मोरङ / विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने संक्रमित फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ । समितिमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत, विराटनगर महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखा प्रमुख पुनम दाहाल, सरकारी अस्पताल, निजी अस्पताल (अफिन), नोवेल, विराट मेडिकल, पोलिक्लिनिक, ल्याब, फोहोर व्यवस्थापन साझेदार संस्था र फार्मेसीका एक–एक प्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको छ । सो समितिले जमिन, प्रविधि, फोहोरको मात्रा, सञ्चालन व्यवस्थापनलगायतका विषयमा अध्ययन गरी माघ मसान्तभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । प्रतिवेदन कार्यान्वयनका लाग
इलाम / हरेक किसानको करेसामा साग हुने गर्दछ । त्यो साग बजार सम्म पुर्याउन सके किन्नेको हारालुछ हुने गर्दछ । तर इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाई बस्तुलाई खुवाउने गरेका छन् । त्यो सागलाई सदुपयोग गर्न सके गुन्द्रुक बनाएर पनि सदुपयोग गर्न सकिन्छ । तर स्थानीय तहले किसानका उत्पादन प्रवद्र्धन गर्न नसक्दा हरेक किसानका घरमा उत्पादन हुने साग खेर गइरहेको छ । हरेक निर्वाचनमा तिनै किसानका उत्पादन बजारीकरण गर्छौ भनेर चुनाव जित्छन् र जिते पछि किसान प्रति कुनै योजना बन्दैनन् त्यसले गर्दा किसानका उत्पादन सदुपयोग हुन नसक्दा किसानको जीवनस्तर उक्सिन सकेको छैन । तर इलामको रोङ गाउँपालि
भोजपुर / भोजपुरको खुकुरी नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय छ । यहाँ बनाइएका खुकुरी अन्तर्राष्ट्रिय बजारमा माग बढी छ । तर माग अनुसारका खुकुरी बनाउन भने त्यहाँका व्यवसायीहरुले सकिरहेका छैनन् । विविध कारणले नेपालमा आर्थिक मन्दी भएका समयमा खुकुरी बाहिर जान सकेको थिएन । भारतले गरेको नाकाबन्दी तथा कोरोना संक्रमणका समयमा नेपालमा बनेका त्यसमा पनि भोजपुरे खुकुरीको माग अत्यन्तै न्यून थियो । यहाँको खुकुरी चाइना लगायतका देशमा जाने भएपनि संक्रमणका समयमा निर्यात हुन सकेको थिएन । तर अहिले सहज बन्दै गएपछि भोजपुरे खुकुरीको माग अत्यधिक भए पनि माग अनुसार बनाउन नसकिएको खुकुरी उद्योगी व्यवसायीहरुल
अहिले हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ । यससँगै अपराधीहरूले पनि अपराधका लागि भिन्न–भिन्न तरिका प्रयोग गर्ने गरेका छन् । वित्तीय अपराधमा पनि यस्तै अवस्था देखिएको छ । पछिल्लो समय डिजिटल कारोबार बढ्दै गएको छ भने अनलाइनमार्फत् हुने वित्तीय अपराध पनि बढ्दै गएको छ । चालू आर्थिक वर्षको मङ्सिरसम्म डिजिटल प्लेटफर्ममार्फत् ३२ करोड ३८ लाख ३१ हजार रुपैयाँ ठगी भएको छ । पाँच महिनाको यो तथ्याङ्क अघिल्ला तीन वर्षको कुल ‘डिजिटलाइज्ड’ ठगीभन्दा पनि धेरै भएको देखिन्छ । आर्थिक वर्ष ०७६÷०७७ देखि ०७८÷७९ सम्म तीन वर्षमा ३१ करोड २४ लाख ७२ हजार रुपैयाँ ठगी भएको थियो । यो निकै चिन
विजयपुर/धरान १० को मेनरोड पुतली लाइनको सडकखण्ड विस्तार गर्ने विषयमा सरोकारवालाहरुबीच बुधबार छलफल भएको छ । वडा अध्यक्ष विवेक राईको सक्रियतामा छलफल भएको हो । छलफलमा नगरपालिकाले सडक निर्माणको लागि बजेट पारित गरेसंगै अध्यक्षले राईले वडावासीलाई सामेल गराई छलफल अगाडि बढाएका हुन् । सैनिक भवनमा भएको छलफलमा नगरपालिका योजना प्रमुख सुरज श्रेष्ठको समेत उपस्थिति रहेको थियो । धरानको व्यस्त बजारको रुपमा लिइएको धरान १० पुतली लाइनलाई धरानको विकासका लागि पनि सडक विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइएको थियो । सडक विस्तार गर्ने क्षति नहुने तरिकाले बढाउनुपर्ने बताइएको थियो । २०५५ सालमा पुतली लाइनलाई ५० फिटे बा
