अर्थ

    Showing ६७१-६८० of १,०८६ items.
  • पिण्डेश्वरको माछा स्थान्तरण गरियो

    धरान / धरान १४ विजयपुरमा रहेको पिण्डेश्व मन्दिर अगाडि रहेको सरस्वती सरोवरमा रहेका माछा धमाधम मर्र्न थालेपछि माछालाई सुनसरीको चतरामा रहेको सप्तकोशीमा स्थान्तरण गरिएको छ । सरस्वती सरोवर (पोखरी) मा भएका ५ सय भन्दा बढी माछा मरेपछि धरान उपमहानगरपालिका वडा नं. १४ वडा समिति र पिण्डेश्वर बाबाधाम समितिले त्यहाँको माछा सप्तकोशीमा स्तान्तरण गरिएको हो । पिण्डेश्वर मन्दिर अगाडि रहेको सरस्वती सरोवरमा सर्वसाधारणले पितृको नाममा माछा चढाउने गरेका छन् । जिउँदो साना साना भुरा पोखरीमा हाल्ने गरेकै कारण यहाँ धेरै माछाहरु रहेका थिए । तर पछिल्लो समय पोखरीमा रहेको माछा धमाधम मर्न थालेपछि वडा समिति र पिण्डे्रश्वर बा

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • ८७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महानगरद्वारा १५ वटा सहकारी खारेजी

    मोरङ/विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर–४ को पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, ५ को विराट कोशेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी सहकारी संस्थाको दर्ता खारेजी गरिएको छ । यसैगरी विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • ८५२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरान ५ मा अपेक्षाकृत विकास भएन’

    धरान । धरान उपमहानगरपालिका वडा नं. ५ धरान उपमहानगरपालिकाभित्र गाँभिए पनि अपेक्षाकृत विकास नभएको भन्दै धरान ५ का सर्वसाधारणले मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र बुझाएका छन् ।कविन्द्र याक्खा तथा न्यायप्रेमी जनसमुदायको् नाममा दिइएको विज्ञप्तीमा पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको यतिका बर्ष वितिसक्दा पनि यस वडाको अपेक्षाकृत विकास हुन नसकेको विज्ञप्तीमा उल्लेख गरेका छन् । मेयर साम्पाङलाई मगबार बुझाएको विज्ञप्तीमा धरान ५ लाई विकास निर्माणमा विदेभ गरिएको उल्लेख गरेका छन् । उनीहरुले चालु आर्थिक बर्ष २०७९÷०८० को बजेटमा न्यून बजेट विनियोजन, धरान ५ को खानेपानी समस्या समाधानमा गम्भीर नभ

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • १,००९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘बैंकको ऋणका कारण व्यवसायी धरासायी’

    मोरङ । व्यवसायीहरु बैंकको चर्को व्याजदरको विरोधमा निरन्तर आन्दोलित हुँदै आएको अवस्थामा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुकमार कार्कीले बैंकको चर्को व्याजदरका कारण स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले वैंकले व्यवसायी तथा उद्योगीबाट लिएको चर्को व्याजदरकै कारण उद्योगहरु धरासायी बन्दै पलायन हुने अवस्थामा पुगेको बताए । मुख्यमन्त्री कार्कीले साना उद्योगीहरुले जग्गा उपलबध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराट

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • ८२६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘जीवन स्तर उकास्ने राज्यको नीति नै छैन’

    धरान । साना व्यवसायीहरुलाई राज्यबाट हेर्ने दृष्टिकोणमा फरक रहेको व्यवसायीहरुले बताएका छन् । नेपाल साना उद्योग व्यवसायी संघ प्रधान कार्यालय धरानको २२ औ साधारणसभा तथा १० औ अधिवेशन कार्यक्रमका अवसरमा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । धरान २० माछामारामा रहेका गोर्खा स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष झलकमान श्रेष्ठले साना व्यवसायिक अहिले पीडामा रहेको बताएका छन् । उनले कोरोना सक्रमणको असर अहिलेसम्म रहेको बताए । उनले भने–‘कोरोना संक्रमणको असर अहिलेसम्म छँदैछ, फेरि आर्थिक संक्रमण भएको छ, साना व्यवसायीहरुको रोजीरोटी गुम्ने अवस्थामा छ, सरकारले यस्ता व्यवसायीका लाग

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • ८९३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नगरिकता नपाउँदा युवाहरु लागे भारतिर

