । बैंकले विज्ञप्ती जारी गर्दै रकम अपचलन भएको विषयमा कानुन बमोजिम उजुरी परि अहिले अनुसन्धानको क्रममा रहेको जनाएको छ । अनुसन्धानमै रहेको विषय प्रति थप टिकाटिप्पणी गर्न नमिल्ने भएकाले दोषि देखिएका व्यक्तिहरु उपर कानुन बमोजिमनै कारवाही हुने जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश १ मा स्थापित विश्वसनिय बैंकको रुपमा रहेको यस बैंक र कर्मचारीहरु प्रति वितृष्णा, भ्रम फैलाई निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी र अन्य सरोकारवाला सबैलाई नकारात्मक प्रभाव पार्ने उद्देश्यले भएका केहि क्रियाकलाप र सो बाट श्रृजित समाचारहरुबाट अभिप्रेरित हुने अवश्था होइन ।’ रकम हिनामिना वा अपचलन गरेको अनुसन्धानबाट देखिए रकम असुल उपर हुनेनै हुँदा हालको सन्दर्भमा बैंकको निक्षेप, शेयरधनीो लगानी तथा अन्य कारोबारमा फरक नपर्ने भएकाले विश्वस्त रहन सरोकारवाला सबैमा आग्रह गरेको छ ।

बैंकले मंसिर मसान्त सम्म पुँजीकोष ८६ करोड ३३ लाख रहेको जनाएको छ । मंगलबार ४ बजे सम्म निक्षेप ४ अर्ब १८ करोड रहेको जनाउँदै लगानी ४ अर्ब ३६ करोड र सरकारी सुरक्षणपत्रमा लगानी १८ करोड रहेको जनाएको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved