मोरङ / वार्ताका लागि काठमाण्डौ पुगेको उद्योगी व्यवसायीहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ । लमो समयदेखि बैंकले लिएको चर्को व्याजदरका विरुद्धमा चरणबद्ध आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरु अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि आवहान गरेपछि उनीहरु मंगलबार काठमाण्डौ पुगेका थिए । काठमाण्डौ पुगेर बुधबार पहिलो चरणको छलफल गरेका उनीहरुले छलफल सकारात्मक ढगबाट अगाडि बढेको थियो । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको नेतृत्वमा काठमाण्डौ पुगेका उनीहरुले विहीबार भने प्रधानमन्त्री दाहाललाई भेटेर बैंकिङ समस्या निराकरणका लागि अनुरोध गरेका थिए ।सघका अध्यक्ष रिजालले चर्क
विजयपुर / पूर्वमा रहेको पहाडी जिल्लामा उत्पादन हुने सुन्तलाले यो वर्ष निकै राम्रो बजार भाउ पाएको छ । सुन्तलाको मूल्य वृद्धिसँगै गत वर्ष औसत १ सय १० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष औसत १ सय २५ रुपैयाँ प्रति केजी बिक्री हुने गरेको छ । पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने सुन्तला धरानस्थित कृषि बजारबाट दैनिक ४५ देखि ५५ मेट्रीक टन कारोबार भइरहेको छ । गत आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा १ हजार ५ सय ५० मेट्रीक टन (औसत १७ करोड रुपैयाँ बराबर) को कारोबार भएको सुन्तला चालू आर्थिक वर्षदेखि हालसम्मको औसत प्रति केजी १ सय १० रुपैयाँले बृद्धि भएको छ । १ हजार ६ सय ८० मेट्रीक टनको (करिब २१ करोडको कारो
धरान / धनकुटाको छथर जोरपार्टी गाउँपालिकाले बसाई सराई नियन्त्रण गर्ने अभियानलाई अगाडि सारेको छ । गाँउपालिकाबाट बसाई सरी सुविधा सम्पन्न तराईका सहर तथा पहाडी जिल्लाहरुमा जाने क्रम बढेपछि गाउँपालिकाले बसाई सराई नियन्त्रणसँगै बसाई सरेर गाउँपालिकामा आउनेहरुका लागि नयाँ ‘अफर’ अगाडि सारेको छ । गाउँपाकिाले बसाई सराईलाई रोक्ने र अन्य स्थानबाट छथर गाउँपालिकामा आएर बस्नेहरुलाई दुहुना गाई उपहार दिने भएको छ । गाउँबाट बसाई सराई गरेर गाउँ नै रित्तिने अवस्था आएपछि यो योजनालाई अगाडि बढाइएको गाउँपालिकाका पशुपन्छी विकास शाखा प्रमुख राजकुमार राईले बताए । उनले भने–‘ गाउँपालिकाले बसाई सराईला
सार्वजनिक जग्गामा अतिक्रमण नेपालका लागि नौलो विषय होइन । देशका विभिन्न स्थानमा सार्वजनिक जग्गामा अतिक्रमण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा पनि सार्वजनिक जग्गा अतिक्रमणमा परेको समाचार प्रकाशमा आएको छ । त्यहाँको धार्मिक तथा ऐतिहासिक महत्वको कंशमरण क्षेत्रमा सुकुम्वासीका नाममा जग्गा अतिक्रमण गरिएको समाचारमा उल्लेख छ । अन्यत्र घरजग्गा भएकाहरूले नै सुकुम्वासीका नाममा सो क्षेत्रमा बसोवास गर्दा कंशमरणको अस्तित्व सङ्कटमा परे बताइएको छ । यसरी सार्वजनिक क्षेत्रमा अतिक्रमण बढ्नु चिन्ताको विषय हो । त्यस क्षेत्रमा घर बनाएर बस्ने २५ परिवारमध्ये तीन परिवारको मात्र आफ्नो स्वामित्वमा जग्गा नभएको विषय प्रकाशम
मोरङ / नवनियुक्त अर्थमन्त्री विष्णु पौडेले व्यवसायीका विषयमा छलफल गर्न वार्तामा बोलाएपछि निरन्तर आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरुले हाललाई आन्दोलन स्थगित गरेका छन् । अर्थमन्त्री पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । उनले भने–‘नवनियुक्त अर्थमन्त्री ज्यूले वार्तामा बोलाउनु भएको छ, समस्या समाधान हुने अपेक्षा हामीले राखेका छौंं, वार्तामा बोलाएपछि हामीले हाललाई आन्दोलन स्थगित गरेका हौंै ।’ उनले वार्तामा बोलाएसँगै सरकारले माग सम्बोधन गर्ने आश देखाएको बताए । उनले भने–