    रंगेली / बर्षौदेखि नेपालमा बसोबास गरे पनि जन्मको आधारमा पाउने जन्मसिद्ध नागरिकता नपाएपछि पूर्वी मोरङका युवाहरु रोजगारीका लागि भारत जान थालेका छन् । नेपाली नागरिक्ता नहुँदा उनीहरुले स्वदेशमै रोजगारी पाउनबाट बञ्चित भएका छन्। स्वदेशमै रोजगारीको अवसर नपाएपछि उनीहरु धमाधम रोजगारीका लागि भारततर्फ पलायन भएका हुन् । रंगेली नगरपालिका–५ आमगाछीका सुकुम्वासी टोलका युवाहरु परिवार नै लिएर जीवनयापनका लागि रोजगारका लागि भारत पलायन भएका छन् ।उनी मात्र हैन ससुकुम्वासी टोलका ३० घर परिवारमध्ये १५ परिवार भारतको दिल्ली, पन्जाव, हरियाणा लगायतका सहरहरुमा गएर काम गर्न थालेका छन्। नेपाली नागरिकता नहुदा बैक तथा व

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १,५११ पटक पढिएको
    • "रबिन्द्र बराल"
  • नेपाल उद्योग तथा व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ

    धरान / व्यवसायी तथा उद्योगीको संठन नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान प्रथम अधिवेशनले शिवराज श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । धरान १२ पूर्वी होटलमा शनिवार आयोजित प्रथम नगरअधिवेशन भएको थियो । प्रदेशसभाका सभासद रमेश बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा व्यापारी तथा व्यवसायीहरुको हितका लागि गठन गरेको महासंघका नयाँ कार्यसमितिलाई सभासद बस्नेतले कार्यकाल शुभकामना व्यक्त गरेका थिए । २ बर्षे कार्यल रहने महासंघका नवनिर्वाचित अध्यक्ष शिवराज श्रेष्ठले आफ्नो कार्यकालमा व्यवसायिक हक हितका कामलाई खर्चिने बताए ।

    • प्रकाशित मितिः चैत २६, २०७९
    • ७२६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नयाँवर्षमा माङमालुङ कृषि तथा पर्यटन महोत्सव हुने

    इलाम /  इलामको पश्चिमी क्षेत्रमा पर्ने माङसेबुङ गाउँपालिकामा नयाँवर्षको अवसरमा कृषि तथा पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय महत्व बोकेको माङमालुङमा महोत्सवको आयोजना गरिएको हो । माङसेबुङ गाउँपालिकाको वडा नम्बर २ र ६ मा पर्ने माङमालुङको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजक समितिका सचिव कमल कार्कीले जानकारी दिए । वैशाख १ र २ गते हुने महोत्सवमा पालिकाभित्रका कृषि सामाग्रीको विक्री वितरण र प्रदर्शन हुनेछन । महोत्सवले यहाँ उत्पादन भएका वस्तुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पु¥याउ

    • प्रकाशित मितिः चैत २४, २०७९
    • ८३१ पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • संघीय सरकारलाई धरानले बुझायो ज्ञापनपत्र

    विजयपुर/ आगमीआर्थिक वर्षमा २०८०/ ८१ को बजेटमा धरानको समग्र समस्याको समाधान गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघाले संघीय सरकारलाई योजना विवरण सहितको ज्ञानपत्र बुझाएको पत्रकार समेलन गरी उल्लेख गरेका छन् । उनीहरुले खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा याताया मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ऊर्जा, जलस्रो्त तथा सिँचाई मन्त्रालयमा पुगेर धरानमा भएका समस्याको विषयमा आगामी बजेटमा समावेश गर्न पहल गरेका छन् । काठमाण्डौबाट फर्किएपछि मेयरकै कार्यकक्षमा बिहीबार पत्रकार सम्मेलन गरी मेयर हर्क सा

    • प्रकाशित मितिः चैत २३, २०७९
    • ८०६ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • विराटनगरमा अनगुमन

    मोरङ / मूल्य, तौल र गुणस्तरमा ठगिएको उपभोक्ताबाट व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।बजार अनगुमनकाी संयोजक रहेकी महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बुधबार संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीटमा अधिकांश कामदार भारतीय नागरिक रहेको भेटिएको छ । स्वीटमा कार्यरत ४० मध्ये २५ जना भारतीय कामदार भएको पाइएको उपमेयर कार्कीले जानकारी दिइन् । वैदेशिक कामदार राख्दा श्रम ऐन–२०७४ र सोको नियमावलीको समेत बेवास्ता गरी स्वीट पसलले १२ वर्षदेखि निरन्तर रुपमा मीठाइ पसल सञ्चालन गरेको पाइएको छ । उक्त पसलले पिउने पानी

    • प्रकाशित मितिः चैत २३, २०७९
    • ६८८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved