धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय नाजुक अवस्थामा पुगेको नवनियुक्त रजिष्ट्रर डा. सूर्यप्रसाद संग्रौलाले सार्वजनिक गरेको स्वेतपत्रमा उल्लेख छ । रजिष्ट्रार संग्रौलाले मंगलबार सार्वजनिक गरेको स्वेतपत्रमा प्रतिष्ठानमा १ अर्ब ४१ करोड ऋण रहेको जनाएका छन् । उनले सार्वजनिक गरेको स्वेतपत्रमा भनेका छन्–‘ कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको रहेको छ, प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन गर्न कठिन छ ।’ उनले सार्वजनिक गरेको श्वेतपत्रमा परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेक
धरान । धरान १३ फुस्रे स्थित सिद्धेश्वर शिव मन्दिर व्यवस्थापनका लागि लगाइएको श्रीमद्भाग्वत पुराण सप्ताह ज्ञान महायज्ञबाट ६ लाख ५० हजार रुपैयाँ बढी सङ्कलन भएको छ । सिद्धेश्वर शिव भजन किर्तन समूहको आयोजनामा साउन १८ गतेदेखि २५ गतेसम्म लगाइएको महायज्ञबाट सङ्कलित रकमले भवन निर्माण, ट्रस्ट, र मन्दिर परिसरमा ट्वाइलेट बाथरुम निर्माण गर्ने उद्देश्य रहेको सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव गौतम श्रेष्ठले जानकारी दिए । श्रीमद्भाग्वत पुराण सप्ताह ज्ञान महायज्ञको वाचन युवा पण्डित प्रदीप खतिवडा र उपवाचक पण्डित कौशल दाहालले गरेका थिए । पुजारी भवन निर्माण र मन्दिर व्यवस्थापनका लागि स्वतस्फूर्त
धरान । नेपाली चियामा भारतले अंकुस लगाउने तयारी गरिरहेको छ । नेपाली चियामा पटक पटक समस्या निकालिरहेको भारतले पछिल्लो समय नियन्त्रण गर्न लागेको हो । नेपाली चिया निर्यातमा भारतले अंकुश लगाउने तयारी गरिरहेको भन्दै इलामको चिया व्यवसायीले सरकारसँग गुहार मागेका छन् । चिया व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भारत सरकारले नेपाली चिया माथि अंकु्श लगाएमा समस्या आउने भन्दै कुटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन । नेपालको चियामा अंकुश लगाउने तयारी गरेपछि काठमाडौं पुगेको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनको टोलीले मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर समस्या सम
धरान । इलामको सन्दकपुर गाउँपालिका २ का वडाध्यक्ष सोनाम राईले सन्दकपुर गाउँपालिकामा आएका पर्यटक बाटोमा हिडिरहँदा शौचालयको चावी समेत नदिएको गुनासो आएको बताए । उनले पर्यटनको कुरा गछौ तर एक पटक आएको पर्यटक अर्को पटक नआउने बनाएर पठाएपछि पर्यटनको विकास नहुने भन्दै साना कुरामा जिम्मेवार नबने सम्म पर्यटन विकास नहुने बताउँछन । सन्दकपुर महासँघ गाउँपालिका होमिस्टे इलामका अध्यक्ष जीवन शिवा पर्यटक आएपनि आएका पर्यटक राखेर संस्कार दिन नसकेको गुनासो गर्छन् । आएका पर्यटकलाई गरिने संस्कारमा कहिँ न कँहि चुकेको कारण एक पटक आएका पर्यटक फर्किँदा गुनासो गर्ने गरेको बताउँछन । पर्यटन व्यवसाय बढाउने हो भने प्रत्येक पाल
धरान । धरान उपमहानगरपालिका धरान ८ मा निर्माण भइरहेको बसपार्कको संघीय बजेट विनियोजन नभएपछि आफ्नै बजेटले निर्माण कार्यलाई सुचारु गर्दा धरान उपमहानगरपालिकालाई समस्या भएको छ । संघीय सरकारसँगको संयुक्त लगानीमा धरान उपमहानगरपालिमा निर्माण शुरु गरेको स्मार्ट बसपार्कका लागि संघीय सरकारले यस वर्ष बजेट विनियोजन नगर्दा उपमहानगरपालिकाले आफ्नै बजेटबाट निर्माणलाई निरन्तरता दिँदा समस्या भएको हो । संघको ५० प्रतिशत लगानी र स्थानीय सरकारको ५० प्रतिशत लगानीमा धरान उपमहानगरपालिकाको वडा नम्बर ८ मा निर्माण भइरहेको स्मार्ट बसपार्कका लागि यस वर्ष कुनै पनि बजेट विनियोजन नगरिदिए पछि स्थानीय सरकारले आफ्नो स्रोतब