मोरङ \ विराटनगर–१४ मा रहेको डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार सम्पन्न भएको छ । वर्तमान जटिल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने उद्देश्यले आयोजना गरेको एक्स्पोमा प्रदर्शक, प्रयोजक र दर्शकको उत्साहजनक सहभागिता भएको एक्स्पो आयोजक समितिले जनाएको छ । एक्स्पो समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरका उद्योगीहरूले बारम्बार औद्योगिक प्रदर्शनी स्थलको माग गरिरहे पनि प्रदेश सरकारले चाहँदा चाहँदै पनि औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न
धरान / रसायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेको बेला तेह्रथुमको लालीगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल शुरु गरिएको छ । रसायनयुक्त खानेकुराको प्रयोगले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै नगरपालिकालाई अर्गानिक कृषि उत्पादन क्षेत्र बनाउन अभियान थालिएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज नेपाल तेह्रथुमले लालीगुरास नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउने अभियान शुरु गरेका छन् । नगरपालिकाले सहभागितामूलक प्रांगरिक गुणस्तर निर्धारण प्रणाली प्रवद्र्धन कार्यविधि नै बनाएर काम गरिरहेको लालीगुराँस पालिकाका सामाजिक विकास अधि
बराहक्षेत्र / तोरिबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बराहक्षेत्र १ को अध्यक्षमा डम्बरप्रसाद सिग्देल तेस्रो कार्यकालका लागि बिजयी बनेका छन् ।आफ्ना निकटतम प्रतिद्धन्द्धी कृष्णप्रसाद कट्टेललाई फराकिलो मतान्तरले पछि पार्दै सिग्देल विजयी भएका हुन् ।सिग्देलले कट्टेललाई ३ सय २१ को मतान्तरले पराजित गरेका हुन । निर्वाचन समितिका संयोजक ज्ञानबहादुर पाण्डेका अनुसार सिग्देलले ६ सय २ मत र कट्टेलले २ सय ८१ मत मात्र प्राप्त गरेका थिए । १४ सय १५ खानेपानीको उपभोक्ता रहेको समितिमा ९ सय २९ उपभोक्ताले मतदान गरेका थिए । त्यस्तै सदस्य भूगोल वडा नं. १ तर्फबाट मदनबहादुर बस्नेत (राजन) र वडा नं. २ भूगोल तर्फ
मोरङ / विराटगरस्थित महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि नयाँ नयाँ ‘स्किम’ ल्याउने गरेको छ ।केही समय अगाडि महालक्ष्मीले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम ल्याएको थियो । यो कार्यक्रम सफलतापूर्वक सञ्चालन भएसँगै महालक्ष्मीले पुन नयाँ ‘स्किम’ पस्केको छ । महालक्ष्मीका कार्यकारी प्रमुख रामेश्वर श्रेष्ठका अनुसार अगाडिको स्मिक सफलतासँगै अहिले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमलाई शुरुवात गरिएको छ ।कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले चितौनको सौराहामा पौष ४ गते समुद्घाटन गरेसँगै यो कार्यक्रमको विधिवत रुपमा शुरुवात भएको घो
मोरङ / आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियानलाई तीव्रता दिएको विराटनगर महानगरपालिकाले बजार क्षेत्रका खाली जग्गाको पनि कर उठाउन दबाबमूलक अभियान सुरु गरेको छ । बजार क्षेत्रमा रहेका खाली जग्गाका धनीले वर्षौंदेखि कर नतिरेको पाइएको छ । कर नतिरेका खाली जग्गामा महानगरले पार्किङको व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि महानगरकै स्रोत साधन प्रयोग गरेर सरसफाईसमेत सुरु गरिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरपालिकाको अभियानलाई सफल पार्न खाली जग्गामा पार्किङको व्यवस्थापन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । महानगरले अतिथिसदन दक्षिण–प