नेपाललाई अहिले पनि कृषिप्रधान देश भनिन्छ । अहिले पनि यहाँका ६० प्रतिशतभन्दा बढी मानिस कृषिमै आश्रित छन् । त्यसैले कृषि क्षेत्रकै विकासबाट यहाँ नागरिकहरूको जीवनस्तर उकास्न सकिन्छ । कृषि, पर्यटन र जलस्रोतको सदुपयोग नै हाम्रो देश विकासका प्रमुख आधार हुन् । यीमध्ये कृषिलाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ । कुनै समय खाद्यान्न निर्यातकर्ता हाम्रो देश अहिले खाद्यान्न निर्यातकर्ता बन्न पुगेको छ । यो विडम्बनाको विषय बन्न पुगेको छ । कृषि उत्पादनमा आत्मनिर्भर बन्नु सरकार र सरकारी निकायहरूको प्राथमिकताको विषय बन्नुपर्छ । रुस–युक्रेन युद्धपछि त कृषि उत्पादनमा आत्मनिर्भरताको आवश्यकता अ
विकास निर्माणको तुलनामा चालू खर्च बढ्न थालेपछि सार्वजनिक खर्चमा कटौती गर्न सरकारले बेला–बेलामा कार्यविधि बनाउने गरेको छ । त्यस्तो कार्यविधिमा सार्वजनिक खर्च कटौतीका लागि विभिन्न विकल्प प्रस्तुत गरिएका हुन्छन् । सार्वजनिक निकायका तर्पmबाट हुने कार्यालय सामान, पानी, बिजुली, इन्धन तथा मसलन्द खर्चमा मितव्ययिता अपनाउनुपर्ने, सार्वजनिक निकायले गर्र्ने गरेका वार्षिक प्रतिवेदनलगायतका प्रकाशनहरू कानुनले अनिवार्य गरेको अवस्थामा बाहेक छपाइ गर्न नपाइने र त्यस्ता प्रतिवेदन अनलाइनमा प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको हुन्छ । त्यस्तै, विभिन्न तहका सरकारबीच सहलगानीमा सञ्चालित आयोजनाबाहेक दोह
धरान / आफ्नै भवन हुँदाहुँदै पनि मालपोत र नापी कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आइरहेका छन् । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक वर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा पनि विवादका कारण सञ्चालन हुन नसकेको हो ।२०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ । मालपोत तथा नापी कार्यालयको भवन धरान १६ पानबारीमा एक वर्ष अगाडि नै निर्माण सम्पन्न भएपनि विवादका कारण अझै आफ्नो भवनमा सर्न सकेको छैन । धरान ६ पानबारीका स्थानीयहरुले एक वर्ष अगाडि भवन निर्माण सम्पन्न हुँदा पनि का
वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्न थालेपछि रेमिट्यान्समा सुधार आएको समाचार प्रकाशमा आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार चालू आवको पहिलो पाँच महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भएर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति पनि बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मङ्सिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । गत असार मसान्तसम्मको तुलनामा अहिले भएको सञ्चिति ६.३ प्रतिशतले बढी रहेको राष्ट्र बैङ्कले जनाएको छ । नेपाली अर्थतन्त
मोरङ / बैंकहरुले लिएको चर्को व्याजरको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी तथा व्यवसायीहरुले विहीबार काठमाण्डौ नै पुगेर समस्याको समाधान गरिदिन आग्रह गरेका छन् । चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरुलाई नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग समस्या समाधान गर्नका लागि केही समय अगाडि छलफलमा बोलाएपछि सकारात्मक बनेका उद्योगी, व्यवसायहरुले पुन :काठमाण्डौमै पुगेर स्मरण गराएका छन् । विहीबार मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे लगायत काठमाण्डौ नै पुगेर अर्थमन्त्री पौडेल, सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, पर्यटन सचिव सु