धरान । बचत गरिएको रकम फिर्ता गर्न पहल गरिदिन माग गर्दै आन्दोलनमा रहेका बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिएको जवाफले भिडलाई द्वन्दात्मक अवश्थामा पु¥याएको छ । मेयर साम्पाङले आइतबार धरान उपमहानगरपालिका पुगेका बचतकर्तालाई सहकारीमै गएर माग्नुस भन्दै जवाफ दिए पछि अवश्था द्वन्दात्मक अवश्थामा पुगेको छ । न्यायका लागि स्थानीय सरकारलाई गुहारिरहेका बचतकर्ता प्रति मेयरले दिएको गैह्रजिम्मेवार जवाफले सहकारी र बचतकर्ता बिच द्वन्द बढ्ने सक्ने भन्दै सामाजिक सञ्जालहरुमा नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् । मेयर साम्पाङले बराहमै गएर आफ्नो फसेको रकम उठाउन
धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल निर्माणका लागि संघीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् । विराटनगर आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मेयर कोइरालाले विराटनगरमा व्यापार मेला गर्न स्थान अभाव भएको सुनाए । उनले औद्योगिक तथा व्यापारिक मेला आयोजना गर्न प्रदर्शनीस्थलको अभाव रहेको बताए । जग्गाको व्यवस्थापन महानगरपालिकाले गर्नेसमेत उनको भनाइ थियो । ‘मन्त्रीज्यू बजेट छुट्याएर मन्त्रिपरिषद्बाट निर्णय गराउनुहोस्, हामी जग्गा उपलब्ध गराउन तयार छौं,’ मेयर कोइरालाले भने, ‘प्रदर्शनीस्थलको अभाव
धरान । नेपाल कृषि प्रधान देश हो । कृषिका लागि सरकारले अरबौ खरबौ बजेट छुट्याएको छ तर यही कृषिप्रधान देश नेपालमा छिमेकी मुलुक भारतको भर पर्नुपर्ने अवस्था देखिएको छ । यसको उदाहरण पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय तथ्यांकमा पाइएको छ । आर्थिक बर्ष २०७८÷०७९ लाई हेर्ने हो भने काँकडभिट्टा नाका भएर कृषि सामाग्री निर्यात भन्दा आयात बढी देखिएको छ । यो आर्थिक बर्षमा एक अर्ब रुपैया भन्दा बढीको कृषि सामाग्री भारत तथा तेस्रो मुलुकबाट आयात भएको तथ्यांक क्वारेन्टाइन कार्यालयसँग रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷ ७९ मा यो नाका भ
धरान । प्रदेश १ मा आर्थिक बर्ष ०७८÷०७९ मा ८ हजार ५५ मुद्धा भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटगरले जनाएको छ । नेपाल प्रहरीको संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा १ नम्वर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक २०७८÷०७९ मा ८ हजार ५५ बटा मुद्धा दर्ता भएको जनाइएको छ भने ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन भएको जनाएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार, संगठन प्रमुख तथा प्रदेश प्रमुखको निर्देशनलाई पालना गर्दै एक नम्वर प्रदेशका विभिन्न प्रहरी
धरान । सुनसरी उद्योग वाणिज्य सघ धरानको नवनिर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम विहीबार सम्पन्न भयो । देशको अर्थतन्त्रसँग सरोकार राख्ने संघको कार्यक्रममा अथिति पनि आर्थिक क्षेत्रमा रहेर काम गर्नेहरु उपस्थित थिए । संघका उपाध्यक्ष राजेश अग्रवालले सञ्चालन गरेको कार्यक्रममा अधिकांश वक्ताहरुले मुलुकको गिर्दो अर्थतन्त्रको विषयमा चर्चा गरे । उनीहरुले रुस र युक्रेनको युद्धले संसारलाई पारेको प्रभावसँगै श्रीलंकामा भएको ‘इकोनोमिक्स क्राइसिस’ को विषयमा चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले पछिल्लो समय युक्रेन र रुसको युद्धक