विराटनगर/ बुबाआमानै कारागारमा रहेका सुर्खेतका दुई नाबालकलाइ खाद्यन्न अभाव भएको समाचार प्रकाशन भएपछी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नगद सहयोग गरेका छन् । सुर्खेत स्थित बराहताल– ५ का दुइ जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बिहीबार सहयोग स्वरुप १० हजार रुपियाँ पठाई दिनु भएको हो। गत मङ्गलबार ‘घरमा चामाल सकिएपछि कारागारमा आमाबाबुसँग माग्न पुगेका दिदीभाइ’ शीर्षकको समाचार एक अनलाइनमा प्रकाशित भएपछि मुख्यमन्त्री कार्कीले दुई बालबालिको बारेमा चासो राख्नु भएको थियो । बिहीबार मुख्यमन्त्री कार्कीले उकेरा डटकमक
विराटनगर/ उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री र नेपाल राष्ट्र वैंकका गर्भनरलाई भेटेर आगामी मौद्रिक नीतिमा संगठनको सुझाव पेश गरेका छन् । अर्थमन्त्री डा। प्रकाश शरण महतसंगको छलफलमा अध्यक्ष सुरानाले दिर्घकालिन आर्थिक एवं औद्योगिक विकासका लागी नीजि क्षेत्रले अनुमानयोग्य नीतिगत व्यवस्थाको अपेक्षा गरेको हुनाले आर्थिक विकास, औद्योगिक पूर्वाधार विकास, जस्ता मूलभूत विषयहरुमा न्यूनतम साझा मापदण्ड लागू गरि नीजि क्षेत्रलाई ढुक्क भई लगानी गर्न सक्ने वातावरण तयार आग्रह गरे । उनले संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै आगामी मौद्रिक नीतिले उद्यो
विजयपुर / काेशीप्रदेशको सहयोग र धरान उपमाहानगरपालिकाको समन्वयमा संचालन भएको ७ दिने सुकुटि तालिम सोमबार समापन भएको छ । महिला र युवाहरुलाई लक्षीत गरि गरिएको तालिमा १५ जनाले तालिमा सहभागी जनाए थिए । धरानलाई व्यवसायी शहर बनाउने उदेश्य प्रदेशसभा सदस्य माननीय यशोदा कायस्थले उक्त सिपमुलक सिर्जनशिल तालिम लागि प्रदेश बाट ७ लाख बजेट धरान उपमहानगरपालिकामा विनियोजन गरि धरानका विभिन्न वडामा ८ वटा तालिम गराउन सहयोग गरेको आयोजक नेवा देय दवु धरान नगर समितिले बताएको छ । महिला र युवाहरु रोजगारी लागि विदेश पलायन हुनु नपरो नेपालकै उत्पादन गरेर रोजगारी बनाउन सकु भने लक्ष्य लिएर प्रदेश सरकारले स
सुनसरी/ नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम संचालक समितिको सोमबार बसेको बैठकले सोमबार राती १२ बजे देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमको अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर ७ रुपैयाँ ५० पैसा, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
कानेपोखरी / मोरङको कानेपोखरी - ७ मा रहेको भलुवा सिमसारको लागि करोडौ रुपैया बजेट बिनियोजन गरेपनी बालुवामा पानी हाले सरह भएको छ । दुई वर्ष अघि देखि शुरु भएको भलुवा सिमसारको काम अझै अलपत्र परेको छ। सिमसार निर्माणको काम सुरु भए पनि अहिलेसम्म निर्माण कार्य सम्पन्न्न भएको छैन । भलुवा सिमसारलाई पुर्बकै नमुना पर्यटकीय क्षेत्र बनाउन निर्माण कार्य सुरु भएको थियो। कानेपोखरी गाउँपालिकाको अध्यक्ष तारा बहादुर काफ्ले हुदा नै भलुवा सिमसारको शिलान्यास उनले आफै गरेका थिए । भलुवा सिमसार निर्माणको लागि ३ करोड ६५ लाख ९८ हजार ८ सय ७० रुपैयामा झस्काई सएस मुटुयल जेबि कम्पनीले ठेक्का लिएको थि
विजयपुर/ कोशि प्रदेश सरकारको सहयोग र धरान उपमाहानगरपालिका समन्वय र सहजिकरणमा धरानका युवा तथा महिलाहरुलाई स्वरोजगारमुखी तालिम प्रदान गरिएको छ धरानका महिलाहरुलाई लक्षीत गरि कपडाको व्याग, ढाकाको व्याग र टेडिवेयर बनाउने एक हप्ते तालिम प्रदान गरिएको हो । तालिमको आईतबार समापन गरिएको छ । पकलि टेक्नोलोजी इन्स्टिच्युट प्रा.लि.को आयोजनामा भएको तालिममा १५ जना महिलाहरुले सहभागी जनाएका थिए । तालिमको प्रशिक्षक हातेमालो महिला सामुहिक डम्बर कुमारी श्रेष्ठ, विन्दु बास्तोला र रोशनि राई रहेका थिए । समापन कार्यक्रमको प्रमुख अथिती प्रदेशसभा सदस्य यशोदा कायस्थले आजको आवश्कता समृद्ध नेपाल सुखि नेपाल
सुनसरी/ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तोलामा ६ रुपैयाँले बढेको सुनको मूल्य बिहीबार (आज) अघिल्लो दिनको तुलानामा ६ सय रुपैयाँले नै घटेको हो। बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको
काठमाडौं / सरकारले गत जेठ १५ गते संसदमा पेश गरेको आर्थिक वर्ष २०८० र ८१ बजेटप्रति प्रतिपक्ष दलले संशोधनको प्रस्ताब पेश गरे पनि हुबहु बुधबार पारित गरेको छ । प्रतिपक्षी साँसदहरुले मात्रै नभएर सत्तारुढ दलकै नेताहरुले पनि आलोचना गर्दै संशोधनको माग गरे गरेका थिए तथापी बुधबार कुनै संशोधन नगरी पारित गरेको हो। प्रतिनिधिसभाको बुधबार बैठकमा मतदान हुँदा बहुमतका आधारमा आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । आगामी आर्थिक वर्षको बजेट पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १ सय ४७ मत परेको थियो भने विपक्षमा १ सय ८ मत परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २ सय ५५ जना सदस्यहरु रहेका थिए । प्रस्तावको विपक्षमा
सुनसरी/ बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार (आज) प्रतितोला ६ सय रुपैयाँ घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थिय
धरान /नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले सोमबार एक दिने व्यवसायी करदाता शिक्षा प्रदान गरेको छ। वर्तमान कर व्यवस्था एवं आर्थिक बिधेयक २०८० मा भएका प्रमुख प्रावधान साथै भ्याट सम्बन्धि शिक्षाको तालिम दिएको हो । नयाँ व्यवसाय गर्ने र पुराना व्यवसायीहरुलाई कसरी करको दायरामा रहन सकिन्छ, करका किसिम र व्यवसायमा दैनिकी हुने कारोबारलाई कम्प्युटरमा मात्रै नभएर दैनिकि कारोबार समेत लेख्ने, एउटै पान नम्बर भएको व्यवसाय बाट अन्य ठाउँमा समेत शाखा तथा अन्य व्यवसाय गर्ने सकिने, एउटै पान नम्बर विल बाट शाखा खुलाएर विल बनाउन सकिने विषयमा समेत प्रशिक्षण गराएको थियो । राजस्व कार्यलयले पछिल्लो समय कुनै